Advertisement

ताजा अपडेट

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीकाे पाटनमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधवार जिल्लाकाे पाटन नगरपालिका- ४ तोलीस्थित सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। पाटन नगरपालिका–४ खोल्सी निवासी ३६ वर्षीय गणेश लुहार सोही स्थानको नालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।...
डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, स्वास्थ्य
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन्। दार्चुलाबाट बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारले जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षा सुधारका लागि आफूले दिएको समयसीमा पूरा नगरेको भन्दै सत्याग्रह घोषणा गरेका हुन्। डा. केसीले सरकारलाई आफ्ना माग पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए। तर, उक्त समयसीमाभित्र माग सम्बोधन नभएको भन्दै उनले पुनः सत्याग्रहमा बस्ने घोषणा गरेका हुन्। उनले सरकारसमक्ष विभिन्न ५ बुँदे माग अघि सारेका छन्। स्वार्थको द्वन्द्व हुने गरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी तथा स्वार्थपरक नियुक्ति तत्काल बदर गर्नुपर्ने उनको माग छ। साथै, चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्नुपर्ने उनले बताएका छन्। सरकारले चिकित्सा शिक्षा आयोगमा...
विश्वकप लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

विश्वकप लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। नामिबियासँगको पहिलो खेलमा ८ विकेटले पराजित भएको नेपाल आजको खेल जित्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने लक्ष्यमा छ। नेपाल हाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। समान २४ अंक भए पनि क्यानडाले ३२ खेल खेलेकाले नेपालभन्दा पछाडि छैटौँ स्थानमा छ। ३२ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ भने नामिबिया २४ अंकसहित सातौँ स्थानमा छ। तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ। दोस्रो स्थानमा स्कटल्यान्डको ३८, चौथो स्थानमा ओमानको ३१ र आठौँ तथा अन्तिम स्थानमा रहेको यूएईको २४ खेलबाट १४ अंक छ। विश्वकप ल...
आजको मौसम : चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ। मधेस र कोशी प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहेको छ। महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति हिमाली भू–भागका थोर...
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ। मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागक...
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार बिहान ४ः४० बजे बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का कोटदेवलसहित बझाङका आसपासका क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन।...
सरकारलाई स्वास्थ्यकर्मी महासंघको कडा सन्देश: स्वास्थ्यमा कर होइन, राज्यको लगानी बढाऊ

सरकारलाई स्वास्थ्यकर्मी महासंघको कडा सन्देश: स्वास्थ्यमा कर होइन, राज्यको लगानी बढाऊ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले उपचार सेवामा लगाइएको ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तत्काल पुनरावलोकन गर्न नेपाल सरकारसँग माग गरेको छ। महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष महा ओमराज जोशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्य क्षेत्रमा लागू गरिएका कर तथा उपचार सेवामा लगाइएको अतिरिक्त शुल्कले सर्वसाधारण नागरिकमाथि आर्थिक भार थपिने भन्दै त्यसको पुनरावलोकन गर्न माग गरेका हुन्। महासंघले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उपचार सेवाको लागत बढाउने कुनै पनि नीति नागरिकमैत्री हुन नसक्ने जनाएको छ। ध्यानाकर्षण पत्रमा क्यान्सर, मिर्गौला, मुटु, मधुमेह तथा उच्च रक्तचापलगायत दीर्घरोगबाट पीडित बिरामीहरू नियमित उपचारमा...
आज सुदूरपश्चिम सहित ६ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिम सहित ६ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं- आज पनि देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। अहिले बिहान देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ। सबैभन्दा बढी झापाको अ...
विश्वकप लिग टु, नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप लिग टु, नेपालले आज नामिबियासँग खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। सिरिजमा आयोजक नेदरल्यान्ड्ससहित नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। आठ टोली सहभागी लिग-२ को तालिकामा पाँचौँ स्थानमा रहेको नेपाललाई शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल छनोटमा पुग्न आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ। नेपालले गत जेठमा घरेलु मैदान कीर्तिपुरमा भएको सिरिजमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठमध्ये ६ खेल जित्दै आफ्नो स्थिति सुधार गरेको थियो। घरेलु सिरिजअघि सातौँ स्थानमा रहेको नेपाल अहिले पाँचौँ स्थानमा पुगेको हो। नेपालले नेदरल्यान्ड्समा पनि घरेलु मैदानको लयलाई निरन्तरता दिने लक्ष्य राखेको छ। नेपालले सिरिजको दोस्रो खेल साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँ...
बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्युु भएको छ ।जिल्लाको बुंगल नगरपालिका-२ मलेराकी १७ वर्षीया डम्मरा धामी भीरबाट लडेर मृत्यु भएको हो । सोमबार आज बिहान घरबाट घाँस काट्न गएकी धामी घाँस काट्ने क्रममा एक्कासी चिप्लिएर करिब ३०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक धामी चन्द्र माध्यमिक विद्यालय गिरौँमा कक्षा १० मा अध्ययनरत थिइन् ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।...
बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा रातिकाे समयमा सवारी साधन आवागमन बन्द  गरिएकाे छ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बझाङले आज साँझ ७:०० बजेदेखि भोलि बिहान ७:०० बजेसम्म जिल्लाभित्र सञ्चालन हुने तथा जिल्लाबाट बाहिरिने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिएकाे हाे । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीद्वारा जारी सूचनाअनुसार देशका विभिन्न स्थानसहित बझाङमा पनि निरन्तर भारी वर्षा भइरहेको र वर्षा अझै बढ्ने पूर्वानुमान रहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेकाे जनाएकाे छ । प्रशासनले यस अवधिमा यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सम्भावित विपद्बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। आपतकालीन सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी ब...
कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्। उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जभित्र प्रवेश गरेका थिए। यस्तै, बेलडाँडीका तीन जना भने मोबाइल सम्पर्कमा आएका छन्। उनीहरूसँग आज बिहान सम्पर्क भएको र बाँकी १४ जना पनि निकुञ्जभित्र बाटो बिर्सिएर अलमलिएको आशंकामा नेपाल प्रहरी र सम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज