धनगढीको शारदा माविले मनायो ४८औं वार्षिकोत्सव
धनगढी - धनगढी उपमहानगरपालिका-२, बैयाबेहडीमा रहेको शारदा माविले ४८औं वार्षिकोत्सव समारोह मनाएको छ ।
समाजसेवी फक्लु चौधरीले जग्गा दान गरेपछि २०३२ सालमा स्थापना भएको शारदा माध्यमिक विद्यालयले शुक्रबार आफ्नो ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त समारोहमा २०८१ सालमा कार्यकाल सकिन लागेकाले आजसम्म गरेको योगदानका लागि शिक्षिका माला ओझा र चित्रा पनेरूलाई सम्मान गरिएको छ ।
त्यस्तै विद्यालयमा अध्यापन गराइरहेका शिक्षक अर्जुन रजवारलाई विद्यालयमा २० वर्ष बढी सेवा प्रदान गरेको उपलक्ष्यमा वार्षिकोत्सव समारोहमा सम्मान गरिएको छ ।
त्यस्तै समारोहमा विद्यालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेका विभिन्न समाजसेवी व्यक्तिलाई सम्मान गरिएको छ ।
वार्ष...

