Advertisement

नेपाली बिरामीसँग प्रेममा परेर नेपाल आएकी थिइन् पहिलो नर्स लामु अमात्य !

Advertisement

लामू अमात्यलाई नेपाल सरकारले ‘पहिलो नेपाली नर्स’को मान्यता दिएको छ। जो नेपालीसँग विवाह गरेर नेपाली नागरिक बनेकी थिइन्। भारतको दार्जीलिङमा विक्रम संवत् १९८८ माघ १४ गते जन्मिएकी उनी कलकत्तामा हुर्केकी हुन्।

उनी नेपाल आउनुसँग एउटो संयोग छ। त्यो हो आफू नर्सिङ पढिरहेकै मेडिकल कलेजको अस्पतालमा उपचाररत बिरामीको प्रेममा पर्नु। ती नेपाली थिए, काठमाडौँका रैथाने भुवनेश्वर अमात्य। उनी पनि त्योबेला कलकत्तामै पढ्थे। सोही बेला उनको खुट्टामा समस्या आयो। उनी उपचारका लागि कलकत्ता मेडिकल कलेजमा भर्ना भए।

त्यहीँ नर्सिङ पढिरहेकी लामूसँग भुवनेश्वर सुरुमा एकोहोरो प्रेममा परे। उनी प्रेममा पर्नुको कारण लामूको कत्थक नृत्य हो। मेडिकल कलेजको सांस्कृतिक कार्यक्रममा लामूले कत्थक नाँच देखाएकी थिइन्। अस्पतालमै उपचाररत भुवनेश्वर नाच हेर्न पुगेका थिए। भुवनेश्वरलाई लामूको नृत्य र सौन्दर्यले त्यतिबेलै आकर्षित गर्‍यो। त्यस्तै ३ देखि ४ हप्ता अस्पताल भर्ना भएका भुवनेश्वरलाई रेखदेख गर्न सिकारु नर्सका रुपमा लामू आइरहन्थिन्। उनीहरुको भेटघाट भइरह्यो। यही क्रममा कुराकानी भयो, माया मौलाउँदै गयो। भुवनेश्वर र लामूका कान्छो छोरा चर्चित गायक योगेश्वर अमात्य भन्छन्, ‘आमाको नृत्य र रुप देखेपछि बुवा पग्लिनुभएको होला। आमा नेपाली भाषी नै भएकाले कुराकानी, भेटघाट गर्न सजिलो भएछ र अस्पताल बसाइकै क्रममा प्रेम पनि बसेछ।’

नर्सिङ नसकिँदै सन् १९५३ मा भुवनेश्वरसँग विवाह गरेर नेपाल आइन् लामू। सन् १९५४ मा स्टाफ नर्सको पढाइ सकिएपछि नेपाली नागरिकता लिएर नेपालमै सेवा गर्ने उद्देश्यले उनले कलकत्ता छोडिन्।

आमाले नेपालकै पहिलो नर्सिङ स्कुल काठमाडौँको क्षेत्रपाटीमा खोलेको छोरा योगेश्वर बताउँछन् । भन्छन्, ‘राजा महेन्द्रको अनुरोधमा उहाँले नर्सिङ स्कुल खोल्नुभएको थियो।’

लामूले २०१२ साल फागुन ३० गतेदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गर्न थालेकी हुन्। नेपालमै मिडवाइफ्रीको तालिम दिने तीन वर्षे परियोजनाका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट एकजना नर्स मिस रोज नेपाल आएकी थिइन्। उनलाई साथ दिन लामूलाई सरकारी सेवामा राखिएको थियो।

यसरी नेपालमा काम गर्ने र नेपाली नागरिकका रुपमा उनी पहिलो नर्स भइन्। तर, उनी नेपाली नागरिकको सन्तान भने थिइनन्। त्यसैले नेपालीकै सन्ततिलाई पहिलो नर्स ठान्नुपर्ने विवाद उठेको थियो। नेपालीकी सन्तानका रुपमा पहिलो नर्स भने उमादेवी दास हुन्।

मन्त्रालयले कारण खुलाउँदै भनेको थियो, ‘बुहारी र छोरीका कुरा भावनात्मक हुन्। सरकारले हेर्दा नेपाली नागरिकका रुपमा हेर्ने गर्छ। नेपालीसँग विवाह गरेर नेपाली नागरिकता हासिल गरेकाले पहिलो नेपाली नर्सको उपमा सरकारले लामूलाई दिएको हो।’

२०६९ साल जेठ १९ गते लामूको निधन भयो। ८३ वर्षको उमेरमा निधन भएकी उनलाई अन्तिमका केही वर्ष अल्जाइमर्स भयो। योगेश्वर भन्छन्, ‘अल्जाइमर्स भएको समयमा मान्छेको अनुहार पनि चिन्नु हुन्थेन तर नर्सलाई पढाउन जानुपर्छ भनिरहनु हुन्थ्यो।’ यो कुराले योगेश्वरलाई आमाले नर्सिङ क्षेत्रमा पुर्‍याएको योगदानको कुनै न कुनै रुपमा कदर भइदियोस् भन्ने लागेको थियो। उनी आफू पनि केही गर्ने मनसायमा थिए तर त्यही बेला ‘पहिलो नेपाली नर्स को हो?’ भन्ने  विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्ट धारणा दिन सकेन।

First Nurse1.jpg

त्यसपछि योगेश्वर लागे, सम्पूर्ण प्रमाण जुटाउन। प्रमाण जुटाएर पटक–पटक स्वास्थ्य मन्त्रालयको दैलोमा पुगेर उनले ‘पहिलो नेपाली नर्स को हो?’ भन्ने प्रश्नको जफाव मागे। तर, यसअघिका कुनै पनि मन्त्री वा स्वास्थ्य मन्त्रालयका अधिकारीले उनको कुरा सुनिदिएनन्। उनी भन्छन्, ‘गगन थापा मन्त्री हुनुभएपछि एकपल्ट फेरि गएँ। उहाँले जो भए पनि छानविन गरेर क्लिएर गर्न निर्देशन दिनुभयो। त्यसैको परिणाम आज आमाले न्याय र सम्मान पाउनु भएको छ।

यसरी २०७४ सालमा अमातत्य पहिलो नर्स ठहरिइन्।  नेपालमा नर्सिङ सेवाका लागि भने सन् १९२८ मा विद्यादेवी कंसाकार, राधादेवी मालाकार, धर्मादेवी कंसाकार र विष्णुदेवी माली गरी ४ जनाले  १८ महिने मिडवाइफरी तालिम लिएर नेपाल फर्किएको देखिन्छ।  भारतबाट तालिम लिएर फर्केपछि उनीहरूले वीर अस्पतालमा सेवा सुरु गरेका हुन्।  

औपचारिक  हिसाबले नेपालमा जन्मिएर नर्सिङ कोर्स पूरा गर्नेमा भने डा उमादेवी दास र रुक्मिणीचरण श्रेष्ठलाई मानिन्छ। उनीहरु सन् १९५२ मा भारत  पठाइएका थिए। उनीहरुले स्टाफ नर्स कोर्स पूरा गरेर वीर अस्पालमा सेवा सुरु गरेका हुन्। नेपालमै नर्सिङ शिक्षाको सुरुवात सन् १९५६ मा सुरेन्द्र भवनमा पहिलो नर्सिङ स्कुल स्थापना गरेपछि मात्र भएको हो। 

अर्काइभबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज