Advertisement

एकै दिनमा ५० किलो सुन बिक्री, पाँच वर्षयताकै उच्च कारोबार

Advertisement

सुन व्यवसायीहरू अहिले उत्साहित बनेका छन्। मंगलबार एकैदिन ५० किलो भन्दा बढीको सुनको बिक्री गरेपछि व्यवसायीहरू उत्साहित बनेका हुन्।

व्यवसायीहरूका अनुसार वर्षमा १० प्रतिशत बढी सुनको बिक्री धनतेरसको दिन हुने गरेको छ। धनतेरसको दिन घरमा सुन तथा चाँदी भित्र्याउने भन्दै सर्वसाधरणदेखि ठूला व्यापारीहरूले खरिद गर्ने गरेको कारण यस दिन बढी बिक्री हुने गर्छ।

कोभिडपछि (२०७६ पछि) भने धनतेरसको दिन पनि सुनको बिक्री अपेक्षित हुन सकेको थिएन। गत वर्षदेखि सुनको मूल्य अत्याधिक बढेको कारण पनि यो वर्ष धेरै कारोबार नहुने बुझाइ व्यापारीहरूको थियो। तर, यो वर्ष विगत ५ वर्ष यताकै उच्च बिक्री भएको दाबी व्यापारीहरूको छ।

‘सामान्य दिनमा अहिले सुनको बिक्री नै हुन छाडेको थियो, धनतेरसको दिन कारोबार बढेपनि धेरै हुँदैन भन्ने नै थियो, ’ नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्‍न शाक्‍यले भने

६० वर्षदेखि काठमाडौंमा सुनको व्यापार गर्दै आएका शाक्‍यका अनुसार धनतेरस सबैभन्दा बढी सुन बिक्री हुने दिन हो। विगतको वर्षमा गरगहना बढी बिक्री हुने गरेकोमा यो वर्ष ढिक्का सुन बढी बिक्री भएको छ।

किन्न आउने एक व्यक्तिले औसत आठ आनासम्म सुन किनेको उनी बताउँछन्।

‘मैले धेरै साथीहरूसँग सम्पर्क गर्दा औसत आठ आनासम्म सुन किनेको देखिन्छ। धेरै कम किन्नेले चार आना र सबै भन्दा धेरै किन्‍नेले पाँच तोलासम्म खरिद गरेको पाइयो,’ उनले भने।

कोभिड अघिको समयमा अधिकतम ७५ किलोसम्म सुनको बिक्री भएको उनी सुनाउँछन्।

‘कोभिड अघि धनतेरसको दिन ७०/७५ किलोसम्म बिक्री हुने गरेको थियो। त्यसपछि बिक्री राम्रो थिएन यो वर्ष हामीले अपेक्षा गरे भन्दा धेरै बिक्री भयो,’ शाक्‍यले भने।

नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले पनि यो वर्ष धनतेरसको दिन सर्वसाधरणको घुइचो बढी देखिएको बताए।

‘सुनको मूल्य बढेको र अन्य दिन पनि खास कारोबार नभएको कारण यस दिन पनि कम हुने आकलन थियो, आकलन भन्दा बढी आकर्षण देखियो,’  उनले भने।

परिमाणको हिसाबले कोभिड अघिका वर्षको तुलनामा कम बिक्री भए पनि कारोबार मूल्यका हिसाबले भने अहिलेसम्मकै उच्‍च पुगेको व्यवसायीहरूको भनाइ छ।

अहिलेको मूल्यको हिसाबले मंगलबार मात्रै करिब ७५ करोड रूपैयाँको सुन बिक्री भएको छ।

पछिल्लो पाँच वर्षमा सुनको मूल्य दोब्बर भन्दा पनि धेरैले बढेको छ। वर्ष २०७६ को कात्तिकमा सुनको मूल्य प्रतितोला ७०/७१ हजार रूपैयाँ थियो। अहिले बढेर एक लाख ७० हजार रूपैयाँ पुगेको छ।

धनतेरसको दिन सुनको बिक्री बढेको कारण व्यवसायीहरू उत्साहित देखिए पनि बैंकरहरू भने खुसी छैनन्। नेपालमा सुनको वैधानिक आयात बैंकरूले मात्रै गर्न पाउँछन्। तर, बैंकहरूले तिहारलाई लक्षित गरेर आयात गरेको सुन सबै बैंकमा नै छ। व्यवसायीहरूले नयाँ सुन माग नगरेको कारण बैंकमा थन्किएको हो।

बजारको माग नभएको कारण भदौदेखि नै सुन आयात नगरेका बैंकहरूले तिहारलाई लक्षित गरेर सोमबार मात्रै ३२ किलो सुन मगाएका थिए। यो सुन सबै अहिले बैंकमा नै रहेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए।

बैंकबाट सुन नगएको अवस्थामा कसरी पूरा भयो बजार माग?

नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर शाक्य मौज्दात सुन बिक्री भएको तर्क गर्छन्।

‘यति धेरै कारोबार भएको छ तर बैंकबाट आयात गरिएको छैन, लामो समय सुनको बिक्री नै हुन सकेको थिएन स्टक नै अहिले बेचेका हुन्।’

तर, स्थानीय बजारको तुलनामा भारतीय बजारमा सुनको मूल्य धेरै सस्तो भएपछि अवैधानिक आयात बढेको पनि व्यवसायीहरूको तर्क छ।

‘अहिले ग्रे–मार्केट बढेको छ, भारतमा तोलामा नै २० हजारसम्म सस्तो पाइन्छ, यस कारण वैधानिक आयात भएको सुनको बिक्री नभएको हुन सक्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका एक पदाधिकारीले भने।

अहिले नेपालमा सुनको आयात गर्दा २० प्रतिशत महसुल लाग्ने गरेको छ। भारतमा भने यस्तो महसुल ६ प्रतिशत मात्रै छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज