Advertisement

बैतडी

स्कुल बसबाट खसेर एक शिक्षकको मृत्यु

स्कुल बसबाट खसेर एक शिक्षकको मृत्यु

Breaking News 1, ताजा अपडेट, दार्चुला, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी— बैतडीमा स्कुल बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । शनिबार दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत २८ वर्षीय विष्णुराज भट्टको मृत्यु भएको हो। उनी बैतडीको दोगडाकेदार गाउँपालिका–४, कपिन्नाका स्थायी बासिन्दा हुन्। विद्यार्थी भर्ना अभियान अन्तर्गत प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँ जाँदै गरेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६, बाँगाबगरमा बसको ढोकाबाट खस्दा उनी गम्भीर घाइते भएका थिए। गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। घटनापछि बस चालक शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
बैतडीको पाटनमा आज शोक बिदा

बैतडीको पाटनमा आज शोक बिदा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । पाटन नगरपालिकाअन्तर्गत पशुपन्छि सेवा शाखामा कार्यरत कार्यालय सहयोगी मनिराम बिष्टको निधन भएकाले आज शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । बिष्टको चैत २८ गते निधन भएको थियो । आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोकबिदा रहेको नगरपालिकाको सूचनामा उल्लेख गरेको छ ।...
बैतडीको शिवनाथमा चितुवाको आक्रमण, एक महिला घाइते

बैतडीको शिवनाथमा चितुवाको आक्रमण, एक महिला घाइते

Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी— बैतडीको शिवनाथ गाउँपालिका–१ मटेलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। ३९ वर्षीया विन्दरा साउँद मंगलबार दिउँसो १ बजे स्थानीय जंगलमा बाख्रा चराउँदै गर्दा चितुवाले आक्रमण गरेको हो। स्थानीय दशरथ चाडका अनुसार चितुवाले सुरुमा बाख्रामाथि आक्रमण गरेपछि साउँदमाथि झम्टिएको थियो। घटनाका बेला उनीसँगै रहेका अन्य गोठालाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो। आक्रमणबाट साउँदको टाउको, मुख र गर्धनमा चोट लागेको र उनलाई थप उपचारका लागि भारतको लुवाघाट लगिएको चाडले जानकारी दिए। चितुवाको आक्रमणपछि स्थानीयबासी त्रसित बनेका छन्। तल्लो सौराड क्षेत्रमा २०६८ सालदेखि नै बेलाबेला चितुवाले मानिसमाथि आक्रमण गर्ने घटना दोहोरिंदै आएको छ।...
बैतडीको दशरथचन्द नगरपालिकाद्वारा नगर वस सञ्चालनमा

बैतडीको दशरथचन्द नगरपालिकाद्वारा नगर वस सञ्चालनमा

Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले तेश्रो स्थापना दिवस तथा २९ औं वार्षिकोत्सवको अवसर पारेर नगर वस सेवा सञ्चालनमा ल्याएको छ। स्थापना दिवसको अवसरमा चैत २२ गते सरसफाइ कार्यक्रम आयोजना गरिनुका साथै, चैत २४ गते नगर सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो। नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय रहेका थिए। नगर उपप्रमुख कौशिला चन्द, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। यसै अवसरमा केही दिनअघि खरिद गरिएको नगर वस सेवाको विधिवत पूजाआजासहित उद्घाटन गरिएको छ। नगर वसलाई गढी क्षेत्रबाट सुरु गरी वडा नं. १ मुस्याचोर, वडा नं. ९ र ११ को सिमानासम्म संचालन गरिएको हो। नगर प्रमुख जोशीले नयाँ वर्षदेखि नियमित रूपमा सेवा सञ्चालन गरिने जानकारी दिँदै भने, “चुनावको बे...
बैतडीमा एक महिला मृत फेला

बैतडीमा एक महिला मृत फेला

Breaking News 3, ताजा अपडेट, बैतडी, समाचार
बैतडी- बैतडीमा एक महिला मृत फेला परेकी छन् ।  दशरथचन्द नगरपालिका–१ मुडापकी २७ बर्षीया गोमती चन्द भाट मृत फेला परेकी हुन् । गोमती घर नजिकैको लाहुरेपातल जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । गएराति ९ बजेतिर उनी घरबाट निस्केकी थिइन् । मृतक गोमतीका दुई छोरा रहेका छन् । माइती पक्ष आएपछि मात्रै घटनास्थलको मुचुल्का गरिने प्रहरी निरीक्षक बडूले बताए । घटनाको कारण भने खुल्न सकेको छैन् ।...
बैतडीको निङ्गलाशैनी मन्दिरमा वासन्तिक नवरात्रको जात्रा सम्पन्न, १६८ राँगा र २ सय बोकाको बलि

बैतडीको निङ्गलाशैनी मन्दिरमा वासन्तिक नवरात्रको जात्रा सम्पन्न, १६८ राँगा र २ सय बोकाको बलि

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी— बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा शनिबार वासन्तिक नवरात्र अन्तर्गतको जात्रा पशु बलिसहित सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको जात्रा शनिबार सम्पन्न भएको मन्दिरका भण्डारे तथा धार्मिक सेवा समितिका कार्यवाहक अध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए । जात्राको अवसरमा १६८ राँगा र करिब २ सय बोका बलि चढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । प्रतिवर्ष चैत्राष्टमीमा भाकल अनुसार बलि दिने परम्परा यस मन्दिरमा रहिआएको छ। निङ्गलाशैनी मन्दिरमा वर्षमा चारवटा जात्रा आयोजना हुने गर्छन्। तीमध्ये शरदीय र वासन्तिक नवरात्रमा बलिसहित, जबकि भाद्र शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) र मंसिर शुक्ल पूर्णिमा (धान्य पूर्णिमा) मा बलिबिनाको जात्रा मनाइन्छ। शक्तिपीठको रूपमा परिचित यस मन्दिरमा बैतडी मात्र नभई सीमावर्ती भारतबाट समेत ठूलो स...
बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दयालको मृत्यु

बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दयालको मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । यस्तै, पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेश कोली र दशरथचन्द नगरपालिका –१० की ३० वर्षीया कविता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । देहिमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटना भएको थियो । चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।...
बैतडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते

बैतडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते

Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका– ११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जीप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका– ६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर–५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन् । घाइतेमध्ये चञ्चले दयालको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।...
बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

Breaking News 2, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको एक स्थानीय तहले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले बस खरिद गरेर ल्याइसकेको र यहीँ चैत २४ देखि सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जिल्लामा दशरथचन्द नगरबस सञ्चालन गर्ने पहिलो नगरपालिका बन्ने बताए । उनले भने, 'बस खरिद गरेर ल्याइसकिएको छ । चैत २४ गते औपचारिक रूपमा उद्घाटन गरेर नियमित सञ्चालन गर्नेछौँ ।' नगर प्रमुख पुष्करराज जोशी आफ्नो चुनावी नारामा गरिएको प्रतिबद्धताअनुसार नगरबस सञ्चालनको तयारी गरेको बताए । बस सञ्चालनमा आएपछि पालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने उनले विश्वास व्यक्त गरे । उनका अनुसार उक्त बस काठमाडौंको सिपर्दी टेडिङ प्रालीले बोलपत्र आह्वानमार्फत ४३ लाख ९८ हजार २२९ मा खरिद गरिएको हो । न्यूनतम भाडामा सतबाँझ–झुलाघाट नियमित रूपमा सेवा दिने गरी नगरबस सञ्चालन हुनेछ । यसका साथ...
जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित प्रसूति सेवा सञ्चालन

जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित प्रसूति सेवा सञ्चालन

Breaking News 2, बैतडी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बैतडी- जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो । जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको जनाइएको छ । विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ । यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए । अब उक्त बाध्यताको पनि अन्त्य भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा. यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा. निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर भएका छन् । ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आउनुभएको अस्पताल व्यवस...
बैतडीमा ५० टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

बैतडीमा ५० टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

Breaking News 2, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको हो । आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कोल्डस्टोर औपचारीक रुपमा सञ्चालनमा आएको जनाइएको छ । प्रारम्भमा किसानबाट १० टन आलु खरिद गरी भण्डारण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष भट्टले बताए । गाउँपालिकाले बजार मूल्यभन्दा बढी दरमा किसानबाट प्रतिकिलो ५५ रुपैयाँमा आलु खरिद गरेको छ। यसअघि गाउँपालिकाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको थियो। उत्पादन भएको तरकारी, फलफूल तथा अन्य कृषि उपज भण्डारण गरी बजारमा उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले शीतभण्डार निर्माण गरिएको पालिकाले जनाएको छ। दोगडाकेदार आलु र सुन्तलाको पकेट क्षेत्र भएकाले यसले किसानलाई प्रत्यक्ष ...
बैतडीमा भेडाबाख्रा ओसारपोसार गर्दा निरोगी प्रमाणित हुनुपर्ने

बैतडीमा भेडाबाख्रा ओसारपोसार गर्दा निरोगी प्रमाणित हुनुपर्ने

Breaking News 1, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य निरोगी प्रमाणित गर्नुपर्ने भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको हो। पालिकाले आज एक सूचना जारी गर्दै महामारी रोग पिपिआर फैलन नदिन आफ्नो भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित हुनुपर्ने भनेको छ । पञ्चेश्वर लगायतका क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकोले त्यसबाट बच्न भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्न भनिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज