Advertisement

रास्वपाका कार्यकार्ताले निषेधित क्षेत्र तोड्न खोज्दा अश्रुग्याँस प्रहार

Advertisement

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा नाराबाजीसहित प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास हानेको हो ।

लामिछानेको समर्थनमा प्रदर्शन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस भइरहेको छ ।लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई पनि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइएको छ । पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज