Advertisement

हाम्रो बारेमा

सुर्मा प्रवास एकता समाजले पहिलो बार्षिक उतसवको उपलक्ष्यमा राष्ट्रीय कलकारहरुको साथमा धमाकेदार सास्कृतिक महोत्सव बनाउने

सुर्मा प्रवास एकता समाजले पहिलो बार्षिक उतसवको उपलक्ष्यमा राष्ट्रीय कलकारहरुको साथमा धमाकेदार सास्कृतिक महोत्सव बनाउने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
बेंगलोर - प्रवास भारतको कर्नाटक राज्यको राजधानी बेंगलोरमा सुर्मा प्रवास एकता समाजले आप्नो संगठन बिस्तारको एक बर्ष पुगेको उपलक्ष्यमा पहिलो बार्षिक उत्सव तथा सास्कृतिक महोत्सव बनाउने भयको छ। उक्त सास्कृतिक महोत्सवमा नेपालबाट चर्चित-चर्चित राष्ट्रीय कलाकारहरु आउने भयका छन। लोक प्रिय दोहोरी गायक रामजी खांड , सुदुरपश्चिमका चर्चित लोक तथा देउडा गायक उमाशंकर जोशी, सुमधुर स्वर कि धनि गायिका लक्ष्मि नेपालीको मुख्य प्रस्तुति रहने सुर्मा प्रवास एकता समाजका सचिव दिपेश दमाई ( बाहुबली कायाकैरन ) ले बताएका छन। साथै अन्य स्थानीय कलाकारहरु गायक तथा सर्जक हिमाल बोहरा, गायक तथा सर्जक गजेन्द्र परियार, गायक बिशाल संगित सोनी, गायक राजेश बिक बिरही, गायिका पबित्रा रोकाया, डान्सर सावित्री भाट, डान्सर सावित्रा बिश्वकर्मा, डान्सर किरण स्नेही को बेजोड प्रस्तुति रहेने छ। उक्त कार्यक्रम जयनगर मा रहेको...
कैलालीमा अवैध हतियारसहित तीन जना पक्राउ

कैलालीमा अवैध हतियारसहित तीन जना पक्राउ

समाचार
कैलाली, माघ २२ – जिल्ला प्रहरी कार्यालय कैलालीले दुई नाल भरुवा बन्दुक र फलामे चक्कु सहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली, र अस्थायी प्रहरी चौकी गोदावरीको संयुक्त टोलीले धनगढी उप-महानगरपालिका–८, १५ र ७ का विभिन्न स्थानबाट ती अभियुक्तहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमध्ये एक जना भारतको लखिमपुर, उत्तर प्रदेश निवासी रहेको प्रहरीले जनाएको छ। उनीसँगै धनगढी उप-महानगरपालिका–८ का एक जना र वडा नं. ७ का अर्को एक जना पक्राउ परेका छन्। उनीहरूको साथबाट दुई नाल भरुवा बन्दुक, दुई थान फलामे चक्कु, १२ बोरको शिकार गोली, र अन्य अवैध सामग्री बरामद गरिएको छ। प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको...
कैलालीमा ८ लाखभन्दा बढीको अवैध भन्सार छलीको सामान बरामद

कैलालीमा ८ लाखभन्दा बढीको अवैध भन्सार छलीको सामान बरामद

समाचार
कैलाली, माघ २२ – जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न स्थानबाट करिब ८ लाख २३ हजार रुपैयाँ बराबरको अवैध भन्सार छलीको सामान बरामद गरेको छ। प्रहरीका अनुसार, माघ २१ गते राति ११:०० बजे इलाका प्रहरी कार्यालय भासु चौकीका प्रमुख वरिष्ठ नायब निरीक्षक केसवर पन्तको नेतृत्वमा गएको टोलीले गौरीगंगा नगरपालिका-२ आर्याटोल स्थित क्षेत्रमा शंका लागि चेकजाँच गर्दा ५ लाख ७५ हजार ८०० रुपैयाँ बराबरको अवैध मोबाइल सेट बरामद गरेको छ। बरामद गरिएका मोबाइलमा iPhone 11 (४ थान), iPhone XR (२ थान), iPhone 11 Pro (४ थान), iPhone 7 (२ थान) र iPhone केबल (१ थान) रहेका छन्। यस्तै, प्रहरीले धनगढी-जुलानी सडकखण्डमा नियमित चेकजाँचको क्रममा विभिन्न खाद्य पदार्थ, प्रेस कुटका सामग्री, ओठमा लगाउने सौन्दर्य सामग्री तथा अन्य साइकलका पार्टपूर्जा बरामद गरेको छ। यी सामानहरूको मूल्य १ लाख ५६ हजार ५७० रुपैयाँ रहेको छ। त्यसैगरी, भजनी ...
बझाङमा सात दिने कबड्डी रेफ्री तालिम सुरु

बझाङमा सात दिने कबड्डी रेफ्री तालिम सुरु

समाचार
  बझाङ, माघ २१ – बझाङ जिल्लामा कबड्डीसम्बन्धी सात दिने रेफ्री तालिम सञ्चालन गरिएको छ। जिल्ला खेलकुद विकास समिति बझाङको आयोजनामा सदरमुकाम चैनपुरस्थित समन्वय समिति सभाहलमा तालिम आजदेखि माघ २७ गतेसम्म चल्ने छ। तालिम उद्घाटन केदास्यु गाउँपालिका अध्यक्ष गणेश बोहराले पानसमा बत्ती बालेर गर्नुभएको थियो। उहाँले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार कुनै कमजोरी नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, खेलकुद क्षेत्रलाई अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनुभयो। कार्यक्रम जिल्ला खेलकुद विकास समिति अध्यक्ष पुष्पलाल रोकाया ज्वालाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केदास्यु गाउँपालिका अध्यक्ष गणेश बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, अन्तर्राष्ट्रिय रेफ्री रमेश चन्द ओझा लगायत प्रशिक्षक तथा खेलप्रेमीहरूको उपस्थिति थियो। जिल्ला खेलकुद विकास सम...
गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षण जरुरीः प्रदेश प्रमुख भट्ट

गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षण जरुरीः प्रदेश प्रमुख भट्ट

समाचार
पोखरा, २१ माघ ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षणको जरुरी रहेको बताउनुभएको छ । श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखराको आठौं वार्षिकोत्सवमा प्रमुख अतिथि भट्टले मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत नै गुरुकुल भएकाले यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व भएको उल्लेख गर्नुभयो । ‘गुरुकुल  आशाका केन्द्र हुुन्। भरोसाका दृढ विश्वास हुुन्। संस्कार सिकाउने कर्मस्थल हुन्। गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्र रुपमा बुझ्नुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो – ‘ पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट झनै टाढा बन्दै गएका छन् । प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि हामीले विस्तारै हाम्रा अमूल्य निधिलाई बिर्संदै गइरहेका छौं।’ आजको शिक्षा नीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्क...
वसन्त पञ्चमी: विद्या, चेतना र आध्यात्मिक उन्नयनको महामहोत्सव

वसन्त पञ्चमी: विद्या, चेतना र आध्यात्मिक उन्नयनको महामहोत्सव

ट्रेन्डिङ, ताजा अपडेट, विचार
नेपालको समृद्ध सांस्कृतिक जगतमा वसन्त पञ्चमी एक विशिष्ट एवं गहन आध्यात्मिक महत्व बोकेको पर्व हो । माघ शुक्ल पञ्चमी का दिन उल्लासपूर्वक मनाइने यस दिव्य अवसरलाई श्रीपञ्चमी, सरस्वती जयन्ती, वा वाग्देवी व्रत का नामले समेत सम्बोधन गरिन्छ । मानव सभ्यताको उन्नति, चेतना र बौद्धिक प्रगतिको संवाहक मानिने विद्या, वाणी, बुद्धि एवं कलाकी अधिष्ठात्री देवी सरस्वती को महिमामय आराधना गरिने यस पावन पर्वमा विशेषतः विद्यार्थी, शिक्षक, साहित्यकार, संगीतकार, कलाकार तथा विद्वत्प्रेमी जनमानस श्रद्धा एवं भक्तिभावसहित संलग्न रहन्छन् । वसन्त पञ्चमी ज्ञानको ज्योतिस्वरूपा देवी सरस्वतीको दिव्य आराधनासँग सम्बन्धित छ । यस अवसरमा शैक्षिक संस्थानहरूमा सरस्वतीको दिव्य प्रतिमा वा तस्बिरलाई वैदिक विधिपूर्वक पूजन गरिन्छ । शास्त्रीय मान्यताअनुसार, सरस्वतीको कृपाले मूर्ख पण्डित, अबोध विद्वान, र असभ्य सभ्यतातर्फ उन्मुख हुन्छन्। य...
‘एयरटेल’मा आएको समस्याले इन्टरनेट सेवा प्रभावित

‘एयरटेल’मा आएको समस्याले इन्टरनेट सेवा प्रभावित

समाचार
काठमाडौँ —काठमाडौं उपत्यका लगायत क्षेत्रमा आइतबार अपराह्नदेखि इन्टरनेट सेवा प्रभावित भएको छ । विभिन्न सेवा प्रदायकको इन्टरनेट कनेक्टिभिटीमा समस्या देखिएको हो । नेपाल टेलिकम, एनसेल, वर्ल्डलिंक, भायानेट, डिसहोम लगायत फाइबर इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको कनेक्टिभिटीमा इन्टरनेट नचल्ने, ढिलो हुने, बारम्बार 'डिस्कनेक्ट' हुने जस्ता समस्या देखिएको गुनासो प्रयोगकर्ताहरूले गरिरहेका छन् । प्रयोगकर्ताहरूले इन्टरनेट नचलेको गुनासो सामाजिक सञ्जालमार्फत पनि गरिरहेका हुन् । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ पठाउने भारतीय कम्पनी 'एयरटेल'को लिंकमा आएको समस्याले गर्दा नेपाली सेवा प्रदायहरूको कनेक्टिभिटीमा असर परेको जानकारी दिए । ‘अहिले इन्टरनेटमा अन्तर्राष्ट्रिय रूपमै समस्या आएको हो कि भन्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘हाम्रा प्राविधिकहरू समाधानका लागि...
पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुर पश्चिममा लाल बहादुर बोहरा बिजयी बनेका छन

पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुर पश्चिममा लाल बहादुर बोहरा बिजयी बनेका छन

समाचार
नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धन बाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानल बाट बोहरा उम्मेदवार बनेका हुन् । उनले निकटम प्रतिद्वन्दी धन बहादुर चौधरी लाई ९० मतको अन्तरले पछि पार्दै निर्बाचित भएका छन। बोहराले ४१७ मत र चौधरीले ३२७ मत प्राप्त गरेका छन भने कुल जम्मा मत ७४९ मत खसेको थियो। एमाले -कांग्रेस गठबन्धन बाट भुगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवार दिएका बोहरा नेल्टा नेपालका सुदुर पश्चिम् प्रदेश संयोजक हुन । सुदुर पश्चिम् प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका  थिए। बोहराले भूगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा निर्बाचित भएपछि आफ्नो प्राथमिकता पशु स्वास्थ तथा पशु सेवा ब्यवसायलाई कानुनी मान्यताका लागि ब्यवस्थित,मर्यादित र गुणस्तरीय बनाउन रहने,एक गाउँ एक प्राबिधिक तथा तिनै तहमा करार सेवामा कार्यरत पशु सेवा प्राबिधिकहरुको निरन्तरता र दिगो रूपम...
अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुल्यो

अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुल्यो

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, शिक्षा
देशका 77 जिल्लामै न्युनतम शुल्कमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता एजुकेसन् फाउन्डेसन काठमाडौं द्वारा संचालित समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुलेको छ ।  सम्पुर्ण कक्षामा समान तथा न्युनतम शुल्कमा नर्सरी देखी कक्षा ७ सम्म अध्यापन गराउदै आएको समता स्कुल कैलालीले  सरस्वती पुजाको पावन अवसरमा अक्षरारम्भ कार्यक्रम सहित (play group) मा तथा सोही दिन कक्षा ७ सम्म शैक्षिकसत्र २०८२ का लागी समेत प्रि. रजिस्ट्रेसन पनि नि:शुल्क खुलाएको सम्पुर्णमा सहर्ष जानकारी गराउदछौ।         विशेषताहरु:- 🔘 सम्पूर्ण कक्षामा न्यूनतम शुल्कमा पठनपाठन गराउने नेपालको एकमात्र बिद्यालय। 🔘World Books of Records मा नाम बिश्वकै न्यूनतम समान  शुल्कमा पढाउने बिद्यालयको रेकर्ड राख्न सफल ।           🔘 देशका ७७ जिल्ला सहित भारत, म्यानमार, श्रीलंका र  बंगलादेशमा समेत संचालनमा...
सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ

समाचार
डोटी – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको बताएका छन्। शुक्रवार डोटीमा आयोजित बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको धनी क्षेत्र भएको उल्लेख गरे। उनले भने, “सांस्कृतिक रूपमा धनी सुदूरपश्चिम अतिथिका लागि सम्मान गर्ने संस्कारले पनि भरिपूर्ण छ। यो भौगोलिक रूपमा हिमाल, पहाड, तराई समेटिएको अनुपम क्षेत्र हो।” प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम आउनुअघि आफूलाई “अप्ठ्यारोमा पार्लान्, ख्याल गर्नु होला” भनेर सतर्क गराएको प्रसंग सुनाउँदै भने, “यहाँ त अप्ठ्यारो पार्ने होइन, माया र सम्मान गर्ने मन भएका मानिसहरू बस्दा रहेछन्।” उनले सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई राज्यले अझै पूर्ण रूपमा नचिनाएको टिप्पणी गरे। “कस्तुरीले आफ्नो शरीरमा रहेको बिनाको सुगन्ध थाहा नपाएझैं, ...
नेकपा एमाले कैलालीमा युवा नेता किशोर शाहलाई बेवास्ता गरिएको भन्दै कार्यकर्ताहरू आक्रोशित

नेकपा एमाले कैलालीमा युवा नेता किशोर शाहलाई बेवास्ता गरिएको भन्दै कार्यकर्ताहरू आक्रोशित

समाचार
धनगढी – नेकपा एमाले कैलाली जिल्ला कमिटीमा युवा विद्यार्थी नेता किशोर शाहलाई जिम्मेवारी नदिइएको भन्दै युवा तथा विद्यार्थी कार्यकर्ताहरू आक्रोशित भएका छन्। धनगढीका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा शाहलाई उपेक्षा गरिएको गुनासो गर्दै पार्टी नेतृत्वमाथि सौतेलो व्यवहार गरेको आरोप लगाएका छन्। गुनासो पोख्नेहरूमा अनेरास्ववियुका नेतादेखि एमाले उपमहानगर कमिटीका पदाधिकारीहरू सम्मिलित छन्। उनीहरूले शाह विगत १६ वर्षदेखि पार्टी र समाज सेवामा सक्रिय रहे पनि नेतृत्वले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन्। संगठन निर्माणमा उनको महत्वपूर्ण भूमिका रहेकाले जिल्ला कमिटी सदस्यमा मनोनित नगर्दा कार्यकर्ताहरू असन्तुष्ट बनेका छन्। शाहको योगदान उपेक्षित? अनेरास्ववियु कैलालीका अध्यक्षका रूपमा शाहले संगठनलाई जिल्लाभर स्ववियु चुनावमा पहिलो स्थानमा पुर्याएका थिए। आठौं जिल्ला अधिवेशनमा अत्यधिक मत ल्याएर जिल्ला कमिटी स...
प्रदेश प्रमुख भट्टद्वारा सोनाम ल्होसारको शुभकामना

प्रदेश प्रमुख भट्टद्वारा सोनाम ल्होसारको शुभकामना

समाचार
पोखरा, १७ माघ – तामाङ समुदायको महान् पर्व २८६१ औं सोनाम ल्होसार को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट ले शुभकामना सन्देश दिनुभएको छ। प्रदेश प्रमुख भट्टले सोनाम ल्होसारलाई आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्व भन्दै यसले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुभयो। शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु।” साथै, उहाँले यो पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि उर्जा प्रदान गरोस्भन्ने कामना गर्नुभएको छ। तामाङ समुद...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज