Advertisement

बझाङ पुगेका रास्वपा सभापति लामिछानेद्वारा भुकम्पले क्षतिग्रस्त क्षेत्रको अनुगमन र पिडितलाई राहत वितरण

Advertisement

बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भूकम्प प्रभावित बझाङ पुगेका छन्। बुधबार राति बझाङको जयपुथ्वी नगरपालिका पुगेका उनले राति नै भूकम्प प्रभावितहरूलाई राखिएको कभर्डहल अवलोकन गरेका छन्।

‘भूकम्प प्रभावित बझाङलाई तत्काल राहत र पुनःस्थापनाको खाँचो छ,’ उनले भने, ‘म हिजै राति भूकम्प प्रभावितहरू राखिएका केही कभर्ड हलमा पुगें। यहाँको अवस्था एकदमै नाजुक छ। निरन्तर परकम्प गइरहेकाले उहाँहरू त्रासमा हुनुहुन्छ।’

उनले बझाङमा अझै केन्द्र सरकारको ध्यान नपुगेको बताए। प्रभावितहरू राहत र पुनःस्थापनाको पर्खाइमा रहेकाले सरकारले आवश्यक निर्णय गर्न ढिलाइ गर्न नहुने बताए।

‘यत्ति नै क्षति काठमाडौंमा भएको भए सबैको ध्यान तान्थ्यो। बझाङमा सहायता पुगेको छैन। सुदूरपश्चिमकै ठूलो जिल्ला भएकाले सबैतिर म पनि पुग्न भ्याएको छैन। जहाँजहाँ पुगें, बस्न मिल्ने घर एउटै छैन। सबै चर्किएका छन्। परकम्प गइरहेको छ,’ उनले भने।

सभापति लामिछानेले ४० वटा टेन्ट र केही राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई आज बिहान हस्तान्तरण गरेको बताए।

‘स्लुक–कलेज चर्किएका छन्। स्वास्थ्य संस्था र प्रहरी चौकीसमेत चर्किएको देखें। सीमित स्रोत र साधनका कारण राहत र उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘यसमा ध्यान पुगोस्।’

सभापति लामिछानेले प्रहरीसँग सवारी साधन र विपद् उद्धारका लागि चाहिने बन्दोवस्तीका सामग्रीहरू पनि नभएको बताए।

बझाङका जयपृथ्वी नगरपालिका, मष्टा, थलारा र खप्तडछान्ना गाउँपालिका भूकम्पबाट बढी प्रभावित छन्। 

मंगलबार बझाङमा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको र सय जना घाइते भएका बझाङ प्रहरी प्रमुख डिएसपी भरत बहादुर सिहँले बताए ।

त्रिपाल, कम्बल लगायतको अभावमा प्रभावितहरूलाई वैकल्पिक बासस्थानको प्रबन्ध गर्न नसकिएको उनले बताए। गाउँपालिकाका ८० प्रतिशत घरहरू चर्किएका छन् भने १० प्रतिशतभन्दा बढी बस्नै नमिल्ने भएको डिएसपी शाहले बताए।

‘मष्टा गाउँपालिका नै सबैभन्दा बढी प्रभावित हो। यहाँ ७० जना घाइते छन्। दुई जना गम्भीर घाइते भएकाले उनीहरूको उपचार भइरहेको छ,’ उनले भने, ‘यहाँ तत्काल त्रिपाल, कम्बललगायतका सामग्रीको जरूरत छ।’

प्रदेश सरकारले घाइतेहरूको नि:शुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरेको छ।

‘हामीसँग स्रोत–साधन नभएकाले उद्धार गर्न पनि कठिनाइ भइरहेको छ। परकम्प गइरहेको र घरभित्र बस्न सक्ने अवस्था नरहेकाले कम्तिमा तीन महिनासम्म प्रभावितलाई वैकिल्पक बासस्थापनको प्रबन्ध गर्नुपर्ने छ,’ उनले भने।

जिल्ला भित्र रहेका अधिकांश स्कुल चर्किएकाले खुला आकाशमुनि पठनपाठन गर्नुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज