Advertisement

राजनीति

तरुन दल नगर सभापति मा साउद

तरुन दल नगर सभापति मा साउद

कैलाली, राजनीति, समाचार, सुदूरपश्चिम
हिमाल साउद । नेपाली काङ्ग्रेस भातृ संगठनका तरुन दल ले सुरुवात गरेको नगर कमिटी  संगठन गठन क्रम मा कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका मा पनि गठन गर्दै सभापति मा युवा समाजसेवी एवम् ब्यापारी  लक्ष्मण साउद लाई नगर सभापति मा चयन गरेको छ । उक्त भेला मा प्रमुख अथिती मा जिल्ला सभापति निराजन खड्का थिए भने कार्यक्रम सभापतित्व विशाल खवास रहनु भएको थियो । आफु पार्टी को मात्र सभापति नभएर जनता को  सेवक भएर काम गर्ने प्रतिबद्धता गदै सभापति पाएको मा आफू हर्सित भएको र पद को कुनै पनि गलत दुरुपयोग नगर्ने कुरा बताएका छन्  । .......
समाजवादी प्रेस संगठन सुदूरपश्चिमको अध्यक्षमा हिक्मत सिंह सर्वसम्मत

समाजवादी प्रेस संगठन सुदूरपश्चिमको अध्यक्षमा हिक्मत सिंह सर्वसम्मत

कैलाली, राजनीति, सुदूरपश्चिम
समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मतबहादुर सिंह चयन भएका छन्। शनिबार धनगढीको सितार होटेलको सभाहलमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनमा सिंह निर्विरोध अध्यक्षमा चयन भएका छन । १३ सदस्यीय समितिको उपाध्यक्षमा तपेन्द्र कुँवर, उपाध्यक्ष (समावेशी)मा शर्मिला रोकाया, महासचिवमा डिलबहादुर सिंह, सचिवमा सन्तोषप्रसाद जैसी र कोषाध्यक्षमा समिक्षा जोशी चयन भएका छन्। यस्तै, सदस्यमा उमेश शाही, जनक थापा, निशा साउँद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउँद र राजेन्द्र बिक चयन भएका छन्। अध्यक्षमा चयन भएपछि सिंहले संगठन निर्माणका लागि सधैं तत्पर भएर लाग्ने प्रतिक्रिया दिए। उनले एकल निर्णयभन्दा पनि संगठनसँगै लागेर हरेक निर्णय गर्ने बताए।...
समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार

समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार

कैलाली, राजनीति, समाचार
नेकपा एकीकृत समाजवादी  निकट प्रत्रकारहरुको छाता संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री  निर्वाचित भएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा कमल वुढा , महिला उपाध्यक्षमा राधिकाकुमारी बराल, सचिवमा शिवलाल डाँगी , कोषाध्यक्षमा कृष्णबहादुर सुनार  र सहसचिव प्रेम वली  निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा  बशन्त बागचन , नन्दराम जैसी , आनन्दसिंह बोहोरा , विनोद लम्साल , दान खत्री, करिष्मा गिरी, पुष्पराज वली , कुसुम रोकाय  र कमला मल्ल  सर्वसम्मत निर्वाचित भएका छन् ।नमन शाही, रमेश गौतम र चक्र केसीको अध्यक्ष मण्डलले संगठनको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सङ्ठनका केन्दीय अध्यक्ष वि...
संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्ने सरकारको निर्णय

संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्ने सरकारको निर्णय

मुख्य समाचार, राजनीति
सरकारले आज बिहीवार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ । उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने जस्ता कतिपय कुराहरु सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र नागरिकलाई दुःख दिने खालको र मूल्यभन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाह...
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दशैँंको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दशैँंको शुभकामना

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, राजनीति, समाचार
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन्। विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्वपूर्ण रहेको बताए। “नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ”, शुभकामना सन्देशमा उनले भनेका छन्। प्रधानमन्त्री दाहालले विजयादशमीको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर...
नेकपा एमाले सुदुरपश्चिम प्रथम अधिवेशनको तयारीमा

नेकपा एमाले सुदुरपश्चिम प्रथम अधिवेशनको तयारीमा

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : सुदूरपश्चिम प्रदेशमा हुने नेकपा एमालेको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको असोज तेस्रो साता हुने प्रथम अधिवेशनका लागि सोमबार सबै जिल्लामा प्रतिनिधि छनौट हुने भएका छन्। एमाले प्रदेश कमिटीको निर्णय अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनौट हुन लागेका छन्। सुदूरपश्चिममा एमालेका ५३ हजार बढी संगठित सदस्य छन्। ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्ने भएका छन्। लुम्बिनीबाट सुरु एमालेको प्रदेश अधिवेशन बाग्मतीमा सम्पन्न भइसकेको छ। नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले यसअघि सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका थिए।...
संविधान दिवसको अवसरमा रास्वपा बझाङले गर्यो रक्तदान कार्यक्रम

संविधान दिवसको अवसरमा रास्वपा बझाङले गर्यो रक्तदान कार्यक्रम

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ : संविधान दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी बझाङले रक्तदान कार्यक्रम गरेको छ । दिवसको अवसरमा जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा जिल्ला अस्पताल सिमखेतमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ३ जना रक्तदाताले रक्तदान गरेका छन् भने अन्य ८ जनाले आवश्यक परेको बेला उपस्थित हुने गरी नाम टिपाएको राष्ट्रिय स्वतन्त्र पार्टीका जयपृथ्वी नगरपालिका नगर संयोजक दमन रसाइलीले बताए ।...
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । सोमबार राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्य...

गृहमन्त्री श्रेष्ठलाई ‘नालायक’को संज्ञा दिँदै नेविसंघले माग्यो राजीनामा

राजनीति, समाचार
बुधबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् । पार्टीका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति आपत्ति जनाउँदै नेविसंघले नागरिकको ज्यान रक्षा गर्न नसक्ने गृहमन्त्री असफल भएको बताएको छ । बुधबार दिउँसो यादवमाथि खुकुरी प्रहार भएको थियो । यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताए ।...
बन्द भयो चर्चित फेसबुक पेज “रुटिन अफ नेपाल बन्द”, के थियो रुटिन अफ नेपाल बन्दको पुर्ण इतिहाँस ?

बन्द भयो चर्चित फेसबुक पेज “रुटिन अफ नेपाल बन्द”, के थियो रुटिन अफ नेपाल बन्दको पुर्ण इतिहाँस ?

मुख्य समाचार, राजनीति
४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।… बाँकि कुरा पछि गरौला!’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आँकलन गरिएको छ । पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो। फेसवुक पेज बन्द गरेपनी किन र के कारणले फेसबुक पेज बन्द गरेको पाठकलाई भने कुनै जानकारी छैन ! कसरी सुरु भएको थियो ‘रुटिन अफ नेपाल बन्द’ ? बुबा रामप्रकाश पौडेल प्रहरीको जागिरे । घर बागलुङ बलेवा भए पनि जता सरुवा भयो, त्यतै परिवारको अस्थायी बसाइसराइ हुन्थ्यो । यहि शिलशिलामा पाल्पामा पोस...

बजेट न्यून भएको कारणले सोचेजस्तो काम गर्न सकिएनः मन्त्री आचार्य

राजनीति, समाचार
महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन्। आइतबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले बाल विवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरु मन्त्रालयसँग अन्तरसम्बन्धित भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चाहे अनुसार अघि बढाउन सक्ने अवस्था नरहेको तर्क गरे। उनले बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यक्ता अनुसार बनाउन नसकिएको बताए । ‘खासगरी यो मन्त्रालयले धेरै कामहरु आफै गर्नसक्ने अवस्था छैन। किनभन्दा बाल विवाहका कुराहरु उठ्छन। त्यो गृह मन्त्रालयले हेर्नुपर्ने। स्वास्थ्य समस्याका कुराहरु स्वास्थ्य मन्त्रालयले हेर्नुपर्ने,’ उनल...
बिदाको दिन श्रीमतीलाई सरकारि गाडी, ट्राफिकले सोधपुछ गर्दा सिंहदरबार जलाउने धम्कि

बिदाको दिन श्रीमतीलाई सरकारि गाडी, ट्राफिकले सोधपुछ गर्दा सिंहदरबार जलाउने धम्कि

मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ-  बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन्। शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने धम्की दिनुका साथै सरकारलाई ‘चोर’समेत भनेका छन्। महानगरले चलाउने गरेको उक्त गाडीमा मेयर शाहकी पत्नी चढेको कोटेश्वरमा खटिएका ट्राफिक प्रहरीले बताए। श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाको आधा घन्टापछि बालेन शाहको सिंहदरबार जलाइदिने स्टाटस सामाजिक सञ्जालमा आएको हो। बिदाको दिन सरकारी गाडी चलाएको तीव्र गतिमा चलाएको देखेपछि ट्राफिक प्रहरीले बढीमा ३ मिनेट रोकेर कागजात मागेको सडकमा खटिएका एक ट्राफिक प्रहरीले बताए। आफ्नी श्रीमती चढेको गाडी रोकिएपछि बालेनले ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज