संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जना पक्राउ
धनगढी - प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित कैलालीमा आज दुई जनालाई पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखडबाट खटेको प्रहरी टोलीले सालकको ११ किलो १०० ग्राम खपटासहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–८ का ३५ वर्षीय परशुनारायण चौधरी र जोशीपुर गाउँपालिका –४ का ३२ वर्षीय प्रेम चौधरी रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका –६ मुडाबाट उनीहरूलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।
उनका अनुसार गोप्य सूचनाको आधारमा भजनीतर्फ आइरहेको प्रहरीले बेलामा उनीहरूलाई पक्राउ गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले सालकलाई नेपा...



