Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैतमा

Advertisement

काठमाडौँ, २ मंसिर । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालले आफ्नो पाँचौं राष्ट्रिय  महाधिवेशन आगामी चैत महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष डा झलक गौतमको अध्यक्षतामा शनिबार राजधानीमा सम्पन्न महासंघको छैटौ पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नयाँ सदस्य बिस्तार तथा नवीकरण गर्ने कार्यलाई त्यस अघि नै सम्पन्न गर्न तथा स्थानीय, जिल्ला तथा प्रदेश तहमा महासंघको र घटक संघहरुको अधिवेशन फागुन महिना भित्रै सम्पन्न गराउने समेत निर्णय गरेको छ ।

यस्तै बैठकले यहि मंसिर महिनामा हुन लागेको नेपाल नर्सिङ संघको निर्वाचनमा पनि महासंघको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेद्धारलाई बिजयी गराउन लाग्नका लागि आफ्ना सदस्यहरुलाई आव्हान गर्ने निर्णय गरेको छ ।

यसैगरी समायोजन तथा विभिन्न बहानामा स्वास्थ्यकर्मीहरुले उत्पिडन खेपिरहेको भन्दै यसलाई सम्वोधन गर्न एकीकृत स्वास्थ्य सेवा ऐन यथाशीघ्र ल्याउन नेपाल सरकार संग माग गर्ने समेत निर्णय गरेको महासंघका प्रचार विभाग सचिव नहर्बु फुर्वा दोर्जेले बताए ।

गत ३० कात्तिक देखि सुरु भएको बैठकको समापन सत्रको उद्घाटन प्रमुख अतिथिको रुपमा निम्त्याइएका नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।

सो अवसरमा पार्टीका जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकाल तथा पार्टी स्थायी कमीटी सदस्य तथा महासंघका इन्चार्ज कृष्णगोपाल श्रेष्ठको उपस्थिति थियो । यस्तै पार्टीका स्वास्थ्य विभागका सचिव तथा सदस्य सहित केन्द्रीय सल्लाहकारको समेत उपस्थिति रहेको थियो । उनीहरुले महासंघले गरेको कामको प्रशंसा गर्दै थप गर्नु पर्ने कामका विषयमा आफ्ना धारणा राखेका थिए ।

सोही अवसरमा चौथो महाधिवेशन २०७८ पश्चात् महासंघको विधान, कार्यक्रम र योजना बमोजिम संगठन बिस्तारमा विभिन्न तीन वटा प्रदेश तथा सातै प्रदेशका एक एक जिल्ला समितिहरु र उपत्यका विशेष प्रदेश समितिका एक वटा जिल्ला समितिले गरेको उत्कृष्ट कार्य सम्पादन मूल्यांकनको आधारमा प्रसंशा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज