आज देशभर बदली, गण्डकी-लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अरब सागर र बंगालको खाडीबाट आएका जलवाष्पयुक्त हावाको प्रभावमा आज देशभर सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका पहाडी भू–भागका केही र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। लुम्बिनी प्रदेशसहित पहाडी भू–भागका धेरै स्थानमा र तराईका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।
काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ। मौसमविद् गोविन्द झाका अनुसार, दिउँसो र रातिसम्म हल्का वर्षा भइरहने भए पनि भारी वर्षाको सम्भावना भने छैन। “दिनभर निर...












