Advertisement

हाम्रो बारेमा

बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नरेश बिष्ट बझाङ- बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद, बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ केदारस्यूँ गाउँपालिका ९ झोतामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको हो । जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहनुभएको थियो। प्रतियोगिता उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नं १ का प्रदेशसभा सदस्य दमन बहादुर भण्डारी रहनुभएको थियोे । कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुख , वडाध्यक्ष, विभिन्न सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यस्तै, १२ वटै पालिकाबाट सहभागी विद...
दुर्गाथलि ५ मा  ४५ दिने सिलाई कटाई स्तरउन्नती तालिम सुरु, २५ जना महिला सहभागी

दुर्गाथलि ५ मा ४५ दिने सिलाई कटाई स्तरउन्नती तालिम सुरु, २५ जना महिला सहभागी

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथली गाउँपालिका ५ मा ४५ दिने सिलाई कटाई स्तरउन्नती तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुरकाे आयाेजनामा दुर्गाथली गाउँपालिका- ५ का महिलाहरुलाईका लागि उक्त तालिम सञ्चालन गरिएको हाे । आइतबार आजदेखि सो कार्यालयका बरिष्ठ सहजर्कता दशरथ जप्रेलकाे अध्यक्षतामा सञ्चालन भएको तालिममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बाेहरा प्रमुख रहनु भएको थियाे । उक्त तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको छ । महिलाहरूलाई चुलोचौकोबाट बाहिरी ल्याएर स्वरोजगार तर्फ जोड्न तथा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको हो ।...
बान्नीकी चैतलीको अवसरमा बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने

बान्नीकी चैतलीको अवसरमा बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने

Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सुदूरपश्चिमको धार्मिक तथा ऐतिहासिक चर्चित बान्नीकी चैतली मेलाको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ मा लाग्ने उक्त मेलाको अवसरमा आदर्श युवा क्लब बान्नीकोटले बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार ६२० र द्वितीय टिमले ३५ हजार ६२० प्राप्त गर्नेछन् । टिम दर्ता समय २७ गते १२ बजेसम्म रहेको छ, भने खेल सोही दिन १ बजेबाट सुरु हुनेछ । टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ। उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि विशेष पुरस्कार प्रदान गरिने क्रिकेट संयोजक हिक्मत बोहराले जानकारी दिए । छ। टिम दर्ता गर्दा आफू बडामा बसोबास गरेको प्रमाण खुल्ने कागज अनिवार्य पेस गर्नुपर्नेछ। बान्नीकी चैतली मेलाको किंवदन्ती यो मेला हरेक वर्ष चैत शुक्ल त्रयोदशीका दिन बान्निकोटमा लाग्न...
सगरमाथा चढ्नका लागि ७७ जनाले लिए अनुमति

सगरमाथा चढ्नका लागि ७७ जनाले लिए अनुमति

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाण्डाै– आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ । यसैबीच सगरमाथा आरोहणका लागि बाटो निर्माण भइरहेको छ । खुम्बु आइसफल क्षेत्रमा चार वटा भर्‍याङ र १२ वटा किला ठोकिसकिएको विभागका निर्देशक लीलाधर अवस्थीले बताउनुभयो । दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको बाटो बनाउने काम गरिरहेको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ । दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्...
घोडाघोडी क्याम्सपको स्ववियु सभापतिमा अनेरास्ववियुका अशोक गौतम

घोडाघोडी क्याम्सपको स्ववियु सभापतिमा अनेरास्ववियुका अशोक गौतम

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन्। क्याम्पसले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार गौतमले ६७० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)का गणेश भण्डारीले ४२८ मत प्राप्त गरे। शनिबार सम्पन्न निर्वाचनमा भण्डारी नेतृत्वको प्यानलले अखिल क्रान्तिकारीसहित अन्य तीन विद्यार्थी संगठनको संयुक्त प्यानल बनाएको थियो। उक्त संयुक्त प्यानलविरुद्ध अनेरास्ववियुका गौतम नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतको समर्थनमा उम्मेदवार बनेका थिए। त्यस्तै अनेरास्ववियुका यामबहादुर खत्रीले छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। सचिव पदमा नेविसंघका प्रविण भण्डारी ५५५ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियु (एकीकृत समाजवादी निकट) का भुवनराज जैसीले ४९० मत प्राप्त गरे।...
शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा

शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा

Breaking News 3, शिक्षा, समाचार
काठमाडौँ- नेपाल शिक्षक महासंघले चैत २५ गतेदेखि देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरेको छ। शिक्षा ऐन शिक्षक–कर्मचारीमैत्री बनाउन माग गर्दै महासंघले आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि सबै विद्यालय बन्द गर्ने निर्णय लिएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक तथा कर्मचारीहरूलाई काठमाडौंमा हुने शैक्षिक सडक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेका छन्। शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा रहेको छ। सरकारसँगको औपचारिक संवाद असफल भएपछि महासंघले आन्दोलनलाई थप तीव्र बनाउँदै हड्तालको घोषणा गरेको हो। हड्तालको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार र शैक्षिक भ्रमण लगायत कुनै पनि कार्यमा संलग्न नहुन महासंघले सबै शिक्षकहरूलाई आग्रह गरेको छ। शिक्षकहरू आन्दोलनमा संलग्न भएकाले एसईईको उत्तरपुस्तिका परीक्षण प्रभावित भई नतिजा प्रकाशितमा ...
बझाङको जयपृथ्वी क्याम्पसबाट सभापतिमा अनेरास्ववियुका तिलकचन्द्रको उम्मेदवारी

बझाङको जयपृथ्वी क्याम्पसबाट सभापतिमा अनेरास्ववियुका तिलकचन्द्रको उम्मेदवारी

Breaking News 3, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको जयपृथ्वी नगरपालिका १० भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) सभापतिका लागि तिलकचन्द्र बोहराले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनितिबाट उदाएका बोहरा सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत आशन्न चैत्र २७ गते हुने स्ववियु चुनावमा अनेरास्ववियुका तर्फबाट सभापतिमा उम्मेदवारी दिएका हुन । उनी अहिले अनेरास्ववियुको जिल्ला कमिटी सदस्य र अनेरास्ववियु जयपृथ्वी बहुमुखी क्याम्पस कमिटी अध्यक्ष समेत हुन् । लामो समयदेखी विधार्थी राजनितिमा होमिएका बोहराले विधार्थीहरुका हकहित र नमुना क्याम्पस बनाउने हेतुले सभापति पदमा उम्मेदवारी दिएका हुन । अहिले जयपृथ्वी बहुमुखी क्याम्पसमा उनको चर्चा चलिरहेको छ । यदि म स्ववियु सभापति भयो भने विद्यार्थीहरूका लागि पढ्दै कमाउदै अभियान सञ्चालन गर्ने , विपन्न आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रावास र छात्र...
बैतडीमा एक महिला मृत फेला

बैतडीमा एक महिला मृत फेला

Breaking News 3, ताजा अपडेट, बैतडी, समाचार
बैतडी- बैतडीमा एक महिला मृत फेला परेकी छन् ।  दशरथचन्द नगरपालिका–१ मुडापकी २७ बर्षीया गोमती चन्द भाट मृत फेला परेकी हुन् । गोमती घर नजिकैको लाहुरेपातल जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । गएराति ९ बजेतिर उनी घरबाट निस्केकी थिइन् । मृतक गोमतीका दुई छोरा रहेका छन् । माइती पक्ष आएपछि मात्रै घटनास्थलको मुचुल्का गरिने प्रहरी निरीक्षक बडूले बताए । घटनाको कारण भने खुल्न सकेको छैन् ।...
कैलालीमा साझेदारी वन कार्यान्वयनपछि स्थानीयले पाए रोजगारी

कैलालीमा साझेदारी वन कार्यान्वयनपछि स्थानीयले पाए रोजगारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन् । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन । गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम गर्नमै व्यस्त छन् । उनी भन्छन्, ‘एक हप्ताभन्दा बढी भयो काठ दाउरा काट्ने काम पाएको छु, दैनिक एक हजार आम्दानी भइरहेको छ ।’ घोडाघोडी–८ का रजुल चौधरी पनि आजभोलि साझेदारी वनको काममै व्यस्त छन् । ‘खाली बसिरहेको थिएँ, अहिले काठदाउरा काट्ने काम गरिरहेको छु,’ उनी भन्छन् । आइते र रजुलजस्तै गौरीगङ्गा साझेदारी वनमा ८० जनाभन्दा बढीले रोजगारी पाएका छन् । काठ काट्नेले दैनिक रु एक हजार आम्दानी गरिरहेका छन् । गौरीगङ्गा–१० का सागर धामी भन्छन्, ‘मासिक तलबमा काम गरे पनि साझेदारी वनको काम सुरु भएपछि दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म तलबबाहेक आम्दानी गरिरहेको छु ।’ दिगो वन व्यवस्थापन गरी राष्ट...
म्यान्मारमा गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या तीन हजार तीन सयभन्दा माथि

म्यान्मारमा गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या तीन हजार तीन सयभन्दा माथि

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
म्यान्मार— म्यान्मारमा ठूलो भूकम्पबाट ज्यान गुमाउनेको संख्या तीन हजार तीन सयभन्दा माथि पुगेको छ । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । तीन हजार तीन सय ५४ जनाको मृत्यु भएको छ । यस्तै चार हजार पाँच सय आठ जना घाइते भएका छन् । बेपत्ता हुनेको सङ्ख्या दुई सय २० पुगेको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ । विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् । संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ । संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्मारको मण्डाले सहरमा पीडितह...
आज गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षा

आज गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षा

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा बदली भएको हो । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा आगामी २४ घण्टामा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको छ । महाशाखाका अनुसार देशका अधिकांश भू-भागहरूमा तापक्रम बढ्दै जाने सम्भावना रहेको, वर्षाको सम्भावना कम रहेको छ । जसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।...
कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर घाटबाट कैलारी गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल चौधरी समेत ३ जनालाई स्पामो प्रोभोन ४० ट्याब्लेट लागूऔषधसहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज