Advertisement

ताजा अपडेट

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र...
बझाङ जीप दुर्घटनाको प्रारम्भिक निष्कर्ष, क्षमताभन्दा बढी यात्रु र हिलाम्मे सडक मुख्य कारण

बझाङ जीप दुर्घटनाको प्रारम्भिक निष्कर्ष, क्षमताभन्दा बढी यात्रु र हिलाम्मे सडक मुख्य कारण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा शनिबार भएको जीप दुर्घटनाको प्रारम्भिक अनुसन्धानले कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्नु दुर्घटनाको मुख्य कारण रहेको देखाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुपप्र ०१-००१ च २६६४ नम्बरको जीप वर्षाका बेला हिलाम्मे कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर बुंगलबाट दुर्गाथलीतर्फ जाँदै थियो। जीपमा चालकसहित १६ जना सवार रहेका थिए। दुर्घटना भएको स्थान उकालो र घुम्ती भएको सडक खण्ड हो। वर्षाका कारण सडक चिप्लो बनेको र अत्यधिक भारका कारण जीपले उकालो चढ्न नसकेपछि चालकले ब्याक गरेर घुम्ती काट्ने प्रयास गरेका थिए। सो क्रममा जीप नियन्त्रणबाहिर गई भीरतर्फ करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्...
बाजुराको धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुँदै, गाउँमै सेवा पाइने भएपछि स्थानीय उत्साहित

बाजुराको धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुँदै, गाउँमै सेवा पाइने भएपछि स्थानीय उत्साहित

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुराको हिमाली गाउँपालिका–६ धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएपछि स्थानीयवासी उत्साहित भएका छन्। सामान्य आँखाको उपचारका लागि समेत कोल्टी वा अन्य स्थान धाउनुपर्ने बाध्यता अब अन्त्य हुने अपेक्षा गरिएको छ। नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसनको साझेदारीमा असार २९ गतेदेखि धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने भएको हो। हिमाली गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्बन्धित संस्थासँग समन्वय गरी केन्द्र स्थापना गर्न लागेको जनाएको छ। स्थानीय रामबहादुर रावतले सामान्य आँखाको उपचारका लागि पनि कोल्टी अस्पताल पुग्नुपर्ने बाध्यता रहेको भन्दै अब गाउँमै सेवा उपलब्ध हुने भएपछि ठूलो राहत मिल्ने बताए। गाउँपालिकाका सूचना अधिकारी राजबहादुर भण्डारीका अनुसार हिमाली गाउँपालिकाका अधिकांश बस्ती भौगो...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह घटनापछि संघीय सरकार, स्थानीय तह र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउनेछ। सहमतिअनुसार छानबिन प्रतिवेदन र समितिको सिफारिसका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ। घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई तत्कालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही गरिने पनि सहमति भएको छ। पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने तथा आ...
आज र भोलि पनि देशभर वर्षाको सम्भावना, केही ठाउँमा मुसलधारे पानी पर्ने चेतावनी

आज र भोलि पनि देशभर वर्षाको सम्भावना, केही ठाउँमा मुसलधारे पानी पर्ने चेतावनी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- गएराति देशका मध्य तथा पूर्वी भेगका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर र म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको हो। काठमाडौं उपत्यकासहित देशका अन्य धेरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा अहिले पनि वर्षा जारी रहेको छ। यसैबीच, कैलालीको कटेनी नदीस्थित रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी किनार तथा डुबान हुने तल्लो भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार आज र भोलि पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ह...
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड झोताद्धारा अस्थायी प्रहरी पोष्टलाई पंखा र बेन्च सहयोग

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड झोताद्धारा अस्थायी प्रहरी पोष्टलाई पंखा र बेन्च सहयोग

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ९ झोतामा रहेकोcले एक प्रहरी पोष्टलाई एक थान वाल पंखा र बेन्च प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत केदारस्युँ गाउँपालिका-९,स्थित अस्थायी प्रहरी पोष्ट झोतालाई एक थान वाल पंखा र बेन्च प्रदान गरिएको हो । आज एक औपचारिक कार्यक्रमका बिच शाखा प्रमुख भरतबहादुर रावतले प्रहरी पोष्टका इन्चार्ज महेश कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन । सामाग्री हस्तान्नतरण कार्यक्रममा बोल्दै शाखा प्रमुख रावतले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै समुदायको आवश्यक क्षेत्रमा सहयोग गर्ने संस्थाको नीति अनुसार सामग्री बितरण गरिएको बताए । आगामी दिनमा समेत यस्ता सामाजिक तथा सामुदायिक हितका कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाई छ । सामग्री ग्रहण गर्दै प्रहरी चौकी इन्चार्ज महेश कार्कीले कार्यालयमा आवश्यक सामग्री उपलब्ध गराएकोमा नेरुडे ...
किसानलाई पेन्सनदेखि मल कारखानासम्म, सरकारले सार्वजनिक गर्‍यो कृषि क्षेत्रका महत्त्वाकांक्षी प्रतिबद्धता

किसानलाई पेन्सनदेखि मल कारखानासम्म, सरकारले सार्वजनिक गर्‍यो कृषि क्षेत्रका महत्त्वाकांक्षी प्रतिबद्धता

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित कृषि क्षेत्रका महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा किसानको सम्मान, कृषि आत्मनिर्भरता, उत्पादन वृद्धि र कृषि व्यवसायको आधुनिकीकरणलाई प्राथमिकतामा राखिएको हो। राष्ट्रिय प्रतिबद्धताको दोस्रो बुँदामा ‘कृषि पेसाको सम्मान र आत्मनिर्भरता’ शीर्षक राखिएको छ। यसअन्तर्गत योगदानमा आधारित किसान पेन्सन लागू गर्ने, किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, सहुलियत ऋण, सेवासुविधा तथा सामाजिक सुरक्षा उपलब्ध गराउने उल्लेख गरिएको छ। सरकारले कृषि उद्यम तथा उद्योगलाई विशेष प्राथमिकता दिँदै कर छुट, भन्सार सहुलियत र लगानी प्रोत्साहनका कार्यक्रम अघि बढाउने जनाएको छ। बाँझो कृषि जमिनको उपयोग, चक्लाबन्दी तथा जग्गा एकीकरण कार्यक्...
विश्वकपको सेमिफाइनल समीकरण पूरा : चारवटै टोली पूर्वविजेता

विश्वकपको सेमिफाइनल समीकरण पूरा : चारवटै टोली पूर्वविजेता

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । अब फाइनलमा पुग्न साबिक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनबीच खेल हुनेछ । अर्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १/१ पटक उपाधि जितेका छन् । पहिलो सेमिफाइनल खेल फ्रान्स र स्पेनबीच असार ३० गते मंगलबार मध्यराति पौने १ बजे हुनेछ । त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल असार ३१ गते बुधबार मध्यराति पौने १ बजे हुनेछ । विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे अमे...
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका-७  र दुर्गाथली गाउँपालिका - ६ को सीमा सुँगरेमा भएकाे बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ। शनिबार नै उद्धारका लागि बझाङ पुगेको नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम चैनपुरबाट गम्भीर घाइतेहरूलाई पालैपालो दुई/दुई जनाका दरले नेपालगञ्ज पुर्‍याइरहेको प्रहरीले जनाएको छ। नेपालगञ्ज रेफर गरिएकाहरूमा दुर्गाथली गाउँपालिका-६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता, अर्का रामबहादुर महता तथा केदारस्यूँ गाउँपालिका-७ का जिप चालक देवबहादुर धामी रहेका छन्। उनीहरूलाई दुर्घटनास्थलबाट उद्धार गरी शनिबार राति जिल्ला अस्पताल बझाङ ल्याइएको थियो। जिल्ला अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको हो। शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथ...
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन्। उनी व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका हुन्। भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गरेका छन्। एक वर्ष अघिदेखि खेती गर्न सुरू गरेका उनले हाल खेतमा एक हजार दुघ भन्दा बढी बिरुवा लगाएका छन्। अझै आठ सय बिरुवा रोप्ने उनको योजना छ। भट्टको खेत अवलोकन गर्न दिनहुँ स्थानीय किसान पुग्ने गरेका छन्। परम्परागत खेतीसँगै उनले गरेको शीतलचिनीको व्यावसायिक उत्पादनबाट उत्प्रेरित भएको अवलोकनका लागि आउने किसानहरू बताउँछन्। कम लागतमा उत्पादन गर्न सकिने, तुलनात्मक रूपमा कम स्याहार गर्नुपर्ने तथा बजारको माग पनि बढ्दै गएकाले शीतलचिनीको खेती सुरुआत गरेको भट्टले बताए। करिब दुई लाख लगानीमा व्यवसाय सुरु गरेका उनल...
सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ बनाउन दुई कार्ययोजना स्वीकृत, मुख्यमन्त्री शाहद्वारा उच्च सतर्कताको निर्देशन

सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ बनाउन दुई कार्ययोजना स्वीकृत, मुख्यमन्त्री शाहद्वारा उच्च सतर्कताको निर्देशन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि दुई महत्वपूर्ण कार्ययोजना स्वीकृत गरेको छ। प्रदेश विपद् व्यवस्थापन परिषद्का अध्यक्ष तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा शनिबार बसेको परिषद् बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना, २०७७ (पाँचौँ संशोधन–२०८३) र बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५–२०३०) अनुमोदन गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। स्वीकृत मनसुन पूर्वतयारी कार्ययोजनामा बाढी, पहिरो, डुबान, कटान, सडक अवरोधलगायत वर्षायाममा हुन सक्ने जोखिमको पूर्वानुमान, जोखिम न्यूनीकरण, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनासम्बन्धी जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको छ। साथै आपत्कालीन अवस्थामा विभिन्न नि...
बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्युँ गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महत रहेका छन। साे दुर्घटनामा परी १२ जना घाइते भएका छन्।गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका–६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्युँ गाउँपालिका–७ का जिप चालक देवबहादुर धामी रहेका छन्। त्यसैगरी, दुर्गाथली गाउँपालिका–६ का धन्सेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन्। दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज