Advertisement

छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

Advertisement

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशले एकअर्काको हित सोचेर काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने विषयवस्तुबारे सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै ओलीले नेपालले दुई छिमेकी भारत र चीनसँग असल सम्बन्ध कायम राख्ने बताएका हुन्

बैठकमा उनले मुलुकको राष्ट्रिय हितलाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाए । ‘आफ्ना जायज तथा न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवर्द्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालले प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘नेपाल असल छिमेकीका रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छिमेकीको हित चिताएर काम गर्ने छिमेकीका रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।’

महासभामा भाग लिन ओली असोज ४ मा न्युयोर्क जाँदैछन् । नेपालका नीति, दृष्टिकोण, अडानहरू, समस्याहरू र उपलब्धिहरू विश्वसामु जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गर्ने उनले बताए । ओलीले जलवायु परिवर्तन र नेपालले भोग्दै आएको समस्याबारे छलफल गर्ने जानकारी दिए । हिमालमा हिउँ नरहनु नेपालको मात्र नभएर विश्वको चासोका विषय भएको उनले बताए । नेपालले लागू पदार्थको समस्या भोगिरहेकाले त्यसको समाधानका लागि विश्वव्यापी प्रयास हुनुपर्ने प्रधानमन्त्री ओलीले जोड दिए ।

प्रधानमन्त्री ओलीले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने चर्चाबारे प्रसंग निकाले । संसद्मा प्रस्ताव नै नआएको दाबी गर्दै जनजाति, महिलालाई हटाउन खोजेको भनेर गलत प्रचार गरेको उनको भनाइ थियो । ‘उठ्दै नउठेका कुराहरूमा, प्रस्ताव नै नआएको कुरामा छलफल कसरी चलेको हो ? त्यो मैले बुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन,’ उनको भनाइ थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज