Advertisement

डोटी

डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु

डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु

Breaking News 1, डोटी, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका–४ धौलाकाँडाका २२ वर्षीय भरत कुँवरको विषादी सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका उनलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि सुजङ अस्पताल, राजपुर लगिएको भए पनि उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विषादी सेवनको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात, जनजीवन प्रभावित

Breaking News 1, अछाम, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात भइरहेको छ । बिहीबार रातिदेखि उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेको हो । लामो समयसम्म खडेरीको सामना गरिरहेका सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, बैतडीका स्थानीय वर्षापछि खुसी भएका छन् । बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । साइपालको धुली, काँडा लगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । यस्तै खप्तड राष्ट्रिय निकुञ्जमा पनि बाक्लो हिउँ जमेको छ । निकुञ्ज कार्यालयका गेम स्काउट दिनेश खड्काले हिजो साँझबाट नै खप्तडमा हिमपात सुरु भएको र कुनैकुनै ठाउँमा दुई फिट हाराहारी हिउँ जमिसकेको बताए । यस्तै बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्...
बझाङ र डोटीमा भूकम्प गएको लामो समयपछि पीडित परिवारको क्षति आङ्कलन गर्ने तयारी

बझाङ र डोटीमा भूकम्प गएको लामो समयपछि पीडित परिवारको क्षति आङ्कलन गर्ने तयारी

Breaking News 2, डोटी, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ र डोटीमा भूकम्प गएको लामो समयपछि पीडित परिवारको क्षति आङ्कलन गरिने भएको छ । भूकम्प गएको बझाङमा एक वर्षपछि र डोटीमा दुई वर्षपछि पीडित परिवारको क्षति आङ्कलन गरिन लागेको हो । बिहीबार गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औँ बैठकले बझाङ, डोटी सहित जाजरकोटमा भूकम्पपछिको क्षति आङ्कलन, पुनर्निर्माण र पुनस्र्थापनालाई तीव्रता दिने निर्णय गरेको छ । डोटीमा २०७९ कात्तिक, बझाङमा २०८० असोज र जाजरकोटमा २०८० कार्तिकमा भूकम्प गएको थियो । भूकम्प गएको लामो समय बितिसक्दा पनि यी क्षेत्रमा अहिले सम्म भूकम्पको क्षति आङ्कलन समेत गरिएको छैन । बिहीबार गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकले बझाङ र डोटी र जाजरकोटमा भूकम्पपछिको क्षति आङ्कलन, पुनर्निर्माण र पुनस्र्थापनालाई तीव्रता दिने निर्णय गरेको छ । गृहमन्त्री लेखकले भूकम्पपछिको पुनर्नि...
नेकपा एमालेका युवा नेता उपेन्द्र बम: राजनीतिक सफलताको प्रेरणादायी यात्रा

नेकपा एमालेका युवा नेता उपेन्द्र बम: राजनीतिक सफलताको प्रेरणादायी यात्रा

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  कैलाली : डोटी जिल्लाका युवा नेता उपेन्द्र बमले सानै उमेरमा राजनीतिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो पहिचान स्थापित गरेका छन्। नेकपा एमालेको वडा कमिटीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बमले पालिका कमिटी, जिल्ला कमिटी हुँदै पार्टीको भातृ संगठनको प्रदेश सदस्यको जिम्मेवारी पूरा गरेका छन्। हाल नेपाल पर्यटन बोर्डको केन्द्रीय सदस्यमा मनोनित हुँदै उनले आफ्नो नेतृत्व क्षमताको प्रमाण दिएका छन्। राजनीतिक यात्रा र योगदान उपेन्द्र बमको राजनीतिक यात्रा केवल व्यक्तिगत प्रगतिमा सीमित छैन; यो समाजको सेवा र परिवर्तनको चाहनामा आधारित छ। बोगटान फुड्सिल गाउँपालिका वडा नं. २, चाल्समा जन्मिएका बमले गाउँस्तरबाट राजनीतिमा प्रवेश गरे। उनी समाजसेवीको रूपमा समेत परिचित छन्। उनले स्थानीय स्तरमा विभिन्न सामाजिक परियोजनाहरूमा संलग्न रहँदै गरिब, पिछडिएका र सीमान्तकृत समुदायको हितका लागि काम...
कोदालो प्रहार गरि भाईले दाईको हत्या गरेपछि

कोदालो प्रहार गरि भाईले दाईको हत्या गरेपछि

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
इको हत्या गरेका छन् । जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षिय नर बहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले टाउँकोमा कोदालो प्रहार गरि ६५ वर्षिय दाई गणेश बहादुर जोराको हत्या गरेका हुन् । घरायसी बिवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो । नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, डोटी, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
डोटि: डोटिको शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहले कामना टेलिभिजनमा प्रकाशित समाचारको खण्डन गर्दै प्रतिकारमा उत्रीएका छन् । कामना टेलिभिजनले गत भदौ १० गते स्थानीय संग सरोकार कार्यक्रमद्वारा ´डोटीको शिखर नगरपालिका का वडाअध्यक्ष को रजगज , वडावासी भन्छन "चुनाव जितेपछि वडाअध्यक्ष को वडा कार्यलयमा मुख हेर्न पाएको छैनौ वडामा कुनै काम पर्यो कि वडाअध्यक्ष को घर जान पर्छ कि नगरपालिका । " वडा कार्यालयमा नत वडाअध्यक्ष हुन्छन नत कर्मचारी नै हरिबिजोक ।` शिर्षकमा प्रशारण गरिएको समाचारको प्रतिकार गरेका हुन् । वडाध्यक्ष सिंहले कामना टेलिभिजन बाट प्रशारित उक्त भिडियोलाई र आफूमाथी लागेका आरोपलाई कमजोर बनाउन आफू निकटका व्यक्तीद्वारा सामाजिक संजालमा कामना टेलिभिजनका पत्रकारले आफ्ना विपक्षीद्वारा तेह्र लाख घुस खाएर समाचार लेख्को समेत आरोप लगाएका छन । को हुन् वडाध्यक्ष धिर्क बहादुर ...
भालुको आक्रमणबाट डोटीमा एकजना घाइते

भालुको आक्रमणबाट डोटीमा एकजना घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
भदौ ११, सिलगढी । डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको पूर्विचौकी गाउँपालिका–७ गजडामा भालुको आक्रमणबाट ५५ वर्षीय पदम बहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार बिहान ८ बजेतिर घर अगाडी घाँस काटिरहेको समयमा साउद माथि भालुले आक्रमण गरेको हो । साउदको बायाँ कान, बायाँ हात, र दाहिने खुट्टामा घाउ लागेको र न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको जिप्रका डोटीले जानकारी दिएको छ ।...
डोको बुनेर खर्चको जोहो गर्छन् डोटीका शेर र शेरू

डोको बुनेर खर्चको जोहो गर्छन् डोटीका शेर र शेरू

डोटी, दैनिक, मुख्य समाचार, रोजगार, समाचार, सुदूरपश्चिम
डोको बुनेर डोटीका दुई किशोरले अध्ययन गर्नका लागि चाहिने सामानको खर्चको जोहो गर्दै आएका छन्। डोटीको केआईसिंह गाउँपालिका-४ दुर्गामाण्डौँ वायलका शेरू विक र शेर विकले निगालोबाट बन्ने डोको लगायतका सामग्री बनाएर बिक्री गर्दै आएका छन्। उनीहरू दुबै जना सोही ठाउँमा रहेको झिमे मालिका माध्यमिक विद्यालयमा अध्ययनरत छन्। शेरू कक्षा १० र शेर कक्षा ८ मा अध्ययन गरिरहेका छन्। उनीहरू क्रमशस् १६र १५ वर्षका भए। उमेरले कलिलै भए पनि काममा भने दुबै दाजुभाइ पाका देखिन्छन्। बाँस तथा निगालाको चोयाबाट बन्ने डोका, छाप्रा, नाङ्लो तथा गोदा बुन्दै आएका विक दाजुभाइ विद्यालय विदाको दिन निकै व्यस्त हुन्छन्। विद्यालयमा सार्वजनिक बिदा परेको दिन उनीहरू डोका डाला बुन्नमा ब्यस्त हुन्छन्। घरायसी परिस्थिति कमजोर छ, काम नगरी पढ्न सकिने अवस्था छैनझ यो काम गर्न थालेपछि आफूलाई पठनपाठनमा सहज भएको शेरले बताए। उनले आफ्ना बुवाबाट यो...
डोटीको एक घरमा आगलागी

डोटीको एक घरमा आगलागी

डोटी, मुख्य समाचार, सुदूरपश्चिम
डोटीः डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको बडिकेदार गाँउपालिका–२ कोटकेनीका टेकबहादुर मगरको खरले छाएको भान्सा घरमा आगलागी भएको हो चुलोमा बालेको आगोबाट शनिबार बिहान आगलागी हुँदा भान्सा घर र भित्र रहेका भाँडा, अन्न गरि करिब ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो। आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याउने काम भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।...
डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु

डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु

डोटी, मुख्य समाचार, सुदूरपश्चिम
डोटी : डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दीपायल–सिलगढी नगरपालिका– १ तिहा कहरेकुडाका १८ वर्षीय महेश खड्काको नदीमा डुबेर मृत्यु भएको हो। सेती नदीमा नुहाउन गएका उनी शुक्रवार दिउँसो डुबेका हुन। उनी जिल्लाको दीपायल–सिलगढी नगरपालिका–३ बासुधारास्थित सेती नदीमा डुबेका प्रहरीले बताएको छ।...
डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

डोटी, मुख्य समाचार, सुदूरपश्चिम
डोटी : डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका-४ सेलफुङ्गा बस्ने ४१ वर्षीया चन्द्रा देवी भण्डारी सोही ठाउँको पातालीसैन सामुदायिक वनमा सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर उनको मृत्यु भएको हो। बिहीवार दिउँसो सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर गम्भिर घाईते भएकी उनको उपचारको लागि सुजङ अस्पताल राजपुर,डोटी हुदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायणसिं नेगीले बताए। मृतक भण्डारी लगायत २०/२५ जना मानिस सिचाई योजनाको कुलो खनिरहेका थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।...
डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

डोटी, समाचार, सुदूरपश्चिम
डोटी : डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । हिजो बेलुका भीमदत्त राजमार्गअन्तर्गत पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेशको ०१००२ त ६७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सालिन राना मास्के मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कार्यालयका अनुसार ट्र्याक्टरमा २५ जना मजदुर रहेका थिए । जसमा १९ जना घाइते भएका छन् भने अन्य पाँच जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । घाइते भएकाहरुलाई उपचारका लागि कैलालीको धनगढी लगिएको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज