Advertisement

दशैँका भावुक दृश्य: एउटा मन छुने अर्को मन नै बिथोलिने

Advertisement

सामाजिक सञ्जालमा कसैले साझा गरेको त्यो भिडियो संभवतः हेर्न सक्नुहुन्न, यदि तपाईंमा करुणा, प्रेम, चेतना र विवेक छ भने ।

दृश्य कस्तो भने, गाउँमा ‘दशैं मेला’ लागेको छ । त्यहाँ गाउँभरका मान्छे ओइरिएका छन् । यस्तो लाग्दैन उनीहरू किनमेल र स्वस्थ मनोरञ्जनका लागि त्यहाँ भेला भएका हुन् । किनभने त्यो भीड एउटा प्राणीमाथि यति निर्मम र उच्छृंखल देखिन्छ, जुन दृश्य हेर्दा मन विचलित हुन्छ । त्यहाँ एउटा राँगोलाई भीडमा छाडिएको छ । त्यो अबोध प्राणी भीडसँग डराएर यताउता भाग्न खोज्छ । तब उपस्थित भीड उसमाथि एकसाथ जाइलाग्छ । डरलाग्दा हतियार, भाला, लट्ठी बोकेर उनीहरू राँगोलाई लखेट्न थाल्छन् ।

राँगो बारीको कान्लाहरूमा दौडन्छ । तर, चारैतिर घेरा हालेका मानिसहरूले उसलाई उम्कन दिंदैनन् । कसैले यताबाट लखेट्छन्, कसैले उताबाट । भाग्दा–भाग्दै थाकेको राँगोलाई कसैले ठूल्ठूला ढुंगाले हिर्काउन थाल्छन्, कसैले लट्ठीले र कसैले खुँडाले काट्न थाल्छन् ।

असह्य पीडा र भयले त्यो निरीह प्राणी कराउँछ । तैपनि भीडले छाड्दैन । उनीहरूले निर्ममतापूर्वक काट्ने, कुट्ने गरिरहन्छन् । यसरी एउटा निरीह प्राणीमाथि बर्बर हत्या गरिन्छ ।

जबकि भीडमा बुढापाका, युवा र प्रहरी समेत देखिन्छन् । उनीहरूमध्ये कसैले पनि त्यहाँ अबोध पशुको रक्षाका लागि कुनै यत्न गर्दैनन् । किनभने सामान्य आँखाले हेर्नै नसकिने यो दृश्यलाई ‘परम्परा’को रूपमा वर्षौंदेखि निरन्तरता दिइएको रहेछ । यो ‘परम्परा’ हो, अछाम जिल्लाको चौरपाटी गाउँपालिकास्थित मार्कु भन्ने ठाउँको । त्यहाँ वर्षेनि ‘दशैं मेला’ लाग्ने र यसैगरी बर्बरतापूर्वक पशु हिंसा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन थापाले बताए ।

उनका अनुसार उहिलेदेखि नै राँगोलाई लखेट्दै, काट्दै, कुट्दै बीभत्स ढंगले मार्ने ‘परम्परा’ छ । खासगरी दशैंको अष्टमी र नवमीको दिन यो मेला लाग्छ । ‘राँगालाई जति धेरै दुःख दियो, जति धेरै पीडा दियो उत्ति नै देवी खुसी हुन्छिन् भन्ने आम मान्यता रहेछ’ थापा भन्छन्, ‘त्यसैले जतिसक्दो यातना दिएर मार्ने गरिएको छ ।’

मेलाको त्यो दृश्य हेर्नै नसकिने उनले बताए । ‘धेरै पहिले एकपटक मेलामा गएको थिएँ’ उनी सुनाउँछन्, ‘त्यसयता म जान सकेको छैन । किनभने त्यहाँको दृश्य हेर्नै सकिंदैन ।’

अर्को प्रसंग फरक छ । तर; व्यहोरा, विधि उस्तै हो ।

घटना दोलखा जिल्लास्थित कालिञ्चोक गाउँपालिका मिलघुम्तीको हो । अष्टमीको दिन । एउटा खसीलाई ‘मार हान्न’ तयार गरियो । सो खसी स्थानीय सपना आचार्यको हो ।

परम्परा अनुसार खसीलाई मार हान्नुअघि पर्साउनुपर्ने हुन्छ । खसीलाई पर्साउन धेरै पटक उनको टाउकोमा पानी छ्यापियो, तर खसी पर्सेन ।

त्यहाँ उपस्थित एक जनाले ‘यसरी खसी नपर्सी काट्न नहुने’ तर्क गरे । यद्यपि एक जनाले खुट्टा र अर्कोले सिङमा समातेर खसीलाई जबरजस्ती मार हान्न तयार गरियो । तर, खसी आफैं लम्पसार परेर आँखाबाट आँसु झार्न थालेपछि उनीहरूले खसीलाई काट्न सकेनन् । स्थानीय सुवास बिक्रम शिवाकोटी भन्छन्, ‘त्यसपछि उनीहरूले खसीलाई छाडिदिए । खसी दौडेर आफ्नो गोठमा पुग्यो ।’

खसी धनी सपना आचार्यले यसरी खसी नकाट्ने निधो गरिन् । बरु त्यसलाई जीवनभर आफैंसँग राखेर पाल्ने भइन् । सो खसी उनकै घरमा जन्मिएको थियो र फरक क्षमता भएका जेठाजु रणबहादुर आचार्यले निकै माया गरेर पालेका थिए । ‘आफूले पालेको खसी कहिल्यै नकाट्ने थाहा पाएपछि रणबहादुर समेत खुसी भए’, शिवाकोटी भन्छन् ।

अन्लाईन खबरबाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज