गणतन्त्रका कुरालाई जनतासम्म पुर्याउन जागरण सभा गर्दै एमाले
बझाङ- नेकपा (एमाले) जिल्ला कमिटी बझाङले गणतन्त्रका कुराहरुलाई जनता सम्म पुर्याउनका लागि जागरण सभा गर्ने भएको छ । शनिबार पार्टी कार्यालय पानकोटमा नागरिक समाज र पत्रकारहरु संग गणतन्त्रको पक्षमा गरिएको अन्तरसंवाद कार्यक्रममा जनताहरुलाई गणतन्त्रको बारेमा सचेतना फैलाउनुपर्ने सुझाव आएपछी उक्त जागरण सभाको आयोजना गर्ने नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए । शनिबार गरिएको अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले पार्टी भित्र पनि आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका थिए । राजनितीकदलहरुका केहि नराम्रा कामहरुले पनि राजावादीहरु सलबलाउन थालेको सहभागीहरुको भनाई थियो ।
राजतन्त्र आएपछी केहुन्छ भन्नेकुरा हिजोको राजावादीको आन्दोलनको घटनाले देखाई सकेको संविधान सभासदस्य तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य अफिलाल ओखेडाले बताए । राजतन्त्रले यसरीनै हत्या, हिंसा गर्ने भएकाले हिजोको आन्दोलनले उक...












