१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो
काठमाडौं । नेपाल गोजुरीयो कराते–दो संघको आयोजनामा राजधानी काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न १०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगिता उत्साहपूर्ण वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ। देशभरका उत्कृष्ट कराते खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी गौरीगंगा कराते डोजोले ऐतिहासिक सफलता हात पार्दै ६ स्वर्ण, १ रजत र २ कास्य पदकसहित टिमतर्फ तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
सीमित स्रोतसाधन र विभिन्न अभावका बाबजुद पनि प्रशिक्षक अशोक चन्दको निरन्तर मेहनत, अनुशासित प्रशिक्षण र लगनशीलताको प्रतिफलस्वरूप गौरीगंगा कराते डोजोले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको छ। यस प्रतियोगितामा प्राप्त उपलब्धिले डोजोक...












