Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समिति बिस्तारित बैठक सम्पन्न

Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समितिको बिस्तारित बैठक आज मिति २०८१ पुष २० गते धनगढीमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रदेश अध्यक्ष तप्त भण्डारीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो मन्तव्यमा स्वास्थ्यकर्मीहरू समाजको महत्त्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूको हक, अधिकार र सुरक्षाका लागि प्रदेश सरकारसँग निरन्तर संवाद गर्न महासंघले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ ढुंगाना, प्रदेश समिति सदस्य शान्ति भट्ट जोशी, डा. निरज अर्याल, महासंघ केन्द्रीय समिति सदस्य भरत खाती, ईश्वरी भुसाल, महेश भाट, र मिनबहादुर बिक रहेका थिय ।

राष्ट्रिय फार्मेशि  संगठनका सुदूरपश्चिम अध्यक्ष माहा ओम राज जोशीले फार्मेसी पेशा स्वास्थ्य क्षेत्रको अभिन्न अङ्ग भएको र यस क्षेत्रसँग सम्बन्धित विषयमा आफूसहित संगठनले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै आएको स्पष्ट पार्नुभयो। उहाँले फार्मेसी र समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि संगठित र सामूहिक प्रयास आवश्यक रहेको औंल्याउनुभयो।

बैठकले महत्त्वपूर्ण निर्णय गर्दै माघ महिनाभित्र सुदूरपश्चिमका नौवटा जिल्लाका स्थानीय तह र जिल्ला अधिवेशन सम्पन्न गर्ने तथा फागुन महिनाभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना तय गरेको छ।

बैठकमा नौ जिल्लाबाट प्रतिनिधि तथा अध्यक्षहरूले आ-आफ्नो जिल्लाको रिपोर्टिङ गरेका थिए। रिपोर्टिङमा संगठनका वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे छलफल भएको थियो।

कार्यक्रम सञ्चालन प्रदेश सचिव रेशम लामिछानेले गर्नुभएको थियो। अतिथिहरूले महासंघले स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्यकर्मीहरूको हकहित सुनिश्चित गर्न गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सक्रियता देखाउनुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज