Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
हाम्रो बारेमा - Page 239 of 375 - कामनाटुडे
Advertisement

हाम्रो बारेमा

विकास निर्माणकोे तिव्र गतिमा फड्को मार्दै लम्कीचुहा

विकास निर्माणकोे तिव्र गतिमा फड्को मार्दै लम्कीचुहा

कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
लम्की/ वैशाख-१९ कैलालीको लम्कीचुहा नगरपालिका विकास निर्माणको तिव्र गतिमा फड्को मार्दै गईरहेको छ। अहिले लम्कीचुहाका विभिन्न ठाउँहरुमा योजनाहरू सम्पन्न हुँदै गएका छन्। विकास निर्माणका कार्यक्रमहरुमा लम्कीचुहा की मेयर सुशिला शाही प्रत्येक गाउँ टोलमा पुगेर अनुगमन गरेको देख्न पाइन्छ। अहिले मेयर शाही जनताकाे घाउको मलम बनेर दुःख सुखमा साथ पाउँदा जनता हर्षित भएका छन्। अहिले प्रत्येक गाउँ ठाउँमा नाला बनाउने, मठ मन्दिर बनाउने, धार्मिक आस्थावानका भवन निर्माण, सार्वजनिक जग्गामा पर्खाल लगाउने जस्ता विभिन्न योजनाहरु अन्तरगत जेठ महिना भित्र करिव दुई सय योजनाहरू सम्पन्न हुने मेयर शाहीले बताउनु भयो। म प्रत्येकका गाउँघर, टोल छिमेकमा जाने र जनताको पिरमर्का बुझ्दै जनताकाे चाहनाअनुसार जनअपेक्षित काम गर्दै गईरहेको छु भनी शाहीले बताउनु भयो। अहिले प्रत्येक ठाउँमा भईरहेका विकास निर्माणका...
लम्कीचुहा नगरपालिका वडा नं. ०२ द्धारा एचआइभी संक्रमितहरुलाई खाद्यान्न सहयोग

लम्कीचुहा नगरपालिका वडा नं. ०२ द्धारा एचआइभी संक्रमितहरुलाई खाद्यान्न सहयोग

समाचार
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ०२ ले एचआइभी संक्रमितहरूलाई खाद्यान्न सहयोग गरेको छ । चालु आर्थिक वर्षकाे बिनियोजित बजेटबाट संक्रमितहरूलाई एक कार्यक्रमका बिच खाद्यान्न सहयोग गरिएको हो। संक्रमितहरूको माग अनुसार चामल ,दाल ,तेल ,नुन लगायतका सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सन्तोष कुमार ओलीले बताए। वडा अध्यक्षले भने यो सहयोग मात्र अन्तिम हैन, वडा बासी कुनै पनि समस्या परेको खण्डमा निर्धक्क वडा कार्यालय सम्म पुगेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वडाले खाद्यान्न सहयोग गर्दा निकै राहत महसुस भएको नवजीवन एकता समाजका समाजिक परिचालक तारा प्रसाद ढकालले बताए । धेरैको घरमा छाक टार्न एक माना चामल छैन ढकालले भने‘‘ धेरै एकल महिला र पुरुष अनाथ बालबालिकाहरू छन । थोरै भए पनि वडाबाट आएको सहयोगले केही दिन सहज हुने उनले बताए। वडा नं. ०२ मा मात्रै ५० जना भन्दा बढि एचआइभी संक्र...
गाईको दूध मा H5N1 भाइरस भेटिएपछि पिउन असुरक्षित !

गाईको दूध मा H5N1 भाइरस भेटिएपछि पिउन असुरक्षित !

समाचार
आउँदो दशकहरूमा विश्वभर धेरै प्रकारका घातक सङ्क्रामक रोगहरूको जोखिम बढ्न सक्ने वैज्ञानिकहरूले अध्ययनहरूमा चेतावनी जारी गर्दै आएका छन्। पछिल्ला रिपोर्टहरूले यो चिन्ता अझ बढाएको छ । यस महिनाको सुरुमा पहिलो पटक गाई र गाईबाट मानिसमा खतरनाक बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जा एच ५ एन १ सङ्क्रमणको घटनाहरू देखिएका थिए। यसै क्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अब गाईको काँचो दूधमा पनि बर्ड फ्लुको भाइरस पाइने खुलासा गरेको छ । यति मात्र होइन, दूधमा भाइरसको अत्यधिक मात्रा देखिएको छ । यसै प्रतिवेदनका आधारमा स्वास्थ्य सङ्गठनले चेतावनी जारी गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ ।यसअघि अप्रिलको सुरुमा अमेरिकामा केही मानिस र गाईवस्तुमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि विज्ञहरूले अलर्ट जारी गरेका थिए । एच ५ एन १ सङ्क्रमणलाई मानवका लागि गम्भीर रोगजनक र घातक मानिन्छ ।यति मात्र होइन, वैज्ञानिकहरूले मानिसम...
बझाङमा एमालेको अग्रता, दोस्रोमा नेपाली काङ्ग्रेस

बझाङमा एमालेको अग्रता, दोस्रोमा नेपाली काङ्ग्रेस

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ प्रदेश सभा सदस्य १ (१) सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ७५७ मतसहित अग्रता लिएका छन् । त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ३८० र नेकपा माओवादीका जनकबहादुर बुढाले २२६ मत ल्याएका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत ल्याएर चौथो स्थानमा छन् । छविसपाथिभेरा गाउँपालिकाको १ र २ नम्बर वडाको मत गणना सकिँदा यस्तो नतिजा आएको हो ।...
बझाङमा मतगणना सुरु

बझाङमा मतगणना सुरु

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो । बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन्। जिल्लाका ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। आइतवार दिउँसो १ बजेबाट मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेकोमा ढिलो गरेर मात्र सुरु भएको हो। शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ। नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्...
“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

अन्तरबार्ता, कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
तीन वर्ष नपुग्दै बुबालाई गुमाएका देवीदत्त कँडेलको संघर्ष धर्तीमा टेकेदेखि नै सुरु भयो । उनले जन्मदिने बुबाको मुहारसम्म पनि सम्झने गरी देख्न पाएनन् । उनलाई गरिबीले च्याप्नु च्याप्यो । अभावले थिच्यो । गरिबी र अभावकै बीच जेनतेन उनको दैनिकी चलिरहेको थियो । बुबा गुमाउनुको पीडा बिर्सन नपाउँदै कँडेललाई अर्को बज्रपात आइलाग्यो । कुरो २०३९ सालतिरको हो । ७ कक्षामा अध्ययनरत रहँदै गर्दा उनी धेरै पढ्ने र देशमै केही गर्ने सपनाहरू सजाउँदै थिए । तर, दैवको लीला १४ वर्षको कलिलो उमेरमै उनले आफ्नो बायाँ हात गुमाउनुपर्‍यो । रुखबाट लडेर हात भाँचिएपछि उपचारका लागि उनले धेरै सास्ती खेपे । यातायात र आवश्यक खर्चको जोहो समयमै नहुँदा कँडेलको उपचारमा विलम्ब हुन पुग्यो । फलतः उनले आफ्नो हात सदाका लागी गुमाउनुपर्‍यो ।बुबा गुमाएर बैसाखी गुमाएको जस्तै भएको उनको परिवार थप समस्यामा पर्‍यो । उनका कलिला सपनाहरू निमोठिए ।...
देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा

देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा

समाचार
काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरले देशभरका अशक्त र गरिब नागरिक बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेका छन् । आइतबार विहान उनले फेसबुकमार्फत देशभरका जुनसुकै पालिकाको अशक्त र गरिब बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएका हुन् । त्यसका लागि अशक्त र गरिब नागरिकले आफ्नो पालिकाबाट विपन्न र असहायको सिफारिस लिएर आउनुपर्नेछ । मेयर शाहले गरिब र विपन्नहरुको उपचारका लागि काठमाडौं महानगरले ५२ अस्पतालका ३७४ बेड आवश भएको जनाएका छन् । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुनेछ ।’ उनले यसका लागि ११८० वा महानगरको स्वास्थ्य विभ...
बझाङ उपनिर्वाचन : मतपेटिका संकलन कार्य जारी, गणना भोलि हुने

बझाङ उपनिर्वाचन : मतपेटिका संकलन कार्य जारी, गणना भोलि हुने

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ।  बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ९३ मतदान केन्द्र र ७४ मतदानस्थल रहेका थिए। ती सबैमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।  कुल ६१ हजार ७६८ मतदाता रहेको बझाङमा ३० हजार ३२८ मत खसेको र साइपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ लगिरहेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मानबहादुर धामीले बताए।...
बझाङ उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न,      ४९.१२ प्रतिशत मतदान

बझाङ उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ४९.१२ प्रतिशत मतदान

बझाङ, मुख्य समाचार, राजनीति
बझाङः बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। उनका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता छन्। जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए। उनका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिष्पर्धामा छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिष्पर्धामा छन्। साथै नेपाल मजदुर किसान पार्टी...
रास्ट्का लागि स्वास्थ लागि भबिस्यका लागि खेल भन्ने मुल नाराका साथ कालिका मा.बी ले प्रशिक्षण कार्यक्रम सुरुवाद गरेको छ ।

रास्ट्का लागि स्वास्थ लागि भबिस्यका लागि खेल भन्ने मुल नाराका साथ कालिका मा.बी ले प्रशिक्षण कार्यक्रम सुरुवाद गरेको छ ।

कैलाली, खेलकुद, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका वार्ड ४ मा रहेको कालिका माबी स्कुल ले एक हफ्ता कृकेट परक्षिण कार्यक्रम सुरुवात गरेको छ। उक्त खेल भने सुदुर पश्चिम प्रदेश कृकेट संघ कि महिला टोलि प्रशिक्षिक जानकी भट्ट ले प्रशिक्षिण दिदै छन । भने सायक प्रशिक्षक केशब सापकोटा ले सहकार्य गर्दै छन रास्ट्र को लागि स्वास्थ लागि अनि भबिस्य को लागि खेल भन्ने मुल नाराका साथ कालिका माबी व्यवस्थापन समिति र कैलाली जिल्ला कृक्रेट सघ को सहकार्य मा उक्त प्रशिक्षण कार्यक्रम गरेको कालिका माबी व्यबस्थापन समिति अध्यक्ष दिनेश खड्का ले बताएका । सो खेल लाई सफल पार्न स्थानीय सरकार का प्रतिनिधि वडा सदस्य बलराम सापकोटा त्रिबेणि सामुदायिक बन का अध्यक्ष प्रकाश साउद बडिमालिका सामुदायिक बन का अध्यक्ष डिल्ली पाण्डे र खेल प्रेमी अमित चन्द बिनोद श्रेष्ठ भिम साउद नरेन्द्र वोहरा लगायत को उपस्थिति मा उक्त कार्यक्रम को सु...
रास्ट्का लागि स्वास्थ लागि भबिस्यका लागि खेल भन्ने मुला नाराका साथ कालिका मा.बी ले प्रशिक्षण कार्यक्रम सुरुवाद गरेको छ ।

रास्ट्का लागि स्वास्थ लागि भबिस्यका लागि खेल भन्ने मुला नाराका साथ कालिका मा.बी ले प्रशिक्षण कार्यक्रम सुरुवाद गरेको छ ।

कैलाली, खेलकुद, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका वार्ड ४ मा रहेको कालिका माबी स्कुल ले एक हफ्ता कृकेट परक्षिण कार्यक्रम सुरुवाद गरेको छ। उक्त खेल भने सुदुर पश्चिम प्रदेश कृकेट संघ कि महिला टोलि प्रशिक्षिक जानकी भट्ट ले प्रशिक्षिण दिदै छन । भन सायक प्रशिक्षक केशब सापकोटा ले सहकार्य गर्दै छन रास्ट्र को लागि स्वास्थ लागि अनि भबिस्य को लागि खेल भन्ने मुल नाराका साथ कालिका माबी व्यवस्थापन समिति र कैलाली जिल्ला कृक्रेट सघ को सहकार्य मा उक्त प्रशिक्षण कार्यक्रम गरेको कालिका माबी व्यबस्थापन समिति अध्यक्ष दिनेश खड्का ले बताएका । सो खेल लाई सफल पार्न स्थानीय सरकार का प्रतिनिधि वडा सदस्य बलराम सापकोटा त्रिबेणि सामुदायिक बन का अध्यक्ष प्रकाश साउद बडिमालिका सामुदायिक बन का अध्यक्ष डिल्ली पाण्डे र खेल प्रेमी अमित चन्द बिनोद श्रेष्ठ भिम साउद नरेन्द्र वोहरा लगायत को उपस्थिति मा उक्त कार्यक्रम को सुरुवाद भएक...
बझाङ उपनिर्वाचन : एकीकृत समाजवादीका दुई धार

बझाङ उपनिर्वाचन : एकीकृत समाजवादीका दुई धार

बझाङ, राजनीति, सुदूरपश्चिम
धनगढी : बझाङमा भोली हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनको बिषयलाई लिएर एकिकृत समाजवादी दुई धारमा विभाजित भएको छ । समाजवादीमा एमालेलाई सहयोग गर्ने र नगर्ने भन्ने बिषयमा दुई धारमा विभाजित भएको हो । वैशाख १५ (भोली) हुने उपनिर्वाचनमा एकपक्षले एमालेलाई सहयोग गर्ने आन्तरिक सहमति गरेको छ भने अर्को पक्ष त्यसको विरुद्धमा देखीएको छ । स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी पक्षले एमालेलाई मतदान गर्ने सहमति गरेको छ । निर्वाचनमा मत विभाजन हुदाँ एमाले समाजवादी दुवैले हार्ने र तेस्रो पक्षले जित्ने आकलन गरेपछि जोशी पक्षले एमालेलाई सर्मथन गर्ने सहमति गरेको स्रोतको दाबि छ । बझाङको उपनिर्वाचन सुदूरपश्चिम प्रदेश सरकार गठनमा निणार्यक देखीएपछि एमाले र समाजवादी दुवैले हारे मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत पाउन कठिनाई हुने देखेपछि जोशी पक्षले एमाले उम्मेदवा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज