Advertisement

ताजा अपडेट

बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुँदै

बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुन थालेका छन् । लगातारको वर्षासँगै आएकोे बाढीपहिरोले स्थानीय शाखा सडक खण्डहरू अवरुद्ध हुन थालेका हुन् । प्राप्त जानकारी अनुसार छबिसपाथिभेरा गाउँपालिका अन्तर्गत मोरिबगर-बिसौना सडक खण्ड अवरुद्ध भएको छ । वडा नं-६ अन्तर्गत पर्ने ल्वाडाको डोलामा पहिरो जाँदा सडक अवरुद्घ भएर आवतजावत ठप्प भएको हो। सडक अवरुद्ध भएपछि स्थानीयवासी, बिरामी, विद्यार्थी तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। जिल्लाका अन्य धेरै ग्रामीण सडकहरू पनि वर्षाका कारण आंशिक वा पूर्ण रूपमा अवरुद्ध भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ। स्थानीयवासीले बर्खायाम सुरु हुनुअघि नै जोखिमयुक्त स्थानको पहिचान, नाली तथा पानी निकासको उचित व्यवस्थापन, सडक किनारका कमजोर भागको संरक्षण, आवश्यक स्थानमा ग्याबियन पर्खाल तथा रिटेनिङ वाल निर्...
बझाङको बित्थडचिर- ९ का ऐतिहासिक तथा सांस्कृतिक स्थल उज्यालो बन्दै

बझाङको बित्थडचिर- ९ का ऐतिहासिक तथा सांस्कृतिक स्थल उज्यालो बन्दै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ ले परम्परागत मेला, चैतली, जात्रा, गौरा तथा डेउडा खेल सञ्चालन हुने ऐतिहासिक सांस्कृतिक स्थलहरूमा आवश्यक पूर्वाधार विकासलाई निरन्तरता दिएको छ। वडा अन्तर्गत साबिक वडा नं- १ को धारी गाउँ, साबिक वडा नं-२ को उडी र साबिक वडा नं- ९ को रौकोशीमा यसअघि नै गोरेखला निर्माण कार्य सम्पन्न गरिएको थियो। सोही अभियानअन्तर्गत उडी र रौकोशीमा स्ट्रीट लाइट जडान कार्य पनि सम्पन्न भएको छ। वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता हरिश्चन्द्र जोशीका अनुसार धारी गाउँका लागि आवश्यक सामग्री आइपुगेको छ र त्यहाँ पनि छिट्टै स्ट्रीट लाइट जडान गरिनेछ। उनले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै मेला तथा जात्रामा सहभागी हुने स्थानीय बासिन्दा र दर्शकहरूको सुविधा तथा सुरक्षालाई ध्यानमा राख्दै वडा कार्यालयले आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए। स्थानीयवासीले सांस्कृतिक सम...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्। ओडले जनचेतना प्राथमिक विद्यालय, मल्चिरमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेका हुन् । उनलेे जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेको बताए। शिक्षाको प्रवर्द्धन र बालबालिकाको अध्ययनप्रति उत्साह अभिवृद्धि गर्न उक्त सहयोग प्रदान गरेको उनको भनाइ छ। झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राई भान ओखेडा, बित्थडचिर गाउँपालिका–६ का वडाध्यक्ष हरिश खड्का, विद्यालयका शिक्षक तथा कर्मचारी, बित्थडचिर गाउँपालिका–९ निवासी प्रकाश विकलगायत स्थानीय अभिभावक, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी व्यक्ति...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम तथा परमिट व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। व्यवसायीहरूका अनुसार राति ८ बजेपछि गन्तव्यबाट सवारी साधन छुट्न नदिने व्यवस्थाले यात्रु सेवा तथा व्यवसाय दुवै प्रभावित भएको छ। सो व्यवस्थाको विरोधमा करिब ८० भन्दा बढी सवारी साधनसहित उनीहरूले प्रदर्शन गरेका हुन्। व्यवसायीहरूले ईभी हाइसमाथि मात्र कडाइ गरिएको तर मिनीबस, मिनी ट्रक, स्कार्पियो लगायत अन्य सवारी साधन भने नियमित रूपमा सञ्चालन भइरहेको गुनासो गरेका छन्। ईभी सवारीलाई पनि समान व्यवहार गर्दै सहज रूपमा सञ्चालन गर्न पाउने वातावरण बनाउनुपर्ने मागसहित उनीहरूले मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्। विरोध प्रदर्शनपछि...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फत् पालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित ६२ करोड १६ लाख ३ हजारको बजेट प्रस्तुत गरेको हो । अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्फ ११ करोड ६५ लाख, सशर्त अनुदानतर्फ ३१ करोड १४ लाख, राजस्व बाँडफाँड तर्फ ९ करोड ३२ लाख ९ हजार , विशेष अनुदान १८ करोड ८० लाख र समपूरक अनुदान तर्फको ६० लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरिन् । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ११ लाख २४ हजार, शशर्त अनुदान ४ करोड , समपूरक अनुदान ९२ लाख ८ हजार विशेष अनुदान ६६ लाख ५० हजार र राजस्व बाँडफाँड तर्फ २७ लाख ६२ हजार रुपैयाँ अनुमान गरिएको छ। यस्तै आन्तरिक स्रोत अनुमानित ६७ लाख ५० हजार ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थानीय स्रोत साधनको उपयोगलाई प्रवर्द्धन गर्न ७ दिने दुना, टपरी सीप विकास तालिम प्रदान गरिएको हो । वडाका २६ जना महिलालाई स्थानीय स्तरमै उपलब्ध मालु र चुउराको पात प्रयोग गरी दुना, टपरी निर्माण गर्ने व्यावहारिक सीप प्रदान गरिएको छ । सहभागीहरूले दुना, टपरी निर्माण प्रक्रिया, उत्पादनको गुणस्तर व्यवस्थापन, बजारीकरणका उपाय तथा आयआर्जनका सम्भावनाबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका छन् । स्थानीय सीप र उत्पादनको प्रोत्साहन गरौँ भन्ने मूल नारासहित सञ्चालन गरिएको तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। दुना, टपरी उत्पादनलाई भविष्यमा उद्योगका रूपमा विकास गर्ने तयारी रहेको गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष हरिश...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएराति करिब २ः३० बजेतिर विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगलागीबाट उत्तम खातीले सञ्चालन गरेको कुले कालिका किराना पसल र मुकेश कठायतले सञ्चालन गरेको महेश किराना पसल पूर्णरूपमा ध्वस्त भएका छन्। आगलागीका कारण दुवै पसलभित्र रहेका खाद्यान्न, तथा अन्य व्यापारिक सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन्। कुले कालिका किराना पसलका सञ्चालक उत्तम खातीले आफू राति सुतिरहेको अवस्थामा एक्कासि आगलागी भएको थाहा पाएको बताए। “आगोले पसल घेरेको देखेपछि ज्यान जोगाउन मात्र सफल भएँ, तर पसलभित्र रहेका सामान बचाउन सकिनँ,” उनले दुःख व्यक्त गर्दै भने। खातीका अनुसार आगलागीबाट आफ्नो पसलमा मात्रै १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। यस्तै मुकेश कठायतले सञ्चालन गरेको महेश किराना पसल पनि ...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरणका लागि द्रुत कार्य (रेस नेपाल) बझाङको आयोजनामा तालिम सञ्चालन भइरहेको हो। महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्न तालिमको आयोजना गरिएको जनाइएको छ । असार १ गतेदेखि सुरु भएको तालिम असार ७ गतेसम्म सञ्चालन हुने रेस नेपालकी अध्यक्ष निशा धामीले जानकारी दिइन्। उनका अनुसार महिलाहरूलाई व्यवहारिक सीप प्रदान गर्दै स्वरोजगार तथा उद्यमशीलतामा जोड्न तालिम आयोजना गरिएको हो। तालिममा सहभागी महिलाहरूलाई डल कुसन निर्माण गर्ने विधि, उत्पादनको गुणस्तर व्यवस्थापन, बजारीकरण तथा आयआर्जनका सम्भावनाबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिँदैछ। गाउँपालिकाभित्रका ८ जना महिलाको सहभागिता रहेको उक्त तालिमको सहजीकरण प्रशिक्षक सुष्मा ओझा जैशीले गरिरहेकी छन्। यससँगै...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, विचार
बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्षेत्रको सुधार, स्रोत–साधनको प्रभावकारी उपयोग र गुणस्तरीय शिक्षाको लक्ष्यलाई कसैले पनि अस्वीकार गर्न सक्दैन। तर यस्ता निर्णय कहिले, कसरी र कुन आधारमा कार्यान्वयन गरिन्छ भन्ने कुरा झन् महत्वपूर्ण हुन्छ। विद्यालय समायोजन वा दरबन्दी व्यवस्थापन जस्ता विषयहरू नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै आवश्यक अध्ययन, सरोकारवालासँगको परामर्श र स्पष्ट योजनासहित कार्यान्वयन गरिनुपर्छ। तर शैक्षिक सत्र सुरु भइसकेपछि, विद्यार्थी भर्ना प्रक्रिया सम्पन्न भइसकेपछि र करिब दुई महिना पठनपाठन सञ्चालन भइसकेको अवस्थामा यस्ता निर्णयहरू अघि बढाइनु उचित देखिँदैन। हाल सबै विद्यालयहरूले विद्यार्थी भर्ना गरिसकेका छन्। अभिभावकहरूले आफ्ना बालबालिकाका लागि पोशाक, टाई, बेल्ट, परिचयपत्र, स्टेशनरी तथा ...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। विद्यालय र बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बित्थडचिर-२ को समन्वयमा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता, सामान्य ज्ञान, तर्कशक्ति तथा प्रतिस्पर्धात्मक भावनाको विकासमा टेवा पुग्ने सहकारीका प्रवन्धक किशोर बोहराले बताए । कार्यक्रममा विभिन्न सदनका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सहकारी संस्थाको तर्फबाट शैक्षिक सामग्री प्रदान गरी पुरस्कृत गरिएको थियो। विद्यालय प्रशासनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई थप प्रभावकारी बनाउने तथा आत्मविश्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। जेठ २२ गते मौलालिका बालक सुमित बोहरामाथि विद्यालय परिसरभित्र सिस्नोपानी लगाई कुटपिट गरी शारीरिक तथा मानसिक पीडा दिएको आरोपमा मोडल एलाइन्स बोर्डिङ स्कुलका शिक्षक धनराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीलाई घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरी टोलीले जोशीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार विद्यालयको हाताभित्र अध्ययनरत विद्यार्थीमाथि शारीरिक तथा मानसिक पीडा दिने गरि सिस्नोपानी लगाई कुटपिट गरिएको भन्ने सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको हो। घटनाको यथार्थता, संलग्नता र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझा...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा स्थित युपि ओजेना बस्तीवासीमा खानेपानीको सहज पहुँच सुनिश्चित गर्न वडा कार्यालयले खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरेको हो । उक्त टोलमा सौर्य ऊर्जामार्फत लिफ्टिङ प्रणालीबाट खानेपानी आपूर्ति हुँदै आएको छ। घाम लागेको समयमा पर्याप्त पानी उपलब्ध भए पनि बादल लाग्दा सौर्य ऊर्जाको क्षमता घट्ने र पानी आपूर्ति बन्द हुने समस्या स्थानीयले लामो समयदेखि भोग्दै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले स्थानीयलाई पानी संकलन गरी आवश्यक समयमा प्रयोग गर्न मिल्नेगरि ५ सय लिटरको २० वटा ड्राम वितरण गरेको छ । टोलबासीले सुरक्षित तथा स्वच्छ खानेपानी संकलन गरी प्रयोग गर्न सकून् भन्दै ड्राम वितरण गरिएको वडाध्यक्ष हरिश खड्काका बताउनुभयो । सौर्य ऊर्जामा आधारित...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज