Advertisement

भैरहवाबाट चार एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

Advertisement

भैरहवा —सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले शुक्रबार र शनिबारबाट अन्तर्राष्ट्रिय उडान गर्दै छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।

 

स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।

 

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जनाए । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गर्ने रावतको भनाइ छ । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । यसअघि १० महिना उडान भरेर स्थगन गरेको जजिरा शनिबार भैरहवा फर्किन लागेको हो ।

दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने जनाएको छ ।

फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले बताए ।

फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थाल्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।

नेपाल एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–भैरहवा–दुबई उडान सुरुवात गर्ने तय भए पनि रद्द गरिएको रावतले जनाए । नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट राति १०ः२० बजे भैरहवा अवतरण गर्नेछ । यहाँ आधा घण्टा आराम गरेर दुबईका लागि उडान भर्ने तालिका तय भएको रावतले बताए । नेपाल एयरलाइन्सले यसअघिबाट गरिरहेको सातामा एक दिन मंगलबार क्वलालम्पुर–काठमाडौं–भैरहवा उडान कायम छ ।

शुक्रबारबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि गौतमबुद्ध विमानस्थलमा चहलपहल देखिएको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीका कर्मचारीको ओहोरदोहार बढेको छ । अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल बाहिर यात्रु र सर्वसाधारणको भीड लाग्न थालेको छ । लामो समयदेखि सुनसान विमानस्थल परिसरमा रौनक छाउन थालेको छ ।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । लगत्तै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान, पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, वाणिज्य बैंकलगायत कार्यालय सञ्चालनमा आएका थिए । सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र सेना खटाइएको थियो । विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा छ । आवश्यक जनशक्ति व्यवस्थापन गरिएको थियो । अहिले यहाँ नेपाल वायु सेवा निगमले ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रूपन्देहीमा होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सीलगायत पर्यटन पूर्वाधारमा लगानी वृद्धि भएको छ । विमानस्थल लक्ष्य गरेर करोडौं लगानीका गरेका व्यवसायी विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएपछि निराश थिए । उडान सञ्चालन गर्न माग गर्दै स्थानीय विभिन्न संघसंस्थाले धर्नादेखि पटकपटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

विभिन्न विमान कम्पनीले नियमित उडान गर्ने निश्चित भएपछि लुम्बिनीका पर्यटन व्यवसायीमा आशाको सञ्चार भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का लुम्बिनी प्रदेश पूर्वअध्यक्ष सागर अधिकारीले बताए । चार वायुसेवा कम्पनीले नियमित उडान गर्नु खुसीको कुरा भएको र यसलाई निरन्तरता दिने वातावरण बनाएर थप विमान कम्पनीलाई आकर्षित गर्नुपर्नेमा उनको जोड छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बासिन्दलाई काठमाडौंबाट भन्दा भैरहवाबाट विदेश जान सहज र सस्तो पर्ने गरी व्यावसायिक वातावरण बनाउने दायित्व निजी क्षेत्रको पनि रहेको उनको भनाइ छ । ‘यहाँ विमान चल्न थालेको जानकारी व्यापक बनाउनुपर्छ,’ अधिकारीले भने, ‘पहिले उडान थाल्न माग गर्ने तर विमान कम्पनीले उडान सुरु गरेपछि मौन बस्नु हुँदैन ।’

जतिसक्दो धेरै प्रचार गरेर यात्रुलाई भैरहवाबाट उड्ने वातावरण तयार गर्न सरोकारवाला जुटनुपर्ने उनले बताए । यसका लागि रूपन्देही र आसपासका पर्यटन व्यवसायीले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । पहिले उडान सञ्चालन माग गर्दै विमानस्थल बाहिर भैरहवाका व्यवसायी धर्नामा बसेका थिए । अहिले धेरै विमान कम्पनीले उडान सुरु गरे पनि उनीहरू प्रचारमा जुटेका छैनन् । भैरहवा विमानस्थल चलायमान हुँदा जिल्लास्थित निजी क्षेत्रलाई धेरै लाभ हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जनाए । त्यसैले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन राज्यसँगै निजी क्षेत्रले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज