Advertisement

चीन जोड्ने तातोपानी नाकासँगको सम्बन्धविच्छेद , भोटेकोसीले बेलिब्रिज बगायो,

Advertisement

काठमाडौँ —चीनसँगको तातोपानी नाका जोड्ने एक मात्र भोटेकोसीको बेलिब्रीज केहीबेर अघि बाढीले बगाएको छ । उक्त पुल बगाएपछि अब उत्तरी नाकाको आवागमन बन्द भएको छ ।

पुल बगाएपछि भोटेकोसी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने बस्तीहरुमा आउजाउ गर्न अब जंगलको बाटो हिँडनुपर्ने भएको छ ।

पुल बगाएपछि चीनसँगको व्यापारिक कन्टेनर आउजाउ पूर्ण रुपमा रोकिएको छ । अरनिको राजमार्ग निर्माणका क्रममा चीनले बनाएको लार्चास्थित पक्की पुल २०७४ साल साउनमा पहिरोले भोटेकोसीमा खसालेको थियो ।

पक्की पुलको अभावमा बेलिब्रिज राखेर अस्थायी रुपमा आउजाउ गरिँदै आएको थियो । चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने स्थान रहेको पक्की पुल बगाएको ८ वर्षसम्म सरकारले बेवास्ता गर्दै आएको गुनासो स्थानीयको रहेको छ ।

यसको असर व्यापारिक कारोबार पर्ने देखिन्छ । खासगरी दसैंका सामान सीमा नाकामा ल्याइएको अवस्थामा पुल बगाएपछि भारी बोकाएर ल्याउन पनि धेरै कठिन हुने तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारीले जानकारी दिए  ।

उनका अनुसार भोटेकोसीको बाढीले भन्सार यार्डतर्फको तल्लो भागमा भत्काउन सुरु गरेको छ । पहराको खोंचमा रहेको उक्त पुल रहेको स्थानमा सामान्य अवस्थामा भोटेकोसीमाथि ह्यम पाइप राखेर यातायात सञ्चालन गर्ने सम्भावना देखिँदैन ।

Bhotekosi washed away the Beilibridge, a break with the Tatopani Canal connecting China

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज