अब औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेस कोड अनिवार्य
नेपाल फार्मेसी परिषद्ले औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेसकोड अनिवार्य गर्ने निर्णय गरेको छ । परिषद्ले मंगलबार यस सम्वन्धि निर्णय गर्दै त्यसको कार्यान्वयन एक महिना पछि (४ पुस २०८१ देखि) हुने बताएको छ ।
‘अब कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले तोकिएको ड्रेस लगाउनु पर्नेछ । ड्रेस विना औषधि पसलमा बसेर काम गरेको पाइए कानून अनुसार कार्वाही गरिनेछ,’ परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले भने ।
उनले औषधि पसलहरुमा फर्मासिस्ट र फार्मेसी सहायकहरुकै उपस्थिति होउन भनेर यस्तो व्यवस्था गर्न लागिएको बताए ।
ड्रेसकोड कस्तो ?
परिषद्का अनुसार अब फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम पद र परिषद् दर्ता न...





![नेपाल प्रिमियर लिग : पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने [खेलतालिकासहित]](https://kamanatoday.com/wp-content/uploads/2024/11/Screenshot_2024-11-19-06-59-53-118_com.android.chrome-edit-780x440.jpg)





