Advertisement

“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

Advertisement

तीन वर्ष नपुग्दै बुबालाई गुमाएका देवीदत्त कँडेलको संघर्ष धर्तीमा टेकेदेखि नै सुरु भयो । उनले जन्मदिने बुबाको मुहारसम्म पनि सम्झने गरी देख्न पाएनन् । उनलाई गरिबीले च्याप्नु च्याप्यो । अभावले थिच्यो । गरिबी र अभावकै बीच जेनतेन उनको दैनिकी चलिरहेको थियो । बुबा गुमाउनुको पीडा बिर्सन नपाउँदै कँडेललाई अर्को बज्रपात आइलाग्यो ।


कुरो २०३९ सालतिरको हो । ७ कक्षामा अध्ययनरत रहँदै गर्दा उनी धेरै पढ्ने र देशमै केही गर्ने सपनाहरू सजाउँदै थिए । तर, दैवको लीला १४ वर्षको कलिलो उमेरमै उनले आफ्नो बायाँ हात गुमाउनुपर्‍यो ।


रुखबाट लडेर हात भाँचिएपछि उपचारका लागि उनले धेरै सास्ती खेपे । यातायात र आवश्यक खर्चको जोहो समयमै नहुँदा कँडेलको उपचारमा विलम्ब हुन पुग्यो । फलतः उनले आफ्नो हात सदाका लागी गुमाउनुपर्‍यो ।
बुबा गुमाएर बैसाखी गुमाएको जस्तै भएको उनको परिवार थप समस्यामा पर्‍यो । उनका कलिला सपनाहरू निमोठिए । उनीसँगै उनका परिवारको आशामा तुवाँलो लाग्यो । आर्थिक अवस्था झनझन नाजुक हुँदै गयो ।
पढ्ने लेख्ने सपना नै रोकिन थालेपछि २०५१ सालमा उनले बासुलिङ सुगर मिलमा मजदुरीको काम थाले । गौरीगंगा नदीबाट सुगर मिलमा दिनभर गिट्टी र बालुवा अनलोड गरेरै उनको दैनिकी बित्थ्यो । केही समय बालुवामा नङ्ग्रा खियाएर ६० हजार रुपैयाँ जति बचत गरेको उनलाई सम्झना छ । त्यो जीवनकै पहिलो कमाइ थियो । जे होस् सानो पुँजी संकलन भयो । उनले सानैबाट लगानी सुरु गरे ।


कँडेलले पसिना बेचेर कमाएको रकमले राजीपुरमा धान गहुँ खरिद गर्ने र बिक्री गर्ने गल्लाको काम सुरु गरे । पानीको थोपा जस्तै गरी बचत संकलन हुँदै गयो । धेरै वर्षदेखिका अभाव र निराशाहरू आशामा परिणत हुन थाले । कामप्रतिको लगाव र धैर्यताका कारण उनको व्यापार फस्टाउँदै गयो । वचनमा इमानदारिता भएकै कारण उनले धेरैको विश्वास जिते ।


विस्तारै दुःखका दिन फेरिँदै गए । संघर्षबाटै हुर्केका उनी समस्यासँग कहिल्यै भागेनन् । बरु जुधे । समाजलाई उनले विश्वास दिए, समाजले उनलाई माया दियो । फलतः कँडेललाई झण्डै डेढ दशक गौरीगंगामा रहेको कालीका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्ने मौका मिल्यो ।


उनै कँडेलले लामो समय बिताएको विद्यालय आज जिल्लाकै उत्कृष्ट र प्रतिष्ठित सरकारी विद्यालयको रुपमा धेरैले चिन्छन् । कालीकाका धेरै उत्पादन देशका विभिन्न क्षेत्रमा उच्च स्तरसम्मै पुगेकोमा उनी गर्व गर्छन ।


शिक्षा विभागबाट सम्मानित
डोटीको बडिकेदार गाउँपालिकामा जन्मिएका कँडेल कुशल व्यवस्थापकको रूपमा शिक्षा विभागबाट सम्मानित भइसकेका छन् । कालिका माध्यमिक विद्यालयको अध्यक्ष हुँदा सुदूरपश्चिममै उत्कृष्ट विद्यालय व्यवस्थापन गरको भन्दै उनी विभागबाट सम्मानित भएका हुन् । जिल्ला शिक्षा समिति र सामुदायिक वन तथा अन्य सामाजिक संस्थाहरूमा उनको लामो अनुभव र ठूलो योगदान छ ।


२०५४ सालताका नै राजनीतिक रूपमा संलग्न रहेका कँडेल ०६४ देखि सक्रिय राजनीतिमा छन् । लामो समयदेखि नेकपा माओवादी केन्द्रको विभिन्न तहमा बसेर उनले कुशल नेतृत्व प्रदान गरेकै कारण पार्टीभित्र र बाहिर उनको लोकप्रियता बढ्दो छ ।


‘निष्ठा र इमान्दारीता मेरो कर्म र धर्म हो,’ कँडेलले भने ‘जीवनमा सिकेका सीप अनुभव र सङ्घर्षबाट आर्जेका सबै उपलब्धि र ज्ञान गाैरीगङ्गा नगरबासिको विकासमा समर्पित गरीरहेकाे छु ।
’उहाँ भन्नू हुन्छ
‘सबैले गर्व गर्नलायक नगर बनाउने मेरो ठूलो सपना छ ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज