Advertisement

नेकपा (बहुमत) कैलालीको अधिबेशन प्रकाश रावलको नेतृत्व मा सम्पन्न ।

Advertisement

धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलन शनिबार कैलालीको घोडाघोडी नगरपालिका, सुखडमा सम्पन्न भएको हो।

सम्मेलनले प्रकाश रावल (अनमोल) को नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको पार्टीका जिल्ला नेता रमेश साउंदले जानकारी दिएका छन्। कार्यक्रममा प्रमुख अतिथि सात नम्बर प्रदेश इन्चार्ज डिडी पाण्डे, विशिष्ट अतिथि तपेन्द्र तिमिल्सेना, केन्द्रीय सल्लाहकार राष्ट्रपति, शहीद परिवार केन्द्रीय अध्यक्ष अर्जुन, युवाका तत्कालीन महासचिव झलक विक, युवाको प्रदेश इन्चार्ज दिपेन्द्रलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन भानु कार्कीले गरेका थिए भने स्वागत मन्तव्य रमेश साउंदले दिनुभएको थियो।

सम्मेलनद्वारा पारित नीति र आचारसंहिता

सम्मेलनले जिल्ला सदस्यहरूका लागि निम्न नीतिहरू र आचारसंहिताहरू पारित गरेको छ:

१. पार्टीको सिद्धान्त, नीति, विधि, कार्यक्रम, र निर्णयहरू अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

२. आफ्ना विचार र मत पार्टी कमिटीमा अनुशासित र सभ्य रूपमा प्रस्तुत गर्नुपर्नेछ।

३. आलोचना र आत्मालोचना आत्म–शुद्धिकरणको माध्यमका रूपमा स्वीकार गर्नुपर्नेछ।

४. लैङ्गिक, जातीय, धार्मिक, साम्प्रदायिक, र क्षेत्रीय विषयमा निष्पक्ष र समानतापूर्ण व्यवहार गर्नुपर्नेछ।

५. विकास निर्माणका कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै गुणस्तर कायम गर्नुपर्नेछ।

६. पार्टीको गोप्यता र पद्दतीको पालना गर्नुपर्नेछ।

७. पार्टीका मूल्य र मान्यता अनुरूप जनहितका कार्यहरूमा सहकार्य गर्नुपर्नेछ।

८. बालबालिका, महिला, ज्येष्ठ नागरिक, तथा कमजोर समुदायप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेछ।

९. यौन शोषण र दुव्र्यवहारजन्य क्रियाकलापमा शून्य सहनशीलता अपनाउनुपर्नेछ।

१०. आफ्नो जिम्मेवारीमा केन्द्रित भई सृजनात्मक र गुणस्तरीय समय लगानी गर्नुपर्नेछ।

११. पार्टीका नेता र कार्यकर्ताप्रति आदर, सम्मान, र मित्रवत व्यवहार गर्नुपर्नेछ।

१२. समुदाय र राजनीतिक कार्यकर्ताबीचको विवादमा निष्पक्ष र न्यायिक निर्णयको पक्षपोषण गर्नुपर्नेछ।

१३. जनहित र सामाजिक रुपान्तरणलाई प्राथमिकता दिनुपर्नेछ।

१४. श्रमजीवी वर्गको पक्षमा दृढतापूर्वक लाग्नुपर्नेछ।

१५. अध्ययनशील, परिश्रमी, र स्वावलम्बी बन्नुपर्नेछ।

१६. आम्दानी र खर्च व्यवस्थापनमा मितव्ययी बन्नुपर्नेछ।

१७. अन्य राजनीतिक पार्टीहरूसँग सद्भाव कायम गर्दै सामाजिक सदाचारलाई प्रवर्द्धन गर्नुपर्नेछ।

१८. अपराधजन्य क्रियाकलापमा निष्पक्ष अनुसन्धान र न्यायिक सहजीकरण गर्नुपर्नेछ।

१९. पार्टीका आर्थिक दायित्वहरू समयमै पूरा गर्नुपर्नेछ।

२०. सामुदायिक विकास र सामाजिक रुपान्तरणको नेतृत्व गर्नुपर्नेछ।

२१. प्राकृतिक प्रकोपबाट प्रभावितलाई उद्धार, राहत, र पुनर्निर्माणमा अग्रसर रहनुपर्नेछ।

यो सम्मेलनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै अगाडि बढाउने उद्देश्यका साथ यी निर्णयहरू लागू गरेको जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज