Advertisement

कैलालीमा नदीजन्य पदार्थको विक्रीवितरणमा स्थानीय तहहरुको मनपरी

Advertisement

नदीजन्य पदार्थ संकलन र विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी देखिएको छ।

नदीजन्य पदार्थ संकलन र बिक्री–वितरणका लागि विस्तृत वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनको प्रतिलिपि जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा समेत बुझाउनुपर्ने हो। तर, जिल्लाका स्थानीय तहहरुले जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा प्रतिलिपि बुझाउने गरेका छैनन। स्थानीय तहहरुले नदी तथा खोलाको ठेक्का गर्दा सम्झौताको विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन अनभिज्ञ हुँदा नियमनमा समस्या हुने गरेको छ।

स्थानीय तहहरूले नदी तथा खोलाको ठेक्का गर्दा सम्झौताको विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन अनभिज्ञ हुँदा नियमनमा समस्या हुने गरेको छ। जिल्लाका स्थानीय तहहरूले ठेक्का सम्झौता गरेका नदीहरूमा दोहन हुँदा पनि कारबाही हुने गरेको छैन। कैलालीका १३ स्थानीय तहहरूमा हालसम्म २ स्थानीय तहले मात्र जिल्ला समन्वय समितिमा वातावरणीय अध्ययन प्रतिवेदनको प्रतिलिपि बुझाएका छन्।

स्थानीय तहहरू आफैमा सरकार भएको भन्दै नियमनको अधिकार रहेको जिल्ला समन्वय समिति र जिल्ला प्रशासनलाई नर्टेेने गरेको पाइएको छ। जिल्लाका स्थानीय तहहरूले नै नदी तथा खोलाको वातावरणीय अध्ययन गर्ने र आफै ठेक्का सम्झौता गर्ने भएकाले नदी तथा खोलाहरूको दोहन हुने गरेको छ। नदी तथा खोलाहरूको नियमन तथा अनुगमनको अधिकार रहेको जिल्ला समन्वय समिति र जिल्ला प्रशासन स्थानीय तहहरूले गरेको ठेक्का सम्झौताको विषयमा अनभिज्ञ हुँदा समस्या हुने गरेको छ।

जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी जोशीले भने, ‘एक/एक प्रति आयो भने, अनुगमनका लागि सहज हुने थियो। हामीले सचेत गराएका छौँ। स्थानीय तहहरूको आन्तरिक अनुगमन छैन।’ जिल्ला समन्वय समिति, कैलाली र जिल्ला प्रशासन कार्यालय, कैलालीमा नदी तथा खोलाको ठेक्का सम्झौता सम्बन्धीका कुनै पनि विवरण नदिने स्थानीय तहहरूले आफै पनि नियमन गरेका छैनन्। चुरे फेदीका नदीहरूमा सबैभन्दा बढी मापदण्ड विपरीत नदी दोहन हुँदै आएको छ। चुरे संरक्षणको काम गर्दै आएको राष्ट्रपति चुरे–मधेस संरक्षण विकास समितिसमेत मूकदर्शक हुने गरेको छ। –

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज