Advertisement

विद्यार्थीलाई लागु औषधबाट बच्न सचेतना कार्यक्रम सम्पन्न

Advertisement

विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनबाट जोगाउने उद्देश्यले बझाङमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।  सामाजिक विकास कार्यालय बझाङको आयोजनामा कुलमष्टाजन माध्यामिक विद्यालयमा कार्यक्रम गरेको हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका अध्यक्ष सामाजिक विकास कार्यालय बझाङका प्रमुख प्रयागराज जोशी रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा सहभागी हुनु भएको थियो। कार्यक्रममा मष्टा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जोशी, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गाप्रसाद भट्ट ,शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, बझाङका डिएसपी दुर्गाप्रसाद भट्टले लागुऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक कक्षा प्रदान गर्नु भएको थियो। उहाँले लागुऔषधका प्रकार, प्रयोगका कारण, यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव तथा यसबाट बच्ने उपायबारे विस्तृत रूपमा जानकारी गराउनु भएको थियो। साथै उहाँले विद्यार्थीहरूलाई अनुशासित जीवनशैली अपनाउन, खराब संगतबाट टाढा रहन र सकारात्मक सोचको विकास गर्न आग्रह गर्नु भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि बोहराले पछिल्लो समय युवापुस्तामा लागुऔषध दुर्व्यसनको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीलाई सही दिशातर्फ डोर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

उहाँले लागुऔषधमुक्त समाज निर्माणका लागि अभिभावक, विद्यालय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो । कार्यक्रमका अध्यक्ष बाेहराले  विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले उनीहरूलाई समयमै सचेत गराउनु आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनु भयो।

कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले लागुऔषध प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भने सामाजिक बिकास कार्यालयका प्रमुख प्रयागराज जाेशीले पछिल्लो समय देखापरे सामाजिक सञ्जाल लाई नियन्त्रण गर्नुका साथै सकारात्मक हिसावमा सामाजिक सञ्जाल प्रयाेग गर्न विद्यार्थी लाई बताउनु भयाे । समाजमा सामाजिक सञ्जालले नकारात्मक कुरा मात्र नभएर सकारात्मक कुराकाे बिकास पनि गरेको भन्दै सबै अभिभावक विद्यार्थी लाई राम्रो साेच लिएर अगाडि बढ्नु पर्ने प्रमुख जाेशीकाे भनाइ थियाे । यसै विच बझाङ जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई यसबारे जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज