जेनजि कुनै दलको विकल्प होइन, दलभित्रै समेटिनुपर्छ : एमाले नेता महर
सत्यराज सिंह बझाङ, असोज २५
नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जेनजि समूह कुनै राजनीतिक संगठन वा वैचारिक समूह नभएको बताएका छन् । जेनजि सुन्दर भविष्य बोकेको र वर्तमान समयको जबरजस्त हिस्सेदार एउटा उमेर समुह भए पनि यसको कुनै वैधानिक तथा आधिकारिक नेतृत्व नभएकाे महरले बताए । उनले लोकतन्त्रमा राजनीतिक दलहरूको विकल्प सच्चिएका र रुपान्तरित दलहरू नै हुने भएकाले जेनजिले प्रकट गरेका भावना, विचार र आकांक्षालाई दलहरूले आफ्नो संरचनाभित्र समेट्नुपर्ने बताए हुन् ।
उनले भने, ´राजनीतिक दलहरूले जेनजिको भावना र विचारलाई वैचारिक तथा सांगठनिक रूपमा आत्मसात गर्नुपर्छ ।, पार्टीभित्र जेनजि नेतृत्व स्थापित गर्नुपर्छ । यही सहि बाटो हो ।,`
उनले लोकतान्त्रिक व्यवस्थामा दलहरूको विकल्प खोज्न थाल्दा देश अराजकतातिर धकेलिने र विदेशी शक्तिहरू हावी हुने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ´त्यसरी गए लोकतन्त्र...











