साईपाल खेलकुद विवाद: राजेन्द्र धामीको गल्ती ढाकछोप गर्न कांग्रेसले निकाल्यो विज्ञप्ति
Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : साईपाल गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भएको विवादले बझाङमा मात्र होइन, राष्ट्रिय स्तरमै चर्चा पाएको छ। खेलकुदका क्रममा धलौन माविका विद्यार्थीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप खेपिरहेका साईपालका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला उपसचिव राजेन्द्र धामीलाई बचाउन नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जारी गरेको विज्ञप्तिले थप विवाद र आक्रोश निम्त्याएको छ।
"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ आयोजित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा काँडा र धलौन माविका विद्यार्थीबीच विवाद भएपछि धलौन माविका विद्यार्थीलाई घर पठाउने निर्णय गरिएको थियो। सो घटनामा राजेन्द्र धामीको प्रत्यक्ष संलग्नता रहेको स्थानीयहरूको भनाइ छ। तर, खेलकुदमा विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुको सट्टा विवादलाई झन् उचालेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप धामीमाथि लाग्दै आएक...












