Advertisement

महाकाली प्रादेशिक अस्पतालको सेवा सुदूरपश्चिममै उत्कृष्ट, भयो सम्मानित

Advertisement

महेन्द्रनगर । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पताल सेवा सुविधा दिनेमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पतालहरूबाट प्रदान गरिएको सेवाको सुचकहरूको मूल्यांकन गर्दा यस महाकाली प्रादेशिक अस्पतालले प्रथम स्थान हासिल गर्न सफल भएको महाकाली प्रादेसिक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णानन्द भट्ट (किरण ) ले जानकारी दिनु भयो ।

सुदुरपश्चिम प्रदेशका अस्पतालहरूबाट आ.व. २०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेस स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा अस्पतालले दिई रहेको सेवा उत्कृष्ट रहेको भन्दै सम्मान गरेको उहाँले बताउनु भयो । दक्ष जनशक्ति र उपकरणहरुको अभावका वावजुत पनि अस्पतालबाट प्रदान गरिने सेवाहरुले आम जनताहरुको स्वास्थ्यमा गुणस्तरिय सेवा दिन तल्लिन रहेको यो अस्पतालको उचित मुल्याङकन गरेकोमा उहााले सबै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

साथै महाकाली अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर गिरिस अवस्थी लाई पनि सम्मान गगरिएको छ । अध्यक्ष किरणले आफनो सामाजिक संजालमा भन्नु भएको छ, “अस्पतालमा कार्यरत कर्मचारीहरू ,बिसेशज्ञ चिकित्सक , चिकित्सक, स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी हरुको योगदान को जहिले पनि कदर र उच्च सम्मान हुनेछ र यहाँ हरु सबै लाई वधाई तथा बिशेष धन्यवाद दिन चाहन्छौ ।

साथै विशिष्ट योगदानको उच्च कदर गर्दै यस अस्पतालमा कार्यरत एमडीजीपी डा.गिरीस अवस्थी ज्यू लाई सम्मान गर्नु भएकोमा हार्दिक बधाई छ । साथै यस महाकाली अस्पताल लाई आज यहाँ सम्म पुर्याउन अहोरात्र खटिएर राय सल्लाह ,सुझाव र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरु लाई अस्पताल परिवार को तर्फ बाट हृदय देखि नै धन्यवाद ज्ञापन गर्दछौ , साथै आउदा दिन हरु मा पनि यहाँ को साथ सहयोग को पूर्ण अपेक्षा पनि गरेका छौ”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज