Advertisement

अब औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेस कोड अनिवार्य

Advertisement

नेपाल फार्मेसी परिषद्ले औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेसकोड अनिवार्य गर्ने निर्णय गरेको छ । परिषद्ले मंगलबार यस सम्वन्धि निर्णय गर्दै त्यसको कार्यान्वयन एक महिना पछि (४ पुस २०८१ देखि) हुने बताएको छ ।

‘अब कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले तोकिएको ड्रेस लगाउनु पर्नेछ । ड्रेस विना औषधि पसलमा बसेर काम गरेको पाइए कानून अनुसार कार्वाही गरिनेछ,’ परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले भने ।

उनले औषधि पसलहरुमा फर्मासिस्ट र फार्मेसी सहायकहरुकै उपस्थिति होउन भनेर यस्तो व्यवस्था गर्न लागिएको बताए ।

ड्रेसकोड कस्तो ?

परिषद्का अनुसार अब फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख भएको नेम ट्याग राख्नु पर्नेछ ।

यस्तै फार्मेसी सहायकले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो भागमा रहेको खल्ती माथि निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्नेछ ।

रजिष्ट्रार पाण्डेले भने,  ‘यसले औषधि पसलमा फर्मासिस्ट छन् कि छैन ? को फर्मासिस्टले औषधि दियो ? औषधि फर्मासिस्टले दियो कि फार्मेसी सहायकले भनेर समेत थाहा पाउन सजिलो हुन्छ । यसले औषधि पसलमा गैर फर्मासिस्टहरु कार्यारत हुने अवस्थालाई पनि नियन्त्रण गर्न सजिलो हुन्छ ।’

परिषद्ले ड्रेसकोड कार्यान्वयनका लागि एक महिनाको समयसिमा तोकिएको भन्दै यसको कार्यान्वयन भएको नदेखिए परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाउने बताएको छ ।

अहिले कतिपय फार्मेसी पसलले फर्मासिस्ट तथा फार्मेसी सहायकको प्रमाणपत्र भाडामा लिएर सञ्चालन गर्ने गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज