Advertisement

हाम्रो बारेमा

महिलाहरुलाई आत्मनिर्भर बनाउदै सुर्खेत को चौकुने गाउँपालिका

महिलाहरुलाई आत्मनिर्भर बनाउदै सुर्खेत को चौकुने गाउँपालिका

मुख्य समाचार, राजनीति, रोजगार, समाचार
चौकुने गाउपालिकाले  कृषक महिला युवा हरुलाइ आत्म निर्भर बनाउने अभियान चलाउदै आएको छ । आज घर मा बसेर पनि आफ्नो खाली समय मा पनि काम गर्न सक्ने भनेर गाउपालिका ले दुना टपरि बनाउने  ७ दिने तालिम अभियान चलाएको  छ । उक्त तालिम हाल लाई १० जनालाई दुना टपरी सम्बन्धि सीपमूलक तालिम प्रदान गरेको छ । बाकी  आगामी वर्ष हरुमा पनि थप्दै जाने र गाउँपालिका भरि का महिलाहरुलाई पनि आत्मनिर्भर बनाउने प्रतिबद्धता पालिका अध्यक्ष खड्क बि.क (बिवश) ले गरेका छन । अध्यक्ष ले प्रत्येक एक/एक जनालाइ रोजगार दिन नसके पनि आफ्नो कार्यकालमा  हजार जनालाइ स्वरोजगार र आत्मनिर्भर गरेर नै छाड्ने प्रतिबद्धता गरेका छन । उक्त रकम जुटाउन आफुले पालिका को गाडी त्यागेर आफ्नो बाइक चलाउदै आएको पनि बताए । आफुले गरिबी नजिक बाट देखेको हुदा आफुले गरिब लाई उठाउन र समाज रुपान्तरण को लागि मात्र अध्यक्ष बनेको बताएक...
दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट

दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट

मुख्य समाचार, सुदूरपश्चिम
कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट दुई प्रदेशमा कार्यरत राहदा दुबै पटक सम्मानित भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत राहदा आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगड पुरस्कार सहित सम्मानित भएका एसएसपी विष्ट हालै २०८०/८१ मा पनि सम्मानित भएका छन् । प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै आफुलाई दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै यहि आर्थिक वर्ष २०८०/०८१ मा समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका छन् ।२०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका थिए भने २०७९ साल साउनमा एसएसपीमा बढुवा हुनुभएको थियो ।इन...
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा NMSRA धनगढी ले आमाको माया छात्रावास मा खाद्यान्न वितरण

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा NMSRA धनगढी ले आमाको माया छात्रावास मा खाद्यान्न वितरण

समाचार
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) धनगढी इकाइले "मर्यादित काम ,श्रमिकको सम्मान , हाम्रो अभियान "भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा औपचारिक कार्यक्रम गरी आमाको माया छात्रावास लाई खाद्यान्न वितरण सँगै शुभकामना आदानप्रदान गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ , नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यू को अध्यक्षमा बसेको कार्यक्रममा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ केन्द्रीय समितिका उपाध्यक्ष मीन बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो, त्यसैगरी नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढीका निवर्तमान अध्यक्ष दिनेश राज भट्ट विशिष्ट अतिथि रहनुभएको थियो, त्यसैगरी नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ दाङ इकाइका निवर्तमान अध्यक्ष तथा धनगढी इकाइका केन्द्रीय पार्षद टेकबहादुर साउद अतिथि रहनुभएको थियो भने कार्यक्रम को सञ्चाल...
विकास निर्माणकोे तिव्र गतिमा फड्को मार्दै लम्कीचुहा

विकास निर्माणकोे तिव्र गतिमा फड्को मार्दै लम्कीचुहा

कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
लम्की/ वैशाख-१९ कैलालीको लम्कीचुहा नगरपालिका विकास निर्माणको तिव्र गतिमा फड्को मार्दै गईरहेको छ। अहिले लम्कीचुहाका विभिन्न ठाउँहरुमा योजनाहरू सम्पन्न हुँदै गएका छन्। विकास निर्माणका कार्यक्रमहरुमा लम्कीचुहा की मेयर सुशिला शाही प्रत्येक गाउँ टोलमा पुगेर अनुगमन गरेको देख्न पाइन्छ। अहिले मेयर शाही जनताकाे घाउको मलम बनेर दुःख सुखमा साथ पाउँदा जनता हर्षित भएका छन्। अहिले प्रत्येक गाउँ ठाउँमा नाला बनाउने, मठ मन्दिर बनाउने, धार्मिक आस्थावानका भवन निर्माण, सार्वजनिक जग्गामा पर्खाल लगाउने जस्ता विभिन्न योजनाहरु अन्तरगत जेठ महिना भित्र करिव दुई सय योजनाहरू सम्पन्न हुने मेयर शाहीले बताउनु भयो। म प्रत्येकका गाउँघर, टोल छिमेकमा जाने र जनताको पिरमर्का बुझ्दै जनताकाे चाहनाअनुसार जनअपेक्षित काम गर्दै गईरहेको छु भनी शाहीले बताउनु भयो। अहिले प्रत्येक ठाउँमा भईरहेका विकास निर्माणका...
लम्कीचुहा नगरपालिका वडा नं. ०२ द्धारा एचआइभी संक्रमितहरुलाई खाद्यान्न सहयोग

लम्कीचुहा नगरपालिका वडा नं. ०२ द्धारा एचआइभी संक्रमितहरुलाई खाद्यान्न सहयोग

समाचार
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ०२ ले एचआइभी संक्रमितहरूलाई खाद्यान्न सहयोग गरेको छ । चालु आर्थिक वर्षकाे बिनियोजित बजेटबाट संक्रमितहरूलाई एक कार्यक्रमका बिच खाद्यान्न सहयोग गरिएको हो। संक्रमितहरूको माग अनुसार चामल ,दाल ,तेल ,नुन लगायतका सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सन्तोष कुमार ओलीले बताए। वडा अध्यक्षले भने यो सहयोग मात्र अन्तिम हैन, वडा बासी कुनै पनि समस्या परेको खण्डमा निर्धक्क वडा कार्यालय सम्म पुगेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वडाले खाद्यान्न सहयोग गर्दा निकै राहत महसुस भएको नवजीवन एकता समाजका समाजिक परिचालक तारा प्रसाद ढकालले बताए । धेरैको घरमा छाक टार्न एक माना चामल छैन ढकालले भने‘‘ धेरै एकल महिला र पुरुष अनाथ बालबालिकाहरू छन । थोरै भए पनि वडाबाट आएको सहयोगले केही दिन सहज हुने उनले बताए। वडा नं. ०२ मा मात्रै ५० जना भन्दा बढि एचआइभी संक्र...
गाईको दूध मा H5N1 भाइरस भेटिएपछि पिउन असुरक्षित !

गाईको दूध मा H5N1 भाइरस भेटिएपछि पिउन असुरक्षित !

समाचार
आउँदो दशकहरूमा विश्वभर धेरै प्रकारका घातक सङ्क्रामक रोगहरूको जोखिम बढ्न सक्ने वैज्ञानिकहरूले अध्ययनहरूमा चेतावनी जारी गर्दै आएका छन्। पछिल्ला रिपोर्टहरूले यो चिन्ता अझ बढाएको छ । यस महिनाको सुरुमा पहिलो पटक गाई र गाईबाट मानिसमा खतरनाक बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जा एच ५ एन १ सङ्क्रमणको घटनाहरू देखिएका थिए। यसै क्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अब गाईको काँचो दूधमा पनि बर्ड फ्लुको भाइरस पाइने खुलासा गरेको छ । यति मात्र होइन, दूधमा भाइरसको अत्यधिक मात्रा देखिएको छ । यसै प्रतिवेदनका आधारमा स्वास्थ्य सङ्गठनले चेतावनी जारी गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ ।यसअघि अप्रिलको सुरुमा अमेरिकामा केही मानिस र गाईवस्तुमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि विज्ञहरूले अलर्ट जारी गरेका थिए । एच ५ एन १ सङ्क्रमणलाई मानवका लागि गम्भीर रोगजनक र घातक मानिन्छ ।यति मात्र होइन, वैज्ञानिकहरूले मानिसम...
बझाङमा एमालेको अग्रता, दोस्रोमा नेपाली काङ्ग्रेस

बझाङमा एमालेको अग्रता, दोस्रोमा नेपाली काङ्ग्रेस

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ प्रदेश सभा सदस्य १ (१) सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ७५७ मतसहित अग्रता लिएका छन् । त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ३८० र नेकपा माओवादीका जनकबहादुर बुढाले २२६ मत ल्याएका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत ल्याएर चौथो स्थानमा छन् । छविसपाथिभेरा गाउँपालिकाको १ र २ नम्बर वडाको मत गणना सकिँदा यस्तो नतिजा आएको हो ।...
बझाङमा मतगणना सुरु

बझाङमा मतगणना सुरु

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो । बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन्। जिल्लाका ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। आइतवार दिउँसो १ बजेबाट मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेकोमा ढिलो गरेर मात्र सुरु भएको हो। शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ। नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्...
“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

अन्तरबार्ता, कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
तीन वर्ष नपुग्दै बुबालाई गुमाएका देवीदत्त कँडेलको संघर्ष धर्तीमा टेकेदेखि नै सुरु भयो । उनले जन्मदिने बुबाको मुहारसम्म पनि सम्झने गरी देख्न पाएनन् । उनलाई गरिबीले च्याप्नु च्याप्यो । अभावले थिच्यो । गरिबी र अभावकै बीच जेनतेन उनको दैनिकी चलिरहेको थियो । बुबा गुमाउनुको पीडा बिर्सन नपाउँदै कँडेललाई अर्को बज्रपात आइलाग्यो । कुरो २०३९ सालतिरको हो । ७ कक्षामा अध्ययनरत रहँदै गर्दा उनी धेरै पढ्ने र देशमै केही गर्ने सपनाहरू सजाउँदै थिए । तर, दैवको लीला १४ वर्षको कलिलो उमेरमै उनले आफ्नो बायाँ हात गुमाउनुपर्‍यो । रुखबाट लडेर हात भाँचिएपछि उपचारका लागि उनले धेरै सास्ती खेपे । यातायात र आवश्यक खर्चको जोहो समयमै नहुँदा कँडेलको उपचारमा विलम्ब हुन पुग्यो । फलतः उनले आफ्नो हात सदाका लागी गुमाउनुपर्‍यो ।बुबा गुमाएर बैसाखी गुमाएको जस्तै भएको उनको परिवार थप समस्यामा पर्‍यो । उनका कलिला सपनाहरू निमोठिए ।...
देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा

देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा

समाचार
काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरले देशभरका अशक्त र गरिब नागरिक बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेका छन् । आइतबार विहान उनले फेसबुकमार्फत देशभरका जुनसुकै पालिकाको अशक्त र गरिब बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएका हुन् । त्यसका लागि अशक्त र गरिब नागरिकले आफ्नो पालिकाबाट विपन्न र असहायको सिफारिस लिएर आउनुपर्नेछ । मेयर शाहले गरिब र विपन्नहरुको उपचारका लागि काठमाडौं महानगरले ५२ अस्पतालका ३७४ बेड आवश भएको जनाएका छन् । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुनेछ ।’ उनले यसका लागि ११८० वा महानगरको स्वास्थ्य विभ...
बझाङ उपनिर्वाचन : मतपेटिका संकलन कार्य जारी, गणना भोलि हुने

बझाङ उपनिर्वाचन : मतपेटिका संकलन कार्य जारी, गणना भोलि हुने

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ।  बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ९३ मतदान केन्द्र र ७४ मतदानस्थल रहेका थिए। ती सबैमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।  कुल ६१ हजार ७६८ मतदाता रहेको बझाङमा ३० हजार ३२८ मत खसेको र साइपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ लगिरहेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मानबहादुर धामीले बताए।...
बझाङ उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न,      ४९.१२ प्रतिशत मतदान

बझाङ उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ४९.१२ प्रतिशत मतदान

बझाङ, मुख्य समाचार, राजनीति
बझाङः बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। उनका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता छन्। जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए। उनका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिष्पर्धामा छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिष्पर्धामा छन्। साथै नेपाल मजदुर किसान पार्टी...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज