Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैतमा

Advertisement

काठमाडौँ, २ मंसिर । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालले आफ्नो पाँचौं राष्ट्रिय  महाधिवेशन आगामी चैत महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष डा झलक गौतमको अध्यक्षतामा शनिबार राजधानीमा सम्पन्न महासंघको छैटौ पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नयाँ सदस्य बिस्तार तथा नवीकरण गर्ने कार्यलाई त्यस अघि नै सम्पन्न गर्न तथा स्थानीय, जिल्ला तथा प्रदेश तहमा महासंघको र घटक संघहरुको अधिवेशन फागुन महिना भित्रै सम्पन्न गराउने समेत निर्णय गरेको छ ।

यस्तै बैठकले यहि मंसिर महिनामा हुन लागेको नेपाल नर्सिङ संघको निर्वाचनमा पनि महासंघको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेद्धारलाई बिजयी गराउन लाग्नका लागि आफ्ना सदस्यहरुलाई आव्हान गर्ने निर्णय गरेको छ ।

यसैगरी समायोजन तथा विभिन्न बहानामा स्वास्थ्यकर्मीहरुले उत्पिडन खेपिरहेको भन्दै यसलाई सम्वोधन गर्न एकीकृत स्वास्थ्य सेवा ऐन यथाशीघ्र ल्याउन नेपाल सरकार संग माग गर्ने समेत निर्णय गरेको महासंघका प्रचार विभाग सचिव नहर्बु फुर्वा दोर्जेले बताए ।

गत ३० कात्तिक देखि सुरु भएको बैठकको समापन सत्रको उद्घाटन प्रमुख अतिथिको रुपमा निम्त्याइएका नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।

सो अवसरमा पार्टीका जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकाल तथा पार्टी स्थायी कमीटी सदस्य तथा महासंघका इन्चार्ज कृष्णगोपाल श्रेष्ठको उपस्थिति थियो । यस्तै पार्टीका स्वास्थ्य विभागका सचिव तथा सदस्य सहित केन्द्रीय सल्लाहकारको समेत उपस्थिति रहेको थियो । उनीहरुले महासंघले गरेको कामको प्रशंसा गर्दै थप गर्नु पर्ने कामका विषयमा आफ्ना धारणा राखेका थिए ।

सोही अवसरमा चौथो महाधिवेशन २०७८ पश्चात् महासंघको विधान, कार्यक्रम र योजना बमोजिम संगठन बिस्तारमा विभिन्न तीन वटा प्रदेश तथा सातै प्रदेशका एक एक जिल्ला समितिहरु र उपत्यका विशेष प्रदेश समितिका एक वटा जिल्ला समितिले गरेको उत्कृष्ट कार्य सम्पादन मूल्यांकनको आधारमा प्रसंशा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज