Advertisement

हाम्रो बारेमा

प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएको परराष्ट्र मन्त्रालयको दाबी

प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएको परराष्ट्र मन्त्रालयको दाबी

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचदिने चीन भ्रमणले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले उच्चस्तरीय भेटवार्ता र भ्रमणका उपलब्धिबारे जानकारी दिँदै यस्तो बताएका हुन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली १४ भदौमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति तथा विभिन्न राष्ट्रका राष्ट्र–सरकार प्रमुखहरूसँग भेटवार्ता गरेका थिए। भ्रमणको मूल उद्देश्य चीनको तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा सहभागिता जनाई सो सङ्गठनमा नेपालको भूमिकालाई सुदृढ ब...
आज पहाडी क्षेत्रमा मध्यम वर्षा र तराईमा हावाहुरीको सम्भावना

आज पहाडी क्षेत्रमा मध्यम वर्षा र तराईमा हावाहुरीको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेश प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ। वर्षाका कारण ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै महाशाखाले सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।...
अस्ट्रेलियाली ओपनर क्रिस लिन एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

अस्ट्रेलियाली ओपनर क्रिस लिन एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अस्ट्रेलियाका पावरफुल ओपनिङ ब्याटर क्रिस लिन नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। सुदूरपश्चिमले बुधबार सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै विदेशी खेलाडी भित्र्याउने संकेत गरेको थियो। पोस्टमा उल्लेख गरिएको "३९५५ रन र २२० छक्का" भन्ने तथ्यांक लिनले बिग ब्यास लिगमा गरेको प्रदर्शनसँग मेल खाने भएकाले विदेशी खेलाडी उनी नै भएको पुष्टि भएको हो। क्रिस लिनले बिग ब्यासमा १२७ खेल खेलेर ३९५५ रन र २२० छक्का प्रहार गरेका छन्। उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले २९१ रन जोडेका छन्। सबै किसिमका टी–२० क्रिकेटमा उनले ५ शतकसहित २९३ खेलबाट ८३५५ रन बनाएका छन्। सुदूरपश्चिमले आधिकारिक घोषणा भने अझै गरेको छैन। शुक्रबार उनीबारे औपचारिक जानकारी सार्वजनिक गर्ने जनाइएको छ।...
बाह्रदेउ क्याम्पस पूर्वतयारी समिक्षा, उपाध्यक्ष धामी सञ्चालक समिति अध्यक्ष, दुई लाखभन्दा बढी चन्दा संकलन

बाह्रदेउ क्याम्पस पूर्वतयारी समिक्षा, उपाध्यक्ष धामी सञ्चालक समिति अध्यक्ष, दुई लाखभन्दा बढी चन्दा संकलन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-६ भाडसैनमा सञ्चालनको तयारीमा रहेको बाह्रदेउ क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको छ । १७ भदौ मंगलबार चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा गाउँपालिका उपाध्यक्ष मनिषा धामीको उपस्थितिमा क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको हो । समिक्षाबाट २ वर्ष लामो संघर्षपश्चात् सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई के कसरी सञ्चालन गर्ने, आर्थिक संकलन, तथा सञ्चालक समिति गठन लगायतका निर्णय गरेको छ । पूर्वतयारी कार्यक्रममा चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर धामीले २०८० सालदेखि माथिल्लो क्षेत्रका विद्यार्थीलाई मध्यनजर गर्दै क्याम्पस सञ्चालनको तयारीमा जुटेको बताए । त्यस्तै यश क्षेत्रका नागरिक ,शिक्षाप्रेमी , वडाका जनप्रतिनिधि, राजनीतिज्ञ,शिक्षक लगायत गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा र उपाध्यक्ष मनिषा धाम...
बझाङको केदारस्युमा २ दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धि तालिम सम्पन्न

बझाङको केदारस्युमा २ दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धि तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : केदारस्यु गाउँपालिकाको वडा नं. ९, झोतामा मिति २०८२ भदौ १६ र १७ गते दुई दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धी तालिम सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज र केदारस्यु गाउँपालिकाको समन्वयमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो। कार्यक्रममा ३५ वटा बचत समूहका प्रतिनिधित्व गर्ने ३५ जना सदस्य सहभागी भएका थिए। तालिममा सहकारी र बचत समूहको महत्व, बचत गर्ने तरिका, अभिलेख व्यवस्थापन, डेबिट–क्रेडिट प्रणाली, ऋण व्यवस्थापन तथा व्यवहारिक हिसाबकिताब सम्बन्धी सीप सिकाइिएको थियो। कार्यक्रममा सहभागीको तर्फ बाट बोल्दै राम बिष्टले यो तालिमले हाम्रो समूह लगाएत अन्य समूहले धेरै कुरा सिक्ने अवसर पएको बताउदै संस्था लाई धन्यवाद पनि दिनु भएको थियो। तालिममा परियोजना संयोजक रमेश बहादुर माली, प्रशासन तथा लेखा अधिकृत बिजय राज जोशी र फिल्ड ...
बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिका–७ दनखोलामा करेन्ट लागेर एक महिबैतडीमा करेन्ट लागेर महिलाको मृत्युलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार जंगली जनावर मार्नका लागि मकैबारीमा थापिएको विद्युतीय पासोमा परेर ५४ वर्षीया पार्वती भट्टको सोमबार मृत्यु भएको हो। घटनाबारे आफन्तले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।...
आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना

आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश तथा राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।...
शिक्षक रामचन्द्र मण्डेल अनिवार्य अवकाश, विद्यालयद्वारा विदाइ, ३१ हजारको अक्षकोष स्थापना

शिक्षक रामचन्द्र मण्डेल अनिवार्य अवकाश, विद्यालयद्वारा विदाइ, ३१ हजारको अक्षकोष स्थापना

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा अवस्थित मजखाेरी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक रामचन्द्र मण्डेलको अनिवार्य अवकाशसँगै सम्मानपूर्वक विदाइ गरिएको छ । विद्यालयले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा प्रावि तहमा लामो समयसम्म सेवा पुर्‍याएका मण्डेललाई दोसल्ला, खादामाला र नागरिक अभिनन्दनसहित सम्मानपूर्वक विदाइ गरेको हो । गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय बहादुर धामीले विदाइ कार्यक्रममा विद्यालय परिवार भावविह्वल बनेको जानकारी दिए । शिक्षक मण्डेलले स्थायी रूपमा ३८ वर्ष र अन्य गरी जम्मा ४४ वर्ष अध्यापन गरेको स्मरण गर्दै आफ्नो शिक्षण यात्राका अनुभवहरू कार्यक्रममा बाँडे । उनले विद्यार्थीलाई मन लगाएर अध्ययन गर्न, शिक्षकहरूलाई कर्तव्यप्रति निष्ठावान रहन आग्रह गर्दै विद्यालयका लाग...
रुपन्देही उपनिर्वाचन: कस्ले मार्ला बाजि ? (तथ्यगत रिपोर्ट सहित) 

रुपन्देही उपनिर्वाचन: कस्ले मार्ला बाजि ? (तथ्यगत रिपोर्ट सहित) 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि
लुम्बिनी प्रदेश : रुपन्देही–३ फेरि एकपटक देशको ध्यान खिचिएको क्षेत्रमा उभिएको छ । प्रतिनिधिसभा सदस्य दीपक बोहराको असामयिक निधनपछि रिक्त बनेको यस निर्वाचन क्षेत्रमा सरकारले कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै यहाँको राजनीतिक माहोल पुनः तातिएको छ । यो क्षेत्रको राजनीति विगतकै चुनावी समीकरण, दलहरूको संगठनात्मक शक्ति र आगामी सम्भावनाका कारण अहिले राष्ट्रिय बहसको केन्द्रबिन्दु बनेको छ । २०७९ सालको आमनिर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी भएका थिए । उनले ३६ हजार ७ सय १७ मत ल्याएर नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई करिब २ हजार ७ सय मतले पछि पार्दै संसद् पुगेका थिए । खाँणले ३४ हजार ३६ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेस्रो स्थानमा सीमित भए, जसले ५ हजार ७ सय ९६ मत ल्याएका थिए । बोहराको जित नेकपा एमालेको रणनीतिक समर्थनकै कारण सम्भ...
चीनमा आयोजित एससिओ शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

चीनमा आयोजित एससिओ शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ। चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा हिजोदेखि सुरू भएको सम्मेलनमा सहभागी मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले आजै रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु र लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको उहाँको निजी सचिवालयले जनाएको छ।...
रुपन्देही–३ उपचुनावमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

रुपन्देही–३ उपचुनावमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को उपचुनावका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवारीका लागि आवेदन दिएका नौ जनामध्ये प्रारम्भिक मतदानमार्फत थापा चयन भएको रास्वपाले जनाएको छ। डा. थापा यसअघि नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध हुनुहुन्थ्यो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँ लुम्बिनी प्रदेशतर्फ खस आर्य समुदायको समानुपातिक सूचीमा परेको भए पनि सांसद बन्न सक्नुभएको थिएन। रुपन्देही–३ मा उपचुनाव हुने भएपछि उहाँले नागरिक उन्मुक्तिबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्नुभएको हो। रुपन्देही–३ को उपचुनाव आगामी कात्तिक १७ गते हुँदैछ।...
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै, अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। राति देशभर सामान्यतया बदली रहनेछ भने सुदूरपश्चिम, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा तथा बाँकी पहाडी र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज