Advertisement

‘भारतको महाराष्ट्रमा बुधवारको रेल दुर्घटनामा मारिनेमध्ये ४ जना नेपाली’

Advertisement

भारतको महाराष्ट्रमा बुधवार भएको एक दुर्घटनामा रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाएका १३ जना मध्ये चार जना नेपाली पनि रहेको अधिकारीहरूले बताएका छन्।

भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरूले उक्त दुर्घटनामा भएको नेपालीहरूको मानवीय क्षतिबारे आफूहरू जानकार रहेको र भारतीय पक्षसँग सम्पर्कमा रहेको जनाएका छन्।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर सञ्जिब शर्मा दासले बीबीसीसँग भने,”अहिलेसम्म मृतकहरूको सनाखत भइसकेको छैन। सनाखत भएपछि हामी थप जानकारी गराउँछौँ।”

अधिकारीहरूले उक्त दुर्घटना बुधवार स्थानीय समयानुसार दिउँसो ४ बजेर १९ मिनेटमा भएको बताएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

ती यात्रुहरू लखनउबाट मुम्बइतर्फ गइरहेको बताइएको छ। रेलवे अधिकारीहरूका अनुसार पश्चिम महाराष्ट्रमा कसैले आपत्कालीन चेन तानेपछि रेल रोकिएको र उक्त दुर्घटना भएको बताइएको छ।

अहिलेसम्म हामीलाई के थाहा छ?

पुष्पक एक्सप्रेस रेलमा सवार यात्रुहरू आगोबाट जोगिन त्यसबाट ओर्लिँदा नजिकैको ट्र्याकमा विपरित दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेस रेलमा ठोक्किएका विवरण आएका छन्। अहिलेसम्म उक्त पुष्पक रेलमा वास्तविक रुपमा नै आगो लागेको थियो या थिएन भन्ने प्रस्ट भइसकेको छैन।

उक्त दुर्घटनामा पाँच जना घाइते भएका पनि विवरण आएका छन्। तर दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले दुर्घटनामा थप नेपालीहरू परेको कुनै जानकारी प्राप्त नभएको उल्लेख गरेका छन्।

हालैका वर्षहरूमा भारतले आफ्नो रेल सेवालाई अत्याधुनिक बनाउन ३० अर्ब डलरका कार्यक्रमहरू घोषणा गरेको छ। तर शृङ्खलाबद्ध दुर्घटनाहरूले त्यसलाई छायामा पारिदिएको छ। सन् २०२३ मा ओडिशा राज्यमा तीनवटा रेल ठोक्किने गरी भएको एउटा दुर्घटनामा झन्डै ३०० जनाको ज्यान गएको थियो।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नविसले सामाजिक सञ्जाल एक्समा राखेका सन्देशमा मुम्बईबाट ४०० किलोमिटर पर जलगाउँ जिल्लामा अवस्थित पचोरा नजिकै भएको उक्त दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले ८ वटा एम्बुलेन्स खटाइएको र अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको उल्लेख गरेका छन्।

हाल स्विटजरल्यान्डको डाभोसमा रहेका महाराष्ट्रका मुख्यमन्त्रीले मृतकका परिवारलाई ५ लाख रुपियाँ राहत दिने वाचा गरेका छन्। उनले घाइतेको उपचारका लागि सरकारले खर्च बेहोर्ने उल्लेख गरेका छन्।

नेपाली मृतकका हकमा राज्यले दिनसक्ने सहयोगबारे अधिकारीहरूले केही भनिसकेका छैनन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकहरूप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेलाई पर्याप्त स्वास्थ्य उपचार उपलब्ध गराउन आदेश दिएका छन्।

यो दुर्घटनाले रेलवेलाई आधुनिकीकरण गरेर अर्थतन्त्र र सम्पर्क सञ्जाललाई विस्तार गर्ने वाचा गरेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि धक्का पुर्‍याउनसक्ने ठानिएको छ।

रोएटर्स समाचार संस्थाले आगामी महिनाको बजेटमा रेलवेको कार्यक्रममा खर्चहरू वृद्धि गर्न सकिने उल्लेख गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज