बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै
काठमाडौं - बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरुको जम्बो टोली भारतको हिमांचल राज्य जाने भएका छन् ।
टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जर रहनेछन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका उपसचिव शिवदत्त बरालका अनुसार १८/१९ जना सांसदहरु उक्त भ्रमण टोलीमा रहन सक्छन् ।
समिति सभापति डा.आरजु राणाको पहलमा भारतीय पक्षले नै आमन्त्रण गरेको र त्यस आधारमा भ्रमण हुन लागेको हो । तर, भ्रमणको मिति तय भएको छैन् । समिति सचिवालयका अनुसार भारतीय पक्षबाटै भ्रमणको मिति तय गर्ने र पठाउने भन्ने भएको छ । उपसचिव बरालले भने, ‘केही दिनमा भ्रमणको मिति तय हुनेछ ।’
यसअघि समितिको बैठकमा बाँदर नियन्त्रणको विषयमा सांसदहरुले आवाज उठाएका थिए । बाँदरका कारण किसानका बाली नष्ट भएको भन्दै नियन्त्रणका लागि राज्यले...


