Advertisement

ठूलो प्राकृतिक विपत्तिका लागि तयारी पुगेन’

Advertisement

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो प्राकृतिक विपत्ति सामना गर्न सरकारको तयारी नपुगेको स्वीकार गरेका छन् । उनले विपद्पछिको उद्धार र खोजीमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता पनि जनाएका छन् ।

शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारबाट तयारी भएको तर त्यसले धान्न सक्नेभन्दा ठूलो विपद् सामना गर्नुपरेको बताए । ‘यस प्रकारको परिस्थिति आइपुग्ला, यत्रो क्षति होला भन्ने थिएन,’ उनले भने, ‘यस तहको तयारी पक्कै पनि हाम्रो थिएन । प्राकृतिक विपत्तिका लागि तयारी नभएको भने होइन ।’

जल तथा मौसम विज्ञान विभागले असोज ७ मै पूर्वसूचना दिएअनुसार सरकारले तयारीका लागि तल्ला निकायसम्म जानकारी गराएको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यही सूचनाका आधारमा रात्रिबस नचलाउन र सतर्कता अपनाउन सूचना प्रवाह गरिएको पनि उनले बताए ।

 

सबै मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीलाई दायाँबायाँ राखेर गरिएको पत्रकार सम्मेलनमा ओलीले विषम परिस्थितिमा राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न राजनीतिक दल, तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, संघसंस्था र नागरिकसँग अपिल गरे । ‘विपत्तिले कुनै राजनीतिक रंग, पेसा, व्यवसाय छुट्याएर मर्का पारेको हुँदैन । यो साझा राष्ट्रिय पीडा हो,’ उनले भने ।

विपद्लगत्तै अमेरिका भ्रमण छोट्याएर किन नफर्किएको भनेर आफूमाथि भइरहेको आलोचनाका सन्दर्भमा भने प्रधानमन्त्री ओलीले आफू आउने तयारीमै रहेका बेला यता पानी परेको बताए ।

‘११ गते पानी पर्‍यो । १२ गते अमेरिका छाडेको हुँ । प्लेनमा समय लाग्यो,’ उनले भने । गृहमन्त्रीको भूमिकालाई लिएर भइरहेको आलोचनाका सन्दर्भमा पनि ओलीले बचाउ गरेका छन् । ‘मान्छे बगाएर लग्यो, बचाउन सकिएन भन्ने रिपोर्ट आयो, गृहमन्त्रीले त्यही भन्नुभयो,’ उनले भने, ‘प्रारम्भिक जानकारी कहिलेकाहीं फरक पर्न सक्छ । यसलाई अयोग्यताका रूपमा लिनु हुँदैन ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज