बिर्सिएको बाटो
दिपेन्द्र धामी - बझाङ ।
जीवन अनगिन्ती मोडहरूबाट अघि बढ्छ। कतिपय बाटाहरू यस्ता हुन्छन्, जसलाई हामी कहिले बिर्सन चाहँदैनौँ, तर समयको आँधीबेहरीले ती स्मृतिहरू मेटाउँदै लग्छ। मेरो आफ्नै यात्रामा म स्वयंलाई कतै हराएको महसुस गर्छु।
धेरैपटक ऐनामा हेरेर सोच्छु, "म वास्तवमै को हुँ?" याे नाम, पहिचान, पेसा, पारिवारिक सम्बन्ध—यी सबै कुनै परिचयका आधार हुन सक्छन्, तर वास्तविक म को हुँ भन्ने प्रश्नको उत्तर मसँग छैन। जब बाल्यकालमा पहिलोपटक नाम लेख्न सिकियो, आफूलाई चिन्न बिर्सिएछु, तर जति समय बित्दै गयो, त्यो खोज अलपत्र पर्यो।
जीवनको यात्रामा अनेक सम्बन्ध बननेछन्, तर ती सम्बन्धहरू साँचो भए कि झुट, मैले कहिल्यै बुझ्न सकिनँ। आफन्त भन्नेहरूले मप्रति देखाएको रिस, डाहा, ईर्ष्या, घमण्ड र अनावश्यक प्रतिस्पर्धा देख्दा म झस्कन्छु। उनीहरू वास्तवमै मप्रति इमानदार थिए कि केवल आफ्नै स्वार्थका लागि मेरो वरिपरि थ...












