Advertisement

हाम्रो बारेमा

आज देशभर मौसम सफा रहने

समाचार
धनगढी – आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  तर, आज बेलुकादेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र त्यसले देशभर मौसम आंशिक बदलीदेखि छिटपुट वर्षा हुनसक्ने मौसमविद्को भनाइ छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारण बदली हुनेछ । त्यस्तै बाँकी भूभागमा भने मौसम सफा रहने मौसमविद् सरोज पुडासैनीले बताए ।  यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक,दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा थोरै ठाउँ तथा कोशी र बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।  अहिले बिहानीपख तराई, मधेशमा हुस्सु लागेको भए पनि दिउँसो १२ बजेसम्ममा हटिसक्ने पनि महाशाखाले जना...

कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते 

समाचार
धनगढी - कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतिपुर चोक स्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतिय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका-१ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राति मृत्यु भएको हो। ठक्करबाट गम्भिर घाईते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पताल टिकापुरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियले जनाएको छ।  उक्त कार र चालक लम्कीचुहा नगरपालिका-१० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त कारले अन्य थप दुई जनालाई लम्कीचुहा नगरपालिका-६ मा ठक्कर दिएर घाइते बनाई भागेको थियो। घाईते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन्। मनिरामको अवस्था गम्भिर रहेकाले उनको आईसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको...

त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने

समाचार
काठमाण्डौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिएका छन् ।  विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उनले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए । त्रिभुवन विश्वविद्यालयले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक कार्यक्रम शुरुवात गरेको थियो । विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने उनको भनाइ छ ।  विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेको भन्दै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए ।  यसको समाधानका लागि मानविकीलाई सबै सङ्...

एमाले कैलालीको अध्यक्षमा ढुंगाना विजयी

समाचार
धनगढी - नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । उनीहरू तीनै जना प्यानलसहित उम्मेदवारी दिएका थिए । यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् । सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका...
बझाङका भुकम्प प्रभावितलाई निशुल्क टहरा बनाएको टोलीले न्यानो कम्बल वितरण गर्यो

बझाङका भुकम्प प्रभावितलाई निशुल्क टहरा बनाएको टोलीले न्यानो कम्बल वितरण गर्यो

बझाङ, मुख्य समाचार
बझाङ : खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ का भुकम्प प्रभावित परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र ( रुडुक ) को सहयोगमा खप्तडछान्ना गाउँपालिका - ७ गोरखालीका भुकम्प प्रभावित परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो । गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्प पछि जिल्लाका भूकम्प प्रभावितका लागि नि:शुल्क टहरा निर्माण अभियान थालेका तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडीको टोलीले शुक्रबार उक्त न्यानो कम्बल वितरण गरेको हो । भुकम्प प्रभावितको व्यवस्थापन अभियान अन्तर्गत गोरखालीका विपन्न चार परिवारलाई न्यानो कम्बल र केही खाद्यान्न वितरण गरेको बझाङ उद्योग वाणिज्य संघका सदस्य एवं युवा समाजसेवी बिरेन बिष्टले बताए । बिष्टका अनुसार केही दिन अघि मष्टा र थलारा गाउँपालिका लगाएतका भुकम्प प्रभावितलाई पनि न्यानो कम्बल वितरण गरिएको थियोे । सहयोग हस्तान्तरणको ...
अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न माग !

अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न माग !

समाचार
अक्सल क्याम्पसमा एमाले निकट अनेरास्ववियुका नेतामाथि कुटपिट भएकाे छ । अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशी अनेरास्ववियु क्याम्पस कमिटीद्धारा आयाेजित कार्यक्रममा सहभागी भएर निस्किदै गर्दा अनेरास्ववियु क्रान्तिकारीका टाेलिले आक्रमण गरेर घाइते बनाएकाे अनेरास्ववियुका प्रवक्ता प्रकाश पाैडेलले जानकारी दिनुभयाे । 'आक्रमणकाे अनेरास्ववियु घाेर निन्दा र भर्त्सना गर्दछ' अनेरास्ववयुबाट जारी विज्ञप्तिमा उल्लेख छ- 'तत्काल सिसिटिभि फुटेज हेरेर अपराधीलाई अविलम्ब पक्राउ गरेर कारबाही अघि नबढाए हामी प्रतिरोधमा उत्रने प्रशासनलाई चेतावनी दिन चाहान्छौ ।'  विज्ञप्तिमा अस्कल क्याम्पसमा पटक पटक भैरहेको यस किसिमको अपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइको लागि संगठन तयार रहेकाे उल्लेख गर्दै अपराधीलाई राज्यको आडमा संरक्षण गरिर...

वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र प्यालेस्टाइन सेमिफाइनलमा

समाचार
धनगढी - साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।  समूह बी अन्तर्गत बिहीबारको खेलमा नेपाल र प्यालेस्टाइन दुवै विजयी भएपछि नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । गएरातिको खेलमा प्यालेस्टाइनले सिरियालाई १-० ले पराजित गरेपछि नेपालसँगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ । त्यसअघि नेपालले इराकलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको थियो । समूह बी मा नेपाल र प्यालेस्टाइन दुवैले लगातार दोस्रो खेल जित्दै ६ अंक जोडेका छन् । तर गोलअन्तरमा नेपाल अघि छ । अब शनिवार हुने नेपाल र प्यालेस्टाइनबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो । लगातार दुई खेल हारेका इराक र सिरिया भने समूह चरणबाटै बाहिरिएका छन् । ८ टोली सहभागी प्रतियोगितामा ...

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ 

समाचार
धनगढी - कैलालीको धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना बिहीवार साँझ पक्राउ परेका हुन्।  अस्थायी प्रहरी पोष्ट शान्तीनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका-२ विश्वनाथ मन्दिर नजिकबाट १ ग्राम ५५०मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...

धनगढीको जाखोर तालमा चराको उपस्थिति बाक्लो

समाचार
धनगढी - धनगढीको जाखोर तालमा चराको उपस्थिति बढेको छ ।  पछिल्लो समय तालमा मानवीय हस्तक्षेप रोकिएपछि विभिन्न प्रजातिका चरा तालमा बढ्न थालेका हुन् ।  धनगढी उपमहानगरपालिका-७ देवहरिया उद्यानमा रहेको यो ताललाई विगतमा माछा पालनका लागि ठेक्कामा दिइएपछि चराहरूको सङ्ख्या घटेको थियो । केही समययता जाखोर तालमा माछा पालन गर्न र मार्नमा रोक लगाइएको छ ।  माछा पालन कार्य रोकिएपछि तालमा रैथाने र आगन्तुकको चराहरूको उपस्थिति बढिरहेको चराविद् हिरुलाल डङ्गौराले बताए ।  उनका अनुसार सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँस, लामऔंले, बगाले सिम कुखुरा, कर्रा साउरी, विभिन्न प्रजातिका बकुल्लाको सङ्ख्या जाखोर तालमा बढिरहेको छ ।  देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा जाखोर ताल फैलिएको छ ।...
धनगढीको डिस्कभरी स्कुलको वार्षिकोत्सव सम्पन्न !

धनगढीको डिस्कभरी स्कुलको वार्षिकोत्सव सम्पन्न !

समाचार
धनगढी: धनगढीको डिस्कभरी इङ्गिलस बोर्डिङ स्कुलको बार्षिकोत्सव सम्पन्न भएको छ। विद्यार्थीका विभिन्न प्रतिभाहरु प्रदर्शनी सहित स्कुलको वार्षिकोत्सव सम्पन्न भएको हो। विद्यार्थीहरुले आफै निर्माण गरेका विभिन्न हस्तकलाको प्रदर्शनी सहित वार्षिकोत्सव मनाइएको हो। शिक्षाविद् शिवहरि मुडभरीको प्रमुख आतिथ्यतामा आयोजित  स्कुलको १५ औँ वार्षिकोत्सवमा विद्यार्थीहरुले विभिन्न संस्कृती झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा  उशु खेल प्रदर्शनी योग नृत्य लगायतका जनचेतनामूलक सन्देश दिने नाटक  प्रस्तुत गरिएको थियो। ब्यवस्थापन समितिका अध्यक्ष बृखबहादुर सिहंको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्याय, धनगढी प्यावसनका अध्यक्ष नरेन्द्र सिहंसहित विभिन्न विद्यालयका प्रधानाध्यापक र विद्यालयका अभिभावकहरूको  उपस्थित...

भासु भिरमा द्वन्द कालिन एम्बुस विष्फोट हुँदा ४ जना घाइते

समाचार
कैलाली - भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ द्वन्द कालिन समयामा राखिएको विद्युतीय धराप(एम्बुस) विष्फोट हुँदा चार जना घाईते भएका छन् ।  सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस विष्फोट हुँदा चालकसहित चार जना घाईते भएका हुन् ।  घाइते हुनेमा जेसिबी चालक  कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले  बताए । घाईते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । ...

टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ

समाचार
धनगढी - कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका-१ स्थित एयरपोर्टबाट ९८० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका २३ वर्षीय आरोन थापा बुधवार साँझ पक्राउ परेका हुन्।  ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज