बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने, पुरस्कार एक लाख बढि
Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ मा प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ ।
छविस पाथीभेरा गाउँपालीकाकाे वडा नम्बर एक बगडगाउँमा वडा अध्यक्ष कप भलिबल हुने भएको हाे । जिल्लाकाे छविस पाथिभेरा वडा नम्बर १ ले बडा दशैकाे उपलक्ष्यमा भलिबल प्रतियोगिता राखेको जनाएको छ ।
कार्यक्रम यहीँ १९ गते बाट सञ्चालन हुने भएको छ । दशै तथा शुभदिपावलीकाे अवसरमा छविस वडा नम्बर एकले खुला भलिबल प्रतियोगिता राखेको अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, वडा नम्बर एक का युवाहरुकाे सकृयतामा केही वडाकाे अर्थिक सहयाेग सहित युवाकाे एकिबद्दतामा कार्यक्रम हुन लागेको हाे ।
यहीँ १९ गते देखि सञ्चालन हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित केन्द्रीय कलाकार र स्थानीय कलाकारकाे बेजोड प्रस्तुति रहने साँस्कृतिक सँयाेजक महेश धामीले बताउनु भयाे । भलिबलमा प्रथम पुरस्कार १ लाख १ हजार ६ सय...












