Advertisement

हाम्रो बारेमा

पाकिस्तानमा निर्वाचन लक्षित विस्फोट : १२ जनाको मृत्यु

समाचार
पाकिस्तान - दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । क्वेटा सहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो । क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, “१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।” “प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,” उनले भने ।   प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको सङ्ख्या पुष्टि गर्दै भने, “यो विस्फोटमा १२ जनाको मृत्यु भएको छ र २५ भन्दा बढी घाइते भएका छन् ।”  निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भन...

कैलालीमा फागुन १९ गतेदेखि गौरीगंगा गोल्ड कप हुने

समाचार
धनगढी - कैलालीको गौरीगंगामा फागुन १९ गतेदेखि गौरीगंगा गोल्ड कप हुने भएको छ ।  आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगंगा११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ । फागुन १९ गते देखी २८ गते सम्म हुने प्रतियोगिताको विजेताले ६ लाख सहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक जनाएको छ । उत्कृष्ट खेलाडीले ५० हजार, प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने जनाइएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता गौरीगंगाको लिक्मा खेलमैदानमा आयोजना हुनेछ ।...

भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक बस्छ : लामिछाने

समाचार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए । सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए । उनले सर्वदलीय बैठक गर्ने प्रस्ताव गरेका विषय यी हुन् : १. आर्थिक शिथिलता, आम नैराष्य र युवा पलायनका लागि युवा केन्द्रित प्रोजेक्ट होपको विषय । २. सुशासन र भ्रष्टाचार नियन्त्रण । ३. रुग्ण भौतिक पूर्वाधार आयोजनाको व्यवस्थापन । ४. शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको संकट समाधान । ५. परराष्ट्र मामिला । यी...

प्रेम दिवसमा धनगढी आउँदै गायिका समीक्षा अधिकारी

समाचार
धनगढी - चर्चित गायिका समिक्षा अधिकारी प्रेम दिवसको दिन धनगढी आउने भएकी छन्।  धनगढीमा फागुन २ गते प्रेम दिवस अवसरमा आयोजित विशेष कार्यक्रमका लागि उनी धनगढी आउन लागेकी हुन् । प्याट टिम क्लेक्सनको आयोजनामा धनगढीमा रहेको फ्लाटलयाण्ड फुटसलमा हुने उक्त कार्यक्रममा चर्चित गायिका समिक्षा अधिकारी र उमेश मुस्कान आउने भएका छन् ।  उक्त कार्यक्रममा तीन सयको टिकटमा एक जना र पाँच सयको टिकटमा जोडीहरूलाई प्रवेश रहेको आयोजकले जनाएको छ । राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने समेत आयोजकले जनाएको छ । कार्यक्रम फागुन २ गते बेलुका ४ बजे सुरु हुने र कार्यक्रमबाट फाइदा रकमको २० प्रतिशत पशु संरक्षणको लागि खर्च गरिने समेत आयोजकले जनाएको छ ।...

आजको मौसम : सुदूरपश्चिमसहित केही क्षेत्रमा आंशिक बदली 

समाचार
धनगढी - लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी केही ठाउँको मौसम आंशिक बदली रहेको छ ।  अरु बाँकी क्षेत्रको मौसम आज सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकामा हिजोभन्दा चिसोे छ । आज बिहान पाैने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ ।  हिजो न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको अनुमान छ । यस्तै, आज पनि तराईका केही ठाउँमा बिहान पातलो हुस्सु र कुहिरो लागेकाे छ । तर घाम लागेपछि बिस्तारै हट्ने महाशाखाले जनाएको छ ।...

धनगढीमा प्रेमपत्र प्रतियोगिता हुँदै 

समाचार
धनगढी - धनगढीमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ । फागुन २ गतेका दिन भ्यालेन्टाइन दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने भएको हो । मङ्गलवार पत्रकार सम्मेलन गर्दै सुदूर चौतारीले प्रेमपत्र प्रतियोगिता गर्ने जानकारी गराएको हो । आयोजक सुदूर चौतारीले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ ।  प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने, पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ । प्रेमपत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ । आयोजकका अनुसार प्रेमपत्र premchand2075@gmail.com र ह्वाट्सप नम्बर ९८४८९८३८८० मा पठाउन सकिनेछ । प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले माघ २९ गतेभित्र आयोजकलाई इमेल वा ह्वाट्सप मार्फत ...

कैलालीका राहुलको एमबीबीएस शुल्क सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तिरिदिने

समाचार
कैलाली - एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिरिदिने भएको छ ।  यस विषयमा चिकित्सा शिक्षा आयोगलाई भर्नामा सहजीकरण गरिदिन मन्त्रालयले पत्र लेखेको हो ।  चिकित्सा शिक्षा आयोगले लिएको भर्ना हुन पाउने परीक्षामा सफल भएका राहुललाई युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा राखेको थियो ।  सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । उक्त टिचिङ हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कूल शुल्कमा १५ लाख भर्ना हुने समयमा नै बुझाउनु पर्ने भनेपछि राहुलले पैसाको जोहो गर्न नसकेर भर्ना नै छुटेको थियो । विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैँले जोहो गरेर भ...

आज प्रतिनिधिसभा बैठक बस्दै

समाचार
काठमाडौं - सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक  बुधबार बिहान ११ बजे बस्न लागेको हो ।  बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी, बैठकमा नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । त्यस्तै, आजै राष्ट्रियसभा बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभा नियमावली, ...

‘सिसिएस प्लस टु’ कपको उपाधी आयोजकलाई

समाचार
धनगढी - धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।  मंगलबार धनगढी रगंशालामा भएको फाइनल खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुललाई पराजित गर्दै आयोजक ‘सिसिएस प्लस टु’ को बी टिम प्रतियोगिताको बिजेता बनेको हो ।  होलिल्याण्ड सेकेन्ड्री स्कुल लाई पेनाल्टीमा हराउँदै आयोजक प्रतियोगिताको बिजेता बनेको हो । प्रतियोगिताको निर्धारित समयमा दुइटै टिमले गोल गर्न नसकेपछि फाइनल खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा आयोजक ‘सिसिएस प्लस टु’ बी ले होलिल्याण्ड सेकेन्ड्री स्कुललाई ४–३ गोल अन्तरले पराजित गर्न सफल भयो । यस संगै प्रतियोगिताको उपाधी जित्न सफल आयोजक ‘सिसिएस प्लस टु’ बी ले ६५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गरेको छ भने, उप बिजेतामा चित्त बुझाएको होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरियाले ३५ हजार नगद सहित ट्रफी, मेडल सहित प्रमाण...

दु:खमा सहारा बनिरहनुभएकी प्रेरणादायी महिला सावित्री

समाचार
यो पितृसत्तात्मक समाजमा महिलाले पनि महान काम गर्न सक्छन् भन्ने एक गतिलो उदाहरण हुनुहुन्छ समाजसेवी सावित्री अधिकारी ।  समाजमा महिला पुरुषबीचको विभेदका बाबजुद पनि भोक, निन्द्रा र थकानलाई बिर्सिएर समाजसेवामा अहोरात्र खटिने सावित्री यही समाजमा खेल्दै, पढ्दै हुर्किनुभएकी एक नारी हुनुहुन्छ । सम्पन्न परिवारमा जीवनयापन गरेर पनि प्रत्येक नेपालीको सहारा बनिरहनुभएकी उहाँले विदेशमा अलपत्र परेका व्यक्ति र शवहरुलाई सम्बन्धित ठाउँसम्म पुर्याउन अहोरात्र खटिरहने गर्नुहुन्छ । राज्यको उच्च अहोदा, देशको कार्यकारी प्रधानमन्त्रीको सचिवालयमा बसेर थुप्रै काम गरि सक्नुभएकी उहाँलाई समाजसेवा गर्दा, अरुको दुखमा सहारा बन्न पाउँदा खुशी मिल्ने गरेको छ । पछिल्लो चरणमा विदेशमा बेचिएकी थुप्रै नेपाली चेलीको उद्धार  गरेर नेपाल ल्याएर परिवारको जिम्मा लगाउने, इजरायलमा भएको घटनाका भएका मृत शवलाई उहाँले सम्...
बझाङको खप्तडछान्नाकाे १४ औं गाउँसभामा – बिपतकाेष दान पेटीकाे उद्घाटन

बझाङको खप्तडछान्नाकाे १४ औं गाउँसभामा – बिपतकाेष दान पेटीकाे उद्घाटन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङकाे खप्तडछान्ना गाउँपालिकामा आई पर्ने आपत विपत प्रयाेजनका लागि खर्च गर्न गाउँपालिकाले बिपत काेष दानपेटीकाकाे उद्घाटन गरिएकाे छ । माघ २३ गते गाउँपालिकाकाे १४ औं गाउँसभाकाे उद्घाटन समाराेहमा गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राेकायाले दान पेटीकाकाे शुभारम्भ गरिएकाे हाे । खप्तडछान्ना गाउँपालिकामा हालै सरूवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले गाउँपालिकाकाे बिपत काेषमा कुनै रकम नभएकाे जानकारी पाए पछि नयाँ कामकाे थालनी गर्न बिपत काेष दान पेटीकाकाे सुरूवात गर्नु भएकाे गाउँपालीका स्राेतले बताएको छ । गाउँसभामा शुभारम्भ गरिएकाे दानपेटीकाकाे पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत वडाअध्यक्षहरू,गाउँसभा सदस्य,कर्मचारीहरूले आफ्नाे गक्षअनुसारले दान पेटीकामा नगद रूपैया दान गरेका थिए ।गाउँपालिकाकाे सभाहलमा राखिने दानपेटीकामा अवकाे प्रान्त कुनै पनि सभा...
बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

बझाङ, मुख्य समाचार
हिटडुल गर्न, आफै खान सक्दैन । व्हील चियरको सहायता पर्छ । कम्मर मुनिको भाग चल्दैन । कम्मरमा घाउ परेको छ । नसा च्यापिएको छ । उपचारका लागि धेरै अस्पताल धाउदा धाउदै । भारतमा रोजगारी गरेर कमाएको र आफन्त बाट ऋण मागेको भएजतिको सबै खर्च सकियोे । अहिले पनि उपचार भइरहेको छ । अब सहयोग माग्ने ठाउँ पनि कहि कतै बाँकी छैन । आफन्त ईष्टमित्र सबै बाट सानोतिनो सहयोग मागि सके । सबैसंग हारगुहार गरी सके । आफन्तहरुले पनि सक्दो सहयोग गरी सकेका छन् । अब सहयोग माग्ने ठाउँ पनि बाँकी छैन । सम्पती विक्री गरेर छोराको उपचार गराउने हो भने उनि संग सम्पतीको नाममा पाखो जमिन बाहेक अरु केही पनि छैन । भारतमा रोजगारी गरेर छोरा छोरी श्रीमती र आमाको स्याहार गर्दै आएका उनी संगै सम्पती के नै हुन्थ्यो र ? छोराको मुख हेर्दा हेर्दै कतिबेला भक्कानिएर रुन्छन् । छोराको छटपटाहट देख्न सक्दैनन् । उनलाई डाक्टरले पनि अप्रेशन गर्न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज