Advertisement

अनेरास्ववियु (क्रान्तिकारी) को २३औं राष्ट्रिय अध्यक्षमा उपदेश यादवको उम्मेदवारी दर्ता

Advertisement

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) को २३औं राष्ट्रिय महाधिवेशनका लागि विद्यार्थी नेता उपदेश कुमार यादवले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। सरल, इमानदार र कार्यदक्ष नेताको छवि बनाएका यादवले लामो समयदेखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएका छन्।

विद्यार्थीका हक, अधिकार र हितका लागि लगातार आवाज उठाउँदै आएका यादवले यस महाधिवेशनमा सबै विद्यार्थीलाई आफ्नो उम्मेदवारीका पक्षमा सहयोग गर्न अपिल गरेका छन्। उनले आफू निर्वाचित भएमा विद्यार्थीका आधारभूत अधिकारको रक्षा गर्दै निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।

यादवले संगठनलाई बलियो बनाउन र लोकतान्त्रिक पद्धतिलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताउँदै भने, “विद्यार्थी आन्दोलनबाटै देशमा आमूल परिवर्तन भएको छ। यस आन्दोलनकै कारण अहिलेको व्यवस्थाको स्थापना सम्भव भएको हो।”

उनले समाजवादी शिक्षाको आवश्यकतामा जोड दिँदै प्रयोगात्मक र सिर्जनात्मक शैक्षिक पद्धतिलाई अवलम्बन गर्ने योजना सार्वजनिक गरेका छन्। साथै, पार्टीलाई अगाडि बढाउन विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै, विद्यार्थी साथीहरूले आफ्नो मत यादवलाई दिएर विजयी गराउन आग्रह गरेका छन्।

अध्यक्षका प्रत्याशी यादवले सबै विद्यार्थीलाई संगठित गर्दै समाज परिवर्तनका लागि योगदान दिन संगठनलाई अझै मजबुत बनाउने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज