निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा :- कैलाली अस्पताल
धनगढी । कैलालीको धनगढीमा रहेको कैलाली अस्पताल प्रालीमा निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा आएको छ । प्रत्यक महिनाको पहिलो शनिबार निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा आएको हो ।
कन्सल्टेन्ट यूरोलोजिस्ट डा. सुरेन्द्र बस्नेतले उपचार गर्ने कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशिले बताए ।
उपचार गर्दा ओपीडी निशुल्क हुने, प्रोस्टेट सम्वन्धि दुरबिन प्रबिधि द्धारा हुने सम्पुर्ण अपरेसनमा १० प्रतिशत छुट र औषधिमा ५ प्रतिशत छुट, यूरोफ्लोमेट्रीमा २० प्रतिशत छुट तथा रगत, पिसाप, ईसिजि, ईको र एक्सरेमा २० प्रतिसत छुट रेहको अध्यक्ष जोशिले बताए ।
कसरी थाहा हुन्छ ?
प्रोस्टेट ग्रन्थीको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ
पिसाबको धारा कमजोर हुनु, पिसाब फेर्न बल लगाउनुपर्ने
पिसाब फेर्दा ढिलो पिसाब आउनु(सुरु गर्न गाह्रो हुनु, पिसाब पोल्नु, दुख्नु र पिसाबमा रगत देखिनु
...












