जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा गरियो विपद व्यवस्थापन सम्वन्धि जनचेतनामूलक कार्यक्रम
उत्तमकुमार थापा- बझाङ ।
बझाङको जयपृथ्वी नगरपालिकामा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा विपद व्यवस्थापन सम्वन्धि कार्यक्रम गरिएको छ ।
आज एक कार्यक्रमका विच जिल्लाकाे सदरमुकाम चैनपुरकाे भाेपुरमा रहेको क्याम्पसमा विभिन्न डेमाे गरेर जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
व्यवस्थापन विपद क्षेत्रकाे आयाेजनामा शिक्षण लिन आउनु भएका विद्यार्थी छात्र छात्राहरु सहित शिक्षक र स्थानीय बासिन्दाकाे उपस्थितिमा डेमाे अर्थात विपद सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । क्याम्पसकाे निमन्त्रणामा सशस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी दुर्गादत्त भट्ट सहित पत्रकारहरुकाे उपस्थिति रहेको थियाे ।
जयपृथ्वी बहुमुखी क्याम्पस जिल्लाकै नमुना क्याम्पसकाे रुपमा रहेको देखिन्छ भने, पछिल्लो समय विभिन्न बस्तीमा बढ्दै आएकाे आगजनी सम्वन्धि कलाश लिनु पर्ने भन्दै,डिएसपी दुर्गादत्त भट्टले कलास लिनु भएको थियाे । क...











