Advertisement

बाढीपहिरोका कारण दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको आंकलन

Advertisement

काठमाडौं । बाढीपहिरोको दुई साताबित्दा पनि सरकारले क्षतिग्रस्त विद्यालयको विवरण नै संकलन गर्न सकेको छैन । दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको शिक्षा मन्त्रालयको प्रारम्भिक आकलन छ । दशैंपछि अस्थायी सिकाई केन्द्र-टीएलसी निर्माण गरेर ती विद्यालयको पठनपाठन पुन: सञ्चालन गर्ने योजना शिक्षा मन्त्रालयको छ । क्षति पुगेका विद्यालयको मर्मत र अस्थायी टहरा निर्माणका लागि सरकारले ५४ करोड बजेटको व्यवस्था गरेको छ ।

यही असोज ११ र १२ गतेको बाढीपहिरोबाट २८ जिल्लाका करिब दुई सय शिक्षण संस्थामा क्षति पुगेको प्रारम्भिक विवरण छ । तीमध्ये पूर्णरुपमा क्षतिग्रस्त विद्यालय दुई दर्जनभन्दा बढी छन् । तर बाढीपहिरो गएको दुईसाता बित्दासमेत शिक्षा मन्त्रालयले काठमाडौंसहित प्रभावित जिल्लाको विवरण नै संकलन गर्न सकेको छैन् । क्षतिग्रस्त विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्र-टीएलसी निर्माण गरि चाडपर्वलगत्तै पठनपाठन सञ्चालन गर्ने शिक्षा मन्त्रालयको योजना छ ।

बाढी पहिरोका कारण १८ विद्यार्थीको मृत्यु भएको छ । क्षतिग्रस्त विद्यालयमा बाढी र पहिरो पसेर धेरै विद्यार्थीको पाठ्यपुस्तक र शैक्षिक सामग्रीसमेत काम नलाग्ने अवस्थामा पुगेका छन् । कतिपय विद्यालय डुवानमा परेर ल्याबका कम्युटरहरु काम नलाग्ने गरी क्षति पुगेका छन् ।

क्षतिग्रस्त विद्यालयको मर्मत र अस्थायी सिकाई केन्द्र निर्माणका लागि ५४ करोड रुपैया बजेट प्रवन्ध गरिसकिएको शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालयमा विपद व्यवस्थापनका लागि सरकारले प्रतिप्रदेश दुई करोड र स्थानीय तहहरुलाई ६ लाख रुपैयाँका हिसावले विनियोजनसमेत गरिसकेको छ ।

दशैलगत्तै पठनपाठन सञ्चालन गरिने शिक्षा मन्त्रालयको दाबी छ । तर अहिलेसम्म क्षतिग्रस्त शिक्षण संस्थाहरुको विवरण नै संकलन गर्न नसकिरहेको अवस्थामा अस्थायी सिकाई केन्द्र निर्माण गरेर दशैपछि पठनपाठन सुरु गर्ने अवस्था सिर्जना होला भनेर विश्वास गर्न सकिने अवस्था छैन ।

कान्तिपुर

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज