Advertisement

हाम्रो बारेमा

संशोधन गर्न बनेको विधेयक समितिमा

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।  आज बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो ।  भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा पेस गरेका थिए । यसैबिच, सुदूरपश्चिम प्रदेशको लोगो संशोधन समितिले तयार पारेको प्रदेश लोगो संशोधनसम्बन्धी प्रतिवेदन प्रदेश सभामा टेबुल गरिएको छ । समितिका संयोजक पदमबहादुर शाहीले प्रतिवेदन टेबुल गरेका हुन् । समितिले तयार पारेको प्रतिवेदनमाथि शुक्रबार छलफल हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।  हाल प्रयोगमा रहेको प्रदेश लोगोमा नेपालको नक्सा ...

बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

समाचार
कैलाली - बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ ।  नवलपुरमा बसको ठक्करबाट ६३ वर्षको उमेरमा उनको निधन भएको हो ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेका पौडेल घाइते भएका थिए । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए ।  उनी चितवनको भरतपुर महानगरपालिका –१७ बेलुवाका स्थायी बासिन्दा हुन्। पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए ।  उनी कांग्रेसको महासमिति सदस्यसमेत हुन् । बसचालक लमजुङ राइनस नगरपालिका–२ बराङखोला...
बयालपाटा अस्पतालको नीतिगतरुपमै समस्या समाधान गरिदै !

बयालपाटा अस्पतालको नीतिगतरुपमै समस्या समाधान गरिदै !

समाचार
धनगढी । अछामको साँफेबगरस्थित बयालपाटा अस्पतालको नीतिगत ब्यबस्था गरी समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय लागिपरेको जनाएको छ। मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति सार्बजनिक गर्दै सो कुरा बताएको हो।  न्याय हेल्थ नेपाल र प्रदेश सरकारको साझेदारीमा संचालनमा रहेको बयालपाट अस्पतालमा पछिल्लो समय केहि समस्या देखिएकोले मन्त्रालयले सुदूरपश्चिम सरकारसँग सो बिषय राखीसकेको र सम्बद्ध सबै पक्षसँग छलफल गरि समनोन्मुख रहेको मन्त्रालयका प्रवक्ता हेमराज खड्काद्वारा प्रेषित विज्ञप्तिमा जनाएको छ।  बयालपाटा अस्पतालका समस्यलाई सधैकालागि समाधान गर्न प्रदेश सरकार मातहत ल्याएर थप स्तरोन्नती र व्यबस्थित गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय लागिपरेको विज्ञप्तीमा जनाइएको छ । यसअघि मन्त्री झपटबहादुर साउदले पनि अछाममा रहेको  बयालपाटा अस्पतालको समस्या सधैकालागि अन्त्य गर्ने प...
सेतीमा सेवा प्रवाह सम्बन्धि सुझावका लागि क्यूआर कोडको व्यवस्था !

सेतीमा सेवा प्रवाह सम्बन्धि सुझावका लागि क्यूआर कोडको व्यवस्था !

समाचार
धनगढी– कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा प्रवाहसम्बन्धि सुझाव संकलनका लागि क्युआर कोड स्क्यानको व्यवस्था गरेको छ । अस्पतालले सो सेवा बुधबारबाट सुरु गरेको हो । सेवा प्रवाह सम्बन्धि सुझाव,गुनासा भए उक्त कोड मार्फत सकरात्मक सुझाव दिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताए । क्यूआर स्क्यान गर्दा सेवा सम्बन्धि फर्मेट आउने र सजिलै सुझाव दिन सकिने उनले बताए । उनले भने,‘नागरिकले सुझाव पेटिका मार्फत सुझाव दिँदा कार्यालय मै आउनु पर्ने हुन्थ्यो । त्यो झन्झटिलो हुन्थ्यो । अब सुझाव सल्लाह दिनुहुनेले जहाँबाट पनि क्युआर मार्फत सझाव दिन सक्नु हुन्छ ।’ ‘नागरिकबाट आएका सुझाव सल्लाहलाई लिएर हामी योजना बनाउँदै जान्छौँ ।’ उनले भने,‘क्युआर कोड मार्फत सकरात्मक सुझाव आउने अपेक्षा गरेका छौँ । जसले गर्दा हामीलाई सेवा सुधारका लागि योजना बनाउन सहज हुनेछ ।’...

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

समाचार
एजेन्सी - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय सुनाएको छ । सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेको आरोपमा अदालतले खान दम्पतीलाई १४ वर्षको जेल सजाय तोकेको हो ।  राज्यको गोप्य सूचना चुहाएको आरोपमा अदालतले हिजो मात्रै इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको कैद सजाय सुनाएको थियो । सन् २०२२ मा विश्वासको मत पाउन नसकेपछि इमरान खान प्रधानमन्त्री पदबाट हट्नुपरेको थियो । इमरान खानले आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन् । पाकिस्तानमा यही फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । त्यसअघि इमरान खानलाई सजाय सुनाइएको हो । उनलाई चुनावमा प्रतिस्पर्धा गर्न यसअघि नै रोक लागेको छ । इमरान खान गएको वर्षको अगस्टमा पक्राउ परेपछि उनलाई जेलमा राखिएको छ । प्रधानम...

धनगढी प्राधिकरणले काट्यो दुई सय ५३ ग्राहकको विद्युत् लाइन 

समाचार
धनगढी - नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ ।  धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।  विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने दुई सय ५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ ।  लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम रु  एक करोड ५३ लाख ४९ हजार तीन सय ६५ रहेको जनाइएको छ ।  वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि एक सय ८० ग्राहकले महसुल बुझाएका छन् ।  एक महिनाको अवधिमा ती ग्राहकबाट रु ७८ लाख ३७ हजार चार सय ९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले बताए ।...

धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
धनगढी - धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-६ जाली स्थित वासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटी आफै अनियन्त्रित भएर मंगलवार साँझ दुर्घटना हुँदा स्कुटी पछाडी सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाईते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  स्कुटी र चालक धनगढी उपमहानगरपालिका-५ जाईका २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।...

एमालेको तीन दिने प्रशिक्षण सुरु

समाचार
काठमाडौं - नेकपा (एमाले) को तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ ।  मंगलबार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समाजवादको माध्यमबाट नेपाललाई समृद्ध बनाइने बताए ।  एमालेले योजनाबद्ध ढङ्गले देशभर प्रशिक्षण सञ्चालन गर्ने ज्ञवालीले जानकारी दिए । एमालेबाट हरेक तहमा उम्मेदवार बन्न प्रमाणपत्र पेश गर्नुपर्ने कार्ययोजना बनाउने तयारी भएको ज्ञवालीले बताएका छन् ।  स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रमुख रहेको बताए । एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, “सातै प्रदेशका स्कुल विभागहरू सञ्चालन गर्छौ, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गरी जनपरिचालन गछौँ ।”...

अत्तरियामा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु

समाचार
धनगढी - कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा आज गाडीले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ ।  बा १८ च ५८२९ नम्बरको नवीन दाना पोल्ट्रीफर्मको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दादेवी नाथको ज्यान गएको हो । गाडीको ठक्करबाट घाइते उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।  प्रहरीका अनुसार पैदल यात्री वृद्धालाई आज दिउँसो गाडीले ठक्कर दिएको थियो । ...

विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप

समाचार
धनगढी - विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि धनगढीमा आजबाट चैतन्य स्टिम वर्कसप सुरु भएको छ ।  धनगढीस्थित चैतन्य पाठशालाले वर्कसपको आयोजना गरेको हो । एक समारोहकाबिच सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले त्यसको उद्घाटन गरेका छन् । एक हप्तासम्म आयोजना हुने सो वर्कसपमा विद्यार्थीलाई रकेट विज्ञान, सेटेलाइट निर्माण, ड्रोन, अहिलेको प्रविधि र ज्ञानको कुराबारे सिकाइने जनाइएको छ । विद्यार्थीलाई राष्ट्रिय आविष्कार केन्द्रमा काम गरिरहेका वैज्ञानिकले प्रशिक्षण दिनेछन् ।...

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

समाचार
बैतडी - बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।  मङ्गलबार दोगडाकेदारको सिल्लेगाडाबाट कालागाउँ जाँदैगरेको सुपप्र ००१००२ ज १५३७ नम्बरको जिप दिउँसो २ः४५ बजे दोगडाकेदार गाउँपालिका–२, कटौजपानीमा दुर्घटनमा परेको हो ।  जिप सडकबाट करिब एक सय मिटर तल खोलामा खसेको स्थानीयले बताएका छन् ।   दुर्घटनामा परी मृत्यु हुनेमा १५ वर्षीया मनीषा बिष्ट रहेकी छिन् । घाइते हुनेमा दोगडाकेदार –८ का, जिपचालक ३० वर्षीय भूपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट घाइते भएका छन् ।  घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अ...

केएमसी डिबेट क्लबद्धारा आयोजित नमुना संसद अभ्यास 

समाचार
धनगढी - कैलाली बहुमुखी क्याम्पसमा संसदीय वहस प्रणलीमा आधारित नमुना संसद अभ्यास कार्यक्रम आयोजना गरिएको छ । केएमसी डिबेट क्लबको आयोजनामा कानून संकायमा अध्ययनरत र अन्य गरी ६२ जना विद्यार्थीहरुको सहभागितामा संसदिय प्रणाली, विधेयक प्रस्तुत, छलफल र कानून निर्माण प्रक्रिया बारे जानकारी गराउने उद्धेश्यले विद्यार्थीहरुबिच नमुना संसदीय अभ्यास कार्यक्रम आयोजना गरिएको केएमसी डिबेट क्लबका संयोजक गणेश खत्रीले बताए । यस्तै स्वतन्त्र विद्यार्थी युनियन केएमसीका अध्यक्ष यमराज जोशीले संसद र सांसदको भुमिकाबारे सबैले जान्न जरुरी रहेको बताएका छन् ।  संसदिय अभ्यास कानून निर्माण प्रक्रिया मात्र नभएर सामान्य क्लबका मिटिङहरु सञ्चालन र व्यवस्थापनबारे सिकाउने अभ्यास पनि भएको उनको भनाई छ ।  त्यसैगरी क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले देशको कानून र कानून निर्माण प्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज