Advertisement

प्रधानमन्त्री ओलीलाई बझाङ एमालेले बुझायो ११ बुँदे माग (पत्रसहित)

Advertisement

नेकपा एमाले जिल्ला कमिटी बझाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे माग पत्र बुझाएको छ ।

शुक्रबार बालुवाटार पुगेर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा इन्चार्ज ऐन महर, सुदुरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारी, प्रदेश कमिटी सदस्य जनक जोशी, सारदा विक, दल बहादुर धामी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर भण्डारी, उपाध्यक्ष लालबहादुर विष्ट, सचिव नयन बोहरा,उपसचिव पंकज भण्डारी, नेकपा एमाले जिल्ला कमिटी बझाङका निवर्तमान सचिव आनन्दलाल विस्वकर्मा लगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई ११ बुँदे माग पत्र बुझाएको हो ।

बझाङ जिल्लाको पुर्वाधार विकास तथा जनताको आर्थिक रुपमा जीवनस्तर उकास्नका लागि योजनाहरु छनौट तथा बजेट विनियोजनका लागि ११ बुँदे माग पत्र बुझाएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए ।

मागपत्रमा खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी यथेष्ट बजेट विनियोजन गर्नुपर्ने, भुकम्पबाट क्षेति भएका विद्यालयहरुको पुर्ननिमार्णका लागि बजेट विनियोजन तथा निकासा गरिनुपर्ने माग गरिएको छ ।

सेती नदीमा तटबन्धन, खप्तड पर्यटन बिकास, बझाङको सदरमुकाम चैनपुरमा सभाहल निर्माण, प्याराफिट सहितको खेलमैदान निर्माण, जडिबुटी खेती, संरक्षण तथा प्रशोधनका लागि छुट्टै आयोजना बनाउनुपर्ने नेकपा एमाले बझाङले माग गरेको छ । यस्तै कृषि तथा पशुपालन व्यवसाय र साना तथा लघुउद्यमका लागि विशेष आयोजना लागू गर्नुपर्ने मागपत्रमा भनिएको छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा पर्यटन विकासका लागि विशेष कार्यक्रम, बझाङ जिल्लाको बीच भागमा बग्ने सेती नदी तथा खोलाहरुमा विद्युत उत्पादनको ठुलो सम्भावना रहेकोले नेपाल सरकार तथा निजि क्षेत्रबाट लगानीकर्ता परिचालन गराउन एमालेले माग गरेको छ ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले जिल्ला अधिवेशन सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै बधाई तथा धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सो मागहरुप्रति सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि प्रतिवदता समेत जनाएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज