Advertisement

विद्यार्थीलाई लागु औषधबाट बच्न सचेतना कार्यक्रम सम्पन्न

Advertisement

विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनबाट जोगाउने उद्देश्यले बझाङमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।  सामाजिक विकास कार्यालय बझाङको आयोजनामा कुलमष्टाजन माध्यामिक विद्यालयमा कार्यक्रम गरेको हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका अध्यक्ष सामाजिक विकास कार्यालय बझाङका प्रमुख प्रयागराज जोशी रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा सहभागी हुनु भएको थियो। कार्यक्रममा मष्टा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जोशी, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गाप्रसाद भट्ट ,शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, बझाङका डिएसपी दुर्गाप्रसाद भट्टले लागुऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक कक्षा प्रदान गर्नु भएको थियो। उहाँले लागुऔषधका प्रकार, प्रयोगका कारण, यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव तथा यसबाट बच्ने उपायबारे विस्तृत रूपमा जानकारी गराउनु भएको थियो। साथै उहाँले विद्यार्थीहरूलाई अनुशासित जीवनशैली अपनाउन, खराब संगतबाट टाढा रहन र सकारात्मक सोचको विकास गर्न आग्रह गर्नु भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि बोहराले पछिल्लो समय युवापुस्तामा लागुऔषध दुर्व्यसनको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीलाई सही दिशातर्फ डोर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

उहाँले लागुऔषधमुक्त समाज निर्माणका लागि अभिभावक, विद्यालय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो । कार्यक्रमका अध्यक्ष बाेहराले  विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले उनीहरूलाई समयमै सचेत गराउनु आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनु भयो।

कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले लागुऔषध प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भने सामाजिक बिकास कार्यालयका प्रमुख प्रयागराज जाेशीले पछिल्लो समय देखापरे सामाजिक सञ्जाल लाई नियन्त्रण गर्नुका साथै सकारात्मक हिसावमा सामाजिक सञ्जाल प्रयाेग गर्न विद्यार्थी लाई बताउनु भयाे । समाजमा सामाजिक सञ्जालले नकारात्मक कुरा मात्र नभएर सकारात्मक कुराकाे बिकास पनि गरेको भन्दै सबै अभिभावक विद्यार्थी लाई राम्रो साेच लिएर अगाडि बढ्नु पर्ने प्रमुख जाेशीकाे भनाइ थियाे । यसै विच बझाङ जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई यसबारे जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज