दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा
दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलेको छ।
नगरपालिकाको कृषि शाखा प्रमुख दिपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनसिंह धामी (नगर प्रमुख विजयसिंह धामीका छोरा) को मिलोमतोमा वडा नं. ६ का मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाइएको हो।
कृषि शाखा प्रमुखले ग्लोबल आईएमई बैंक गोकुलेश्वर शाखामा पत्र पठाउँदै जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराका हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए।
पीडित जानकी र मञ्जुले आफूहरूलाई मरेको भनी झूटा कागज बनाएर खाताबाट रकम निकाल्ने प्रयास भएको जनाए। उनीहरूका अनुसार समूह लामो समयदेखि निष्क्रिय थियो, तर अध्यक्षले कार्यक्रमको रकम हत्याउन फर्जी कागज बनाए।
कृषि शाखा प्रमुख विष्टले समू...











