Advertisement

फरक क्षमता भएकि किमा कुमारी रोकायालाई सहयोग

Advertisement

बझाँङ को खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ बास्काटियाकी फरक क्षमता भएकि किमा कुमारी रोकायालाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ।

कामना टेलिभिजनद्वारा संकलित आर्थिक सहयोगसहित खाद्यान्न सामग्री किमालाई हस्तान्तरण गरिएको हो। एक विशेष कार्यक्रममा दाल, चामल, साबुन, सोडा, नुन, ब्ल्याङ्केट, विस्तरा, लुगाकपडा लगायतका सामग्री प्रदान गरिएका थिए। यो सहयोग १५ हजार रुपैयाँ बराबरको थियो, जसमा समाधान समाजसेवा टाइगर टोली ब्याङ्गरोलका सोनु साउद र गोपाल खड्काको नेतृत्वमा रोहित फेन्सी पसल र शान्ति रूपा फेन्सी पसलको आर्थिक योगदान रहेको थियो।

खप्तड छान्ना गाउँपालिकाको भवनमा आयोजित कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष ईश्वर रोकायाले सामग्री हस्तान्तरण गर्नुभयो। कामना टेलिभिजनका पत्रकार उत्तमकुमार थापाको टोलीले सामग्री किमाकै हातमा पु¥याएको थियो।

किमा कुमारी रोकायाको कम्मरमुनिको भाग नचल्ने र दुवै खुट्टा अपांग भएकाले उहाँको स्थिति अत्यन्त नाजुक रहेको छ। आर्थिक अवस्था पनि कमजोर भएकाले यस्तो सहयोगले किमालाई ठूलो राहत दिएको स्थानीयहरूले बताएका छन्। सहायक संस्थाहरूलाई धन्यवाद दिँदै स्थानीयहरूले यस्ता कार्यले फरक क्षमताका व्यक्तिहरूलाई ठूलो मद्दत पुग्ने बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज